logo

खर्चिलो चुनाव भ्रष्टाचारको कारक ः नेता यादव

      8/5/2017 गते 00 00 मा प्रकाशित     1356   पटक पढिएको

पोखरिया २१ साउन ।पर्सा जिल्लाको पकाहा मैनपुर गाउपालिकाको वडा न. ४ लाहौर थकरीमा शनिवार नेपाल संघिय समाजवादी पार्टीको भेला सम्पन्न भएको छ । भेलादाई सम्बोधन गर्दै  नेपाल संघिय समाजवादि पार्टीका केन्द्रीय उपाध्यक्ष राजकुमार यादवले स्थानीय चुनावमा खर्चिलो उमेद्वार भ्रस्टाचारको प्रमुख कारक रहेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले पैसाको भरमा मतलाई प्रभाव पर्ने , जातिवाद ,परिवारवाद जस्ता व्यक्ति चुनावमा जिते उमंग देखाउने हारे घाइते हुने तर्क गर्दै राजनीतिक निष्ठा भएकोलाई मात्र मतदान गर्दा ठिक हुने बताए । उनले पैसामा अडेको हानिकारक राजनीतिको अन्त गर्नु पर्नेमा जोड दिए । उनले बर्तमानमा नेपालका राजनितीक दलहरू पुर्ण रूपमा मधेशी जनताको अधिकार र पहिचान संग नजोडिने साबित हुदै गएको  र अहिले यि पार्टीहरू सत्ताको राजनैतिक र विकासको दुरूपयोगमा ब्यस्त रहेको बताए । उनले जनताको स्वास्थय , योजनाको दुरूपयोग र चन्दा कमिसनको खेलमा लागेर आर्थिक तथा नितीगत भ्रष्टाचारमा लागेर चुनाव खर्च उठाउने , काममा दलहरु लागेको आरोप लगाए ।  गाउ गाउमा झगडा लगाउने  र त्यसबाट पनि पैसा कमाउने काममा दलका कार्यकर्ताहरु लागेको उनको भनाई थियो ।  नारायण महतो कोइरीको सभापतित्वमा सम्पन कार्यक्रममा  नथुनी प्रसाद कुशवाहा  मोहमद नस्रुलाह मिया , नागेश्वर यादव , प्रभु पटेल , सोनालाल प्रसाद चौरसिया , महेन्द्र राम , साधु यादव , इनर्मन राउत कंकड़ , शुभ नारायण मेहता , मक्सुद अन्सारीले लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.