logo

मौन अवधिमा सामाजिक सञ्जाल: सिर्जनात्मक प्रयोगदेखि दुरुपयोगसम्म

      5/12/2017 गते 00 00 मा प्रकाशित     1352   पटक पढिएको

काठमाडौँ, २९ वैशाख । “बीउ छरे पो अन्न पलाउँछ, केही नछरे झार पलाएर हैरान बनाउँछ । आफै विचार गर्नुस् भोट दिएर आशा जीवित राख्ने कि भोट नदिई झारलाई गालीमात्र गर्ने र” सामाजिक सञ्जाल ट्विटरमा व्यक्त निश्चल बस्नेतको यो पोस्टलाई काठमाडौँ महानगरपालिकाका प्रमुखका उम्मेदवार रञ्जु दर्शनाले सेयर गरेपछि तत्कालै क्रिया प्रतिक्रिया सुरु भयो । निर्वाचन, लोकतन्त्र, पार्टी, नेता र जनताका सपनादेखि विगतमा कुन दलले कस्तो काम गरे भन्नेबारे मत अभिमतको सवाल जवाफ अहिले सामाजिक सञ्जालमा यो वा त्यो रुपमा चलिरहेको छ ।


युवा उम्मेदवार भएका कारण पनि विवेकशील नेपालका दर्शनालाई सामाजिक सञ्जालमा पछ्याउने धेरै छन् । मौन अवधि सुरु भएपछि चलाइएको बहसमा ठूला दल र तिनका नेताका कारण देश उँभो नलागेको गुनासा अभिव्यक्त भएका छन् । स्थानीय निर्वाचनको प्रचारका नगर्न मौन अवधि लागू भएपछि प्रत्यक्ष मत माग्ने काम नभए पनि अप्रत्यक्ष रुपमा आफूले समर्थन गरेको दल र उम्मेदवारका पक्षमा जनमत तान्ने प्रयास जारी छ । प्रत्यक्ष रुपमा घरदैलो गरेर प्रचारप्रसारमा रोक लागे पनि सामाजिक सञ्जाल र अन्य प्रयोगबाट मतदाताको मन जित्ने प्रयासलाई सम्भवतः निर्वाचन आयोगको अनुगमनले पनि नदेखेझैँ गरिदिएको छ ।


त्यसो त मौन अवधिमा केही भन्न नपाइने वा सामाजिक सञ्जाललाई पनि पूरै नियन्त्रण गर्न खोज्ने विषय सम्भव हुँदैन । पत्रकार भुवन केसीले फेसबुकमा भने झैँ “मौन अवधि भनेको थर्कमानको अवधि होइन ।” यही अवधिलाई सामाजिक सञ्जालमा सिर्जनात्मक सदुपयोग गर्ने काम पनि भइरहेको छ भने दल र नेताहरुबीच आरोप प्रत्यारोप पनि चलिरहेको छ ।


यही वैशाख ३१ गते तीनवटा प्रदेशमा हुने स्थानीय तहको निर्वाचनका लागि जुलुस, सभा र प्रचारप्रसारका लागि गएराति १२ बजेदेखि निर्वाचन आचारसंहिता बमोजिम मौन अवधि सुरु हुने भएकाले प्रचारप्रसारमा रोक लगाइएको छ ।


नेकपा ९एमाले०का सचिव योगेश भट्टराईले आज दिउँसो “मौन अवधिमा पनि घाम त लागिरहँदो रहेछ १ जय सूर्यदेव, जय सूर्यमुखी ।” भन्ने पोस्ट गरेर अप्रत्यक्ष रुपमा आफ्नो पार्टीको निर्वाचन चिह्नको प्रचार गर्नुभयो । यसलाई जवाफ दिने प्रकारले नेपाली काँग्रेसका युवा नेत्री प्रतिमा गौतमले “मौन अवधिमा पनि शीतल हावा चलिरहेछ । रुख नभए शीतलता कहाँ होला र रु रुख जीवन हो, जीवन रुख हो।।।हामीले बुझ्न जरुरी छ ।” यो पोस्टलाई नेपाल विद्यार्थी सङ्घका उपाध्यक्ष डिल्लीराम सुवेदीले तत्काल सेयर गरेर अरुमाझ पु¥याउनुभयो ।


नेकपा ९माओवादी केन्द्र०का काठमाडौँ महानगरपालिकाका प्रमुखका उम्मेदवार सर्वोत्तम डङ्गोलले आफ्नो फ्यान पेजमा एक अनलाइनमा प्रकाशित आफू अब्बल उम्मेदवार भएको अन्तर्वार्तालाई मौन अवधिमै सेयर गरेका छन् ।


सामाजिक सञ्जाललाई नियमित अवलोकन गरिरहेका पत्रकारिताका अध्येता केसीका विचारमा “सोसल मिडियामा आचारसंहिता लागू गराउनु आफँैमा विवादास्पद छ । यसमा विश्वका जुनसुकै स्थानबाट पनि सामग्री राख्न सकिन्छ । स्थानीय तहको निर्वाचन नेपालको तीनवटा प्रदेशमा मात्र हुँदैछ । त्यो क्षेत्रभन्दा बाहिरबाट सोसल मिडियामा प्रचार गरे र मत मागे भने त्यसलाई नियन्त्रण गर्ने संयन्त्र पनि छैन । त्यो कुरा व्यावहारिक हुँदैन ।”


केसी भन्नुहुन्छ - “निर्वाचन आयोगको आचारसंहितालाई मान्ने नै हो भने पनि मौन अवधिमा कुनै पार्टी वा उम्मेदवारको पक्ष र विपक्षमा प्रचार गर्नुलाई राम्रो मानिँदैन । तर व्यक्तिगत अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न मिल्दैन ।”

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

वडाध्यक्ष मुखियाको घोषणा अनुसार उत्कृष्ट विद्यार्थीलाई ल्यापटप वितरण

वीरगंज। विगत वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पटेर्वा सगौली गाउँपालिका वडा नं.  ५ ले निचुटाले ल्यापटप पुरस्कार वितरण गरेको छ।

वीरगंजमा पचास प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु, भोलि पनि जारी रहने

वीरगंज । वीरगंज महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ। शाखाका अनुसार हिजोदेखि प्रारम्भ गरिएको वितरण कार्यक्रम भोलि पनि निरन्तर रहनेछ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.