logo

समृद्ध नेपाल निर्माण अबको आवश्यकता: मन्त्री थापा

      5/9/2017 गते 00 00 मा प्रकाशित     1799   पटक पढिएको

पोखरा, २६ वैशाख । स्वास्थ्यमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले समृद्ध नेपालको निर्माण अबको आवश्यकता भएको बताउनुभएको छ । नेपाली काँग्रेसद्वारा पोखरा लेखनाथ महानगरपालिका–२४ मा आज आयोजित चुनावी सभामा उहाँले भन्नुभयो - “काँग्रेसले शान्ति र संविधानको प्रतिबद्धता पूरा गरेका कारण समृद्ध नेपाल निमार्ण गर्ने अभियानलाई साकार पार्न स्थानीय तहको निर्वाचनमा काँग्रेसको विजय आवश्यक हुन्छ ।”


केन्द्रीय सदस्य थापाले “सबै अट्ने देश, सबैलाई मिलाएर लैजाने काँग्रेस’ भन्ने नाराका साथ हिमाल, पहाड र तराईलाई एकाकार गर्दै लैजान सक्ने क्षमता केवल काँग्रेसमा छ” भन्दै “यो देश यहाँका सबै वर्ग र समुदायको हो, यो धोती लगाउनेको पनि हो, टोपी लगाउनेको पनि हो, यी सबैलाई मिलाउने क्षमता काँग्रेसमा भएको बताउनुभयो ।”


स्थानीय आवश्यकता परिपूर्ति गर्दै समृद्ध पोखराको निर्माणको लक्ष्यलाई साकार पार्न काँग्रेसका उम्मेदवारलाई विजयी गराउन सबैमा उहाँले आग्रह पनि गर्नुभयो ।


काँग्रेसका पूर्वमहामन्त्री एवम् पूर्वसभामुख तारानाथ रानाभाटले जनतालाई सार्वभौम बनाउनका लागि काँग्रेसले अनवरत सङ्घर्ष गर्दै आएको उल्लेख गर्दै राष्ट्रिय एकता, समुन्नत नेपाल निर्माणका लागि काँग्रेसका उम्मेदवारलाई विजय गराउन आग्रह गर्नुभयो ।


काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले नेपाली काँग्रेस काममा विश्वास गर्ने पार्टी भएको बताउँदै विभिन्न दलका नाममा मतदातालाई प्रभावित पार्न खोजिने हुँदा त्यसतर्फ सचेत बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।


काँग्रेसबाट पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख पदका उम्मेदवार रामजी कुँवरले स्मार्ट सिटी निर्माणको लक्ष्यका साथ आफू उम्मेदवार भएको उल्लेख गर्दै महानगरका प्रत्येक बस्ती र टोलका आवश्यकतालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


उपप्रमुख पदका उम्मेदवार सरस्वती गुरुङले सबै क्षेत्र, वर्ग र समुदायलाई समेट्ने गरी विकास निर्माणका योजना अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।


नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, वडाध्यक्षका उम्मेदवार भरतबहादुर अधिकारी, काँग्रेस नेता वेदहरि तिमल्सिनालगायतले समुन्नत पोखरा निर्माणको योजनालाई साकार पार्न काँग्रेसका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो ।


कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी आएका १२५ जना नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । उनीहरूलाई काँग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाटले पार्टीको सदस्यता प्रदान गरी पार्टीमा स्वागत गर्नुभएको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.