logo

अनेमसंघको भेला सम्पन्न सूर्यध्वजाबाहकलाई जीताउन अभियान चलाइने

      7/27/2017 गते 00 00 मा प्रकाशित     1364   पटक पढिएको

वीरगंज १२ साउन। नेकपा एमाले निकट अखिल नेपाल महिला संघ वीरगंज महानगरपालिकाको नगर स्तरिय महिला भेला तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
पार्टीको वीरगंज महानगरपालिकाको निर्वाचन परिचालन कार्यालयमा भएको भेलालाई सम्बोधन गर्नु हुदै अनेमसंघका केन्द्रिय सदस्य निर्मला देवकोटाले महिलाहरुले आ–आफ्नो वडामा गएर सूर्य छापमा मतदान गर्न सर्वसाधारण महिलाहरुलाई सिकाउनको लागि आग्रह गरेकि छन ।उनले नेपाली महिलाको शसक्तिकरणमा नेकपा एमालेको भूमिका महत्वपूर्ण रहेको चर्चा गरिन । उनले  सबै वडामा अनेमसंघको कमिटि गठन गरी मतदान गर्ने तरिका र मतपत्र मोडने लगायतका बारेमा सिकाउनका लागि समेत सहभागी महिलाहरुलाई आग्रह गरिन । 
पार्टीका केन्द्रिय सदस्य एवं पर्सा इन्चार्ज रामचन्द्र साहले नेतृत्व स्थापित गर्न निर्वाचन राम्रो अवसर रहेको चर्चा गर्र्दैवीरगंजको नाला, बिजुली बत्ति, बाटो लगायत पूर्ण रुपले अव्यवस्थित हुदै गएकोमा नेकपा एमालेका सम्पूर्ण उम्मेदवारलाई जिताए मात्र नगरको चौतफी विकास हुने दाबी गरे ।
 नेकपा एमालेबाट वीरगंज महानगरपालिकाको मेयरको प्रस्तावित उम्मेदवार बसरुदिन अंसारीले देशको ६ वटै प्रदेशमा भएको चुनावमा एमाले अग्रस्थानमा रहेको र  २ नम्बर प्रदेशमा मा पनि एमालेलाई जिताई देशकै शक्तिशाली पार्टी बनाउनु पर्नेमा जोड दिए । 
अखिल नेपाल महिला संघका नगर अध्यक्ष उर्मिला शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सांसद जुनैद अंसारी, सांसद बिचारी यादव, पार्टीका जिल्ला संयोजक प्रभु हजरा, नेताहरु नवराज शर्मा, मानदेव हजरा, पार्टीका नगर संयोजक उसमान अंसारी, प्रभा खडका, प्रेमा पौडेल, बिना शर्मा, उषा चौधरी, त्यसैगरी अनेमसंघका नगर उपाध्यक्ष अम्बिया खातुन, सचिव खुल्ताना खातुन, कोषाध्यक्ष विद्या सत्याल, कार्यालय सचिव मिथिला खतिवडा लगायतले स्थानिय तहको निर्वाचनमा आफ्ना उम्मेदवरहरुलाई कसरी जिताउने र आगामी कार्ययोजनाको बारेमा बृहत छलफल गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सोनवर्षा स्वास्थ्य चौकीमा रक्तदान कार्यक्रम, २५ जनाद्वारा रक्तदान

वीरगञ्ज । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–१ सोनवर्षास्थित स्वास्थ्य चौकीको प्राङ्गणमा शनिबार आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.