logo

एमालले राहत बितरण गर्ने 

      8/14/2017 गते 00 00 मा प्रकाशित     1374   पटक पढिएको

बीरगंज ३० साऊन ÷ नेकपा एमाले ले यस भेगमा परेको अबिरल बर्षाको कारण आएको बाढी र त्यसबाट प्रभाबित परिवारलाई राहता तथा पुन स्थापनाको लागि कुनै कसर बाँकी नराख्ने निर्णय गरेको छ । आज बिहान बसेको जनबर्गिय संगठन र पार्टीका अगूवा नेताहरुको बैठकले जिल्लाका बिभिन्न भागमा आएको बाढी र प्रभाबित परिवार तथा डुवानमा परि क्षती बेहोरेका हरुलाई अबिलम्ब राहात र उचित ब्यबस्थापनको लागि कुनै कसर बाँकी नराख्ने गरि पार्टि संगठनलाई परिचालन गर्ने निर्णय समेत गरेको समाचार प्राप्त हुन आएको छ । बैठकले पभाबित क्षेत्रमा कुनै पनि प्रकारको रोगले संक्रमण नगरोस भने्र औषधी सहीतको मेडिकल टोली समेत खटाउने निर्णय गर्दै त्यसको लागि कमिटी निर्माण समेत गरेको छ । बैठकले महानगर र  जिल्लाका प्रभाबित परिवारको लगत संकलन गर्ने र यथासक्य राहातको लागि टोली समेत परिचालन भएको कुरा पार्टीका जिल्ला संयोजक प्रभु हजाराले बताउनुभयो । आजको बैठकमा एमाले केन्द्रीय सदस्य फारुक सिद्दिकी रामचन्द्र साह माननीय सांसद बिचारी प्रसाद यादब, नेताहरु बालगोपाल थापा, चिर्िञ्जबी आचार्य, मेयरका उम्मेदवार बसुरुद्दिन अन्सारी, उप प्रमुखका उम्मेदवार सोफीया आचार्य, नेताहरु मनोज चौधरी, निर्मला देवकोटा, बृजलाल पासवान, मेघराज पासवान, श्याम गुप्ता, रामबाबु प्रसाद लगायतको सहभागिता रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.