logo

सबैले सत्ता स्वार्थ त्याग्नुपर्छः अध्यक्ष थापा

      5/9/2017 गते 00 00 मा प्रकाशित     1293   पटक पढिएको

हेटौँडा, २६ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रमुख राजनीतिक दलहरुले सत्ता स्वार्थ त्यागी देशको स्वतन्त्रता र जनतालाई केन्द्रबिन्दु बनाएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।


राप्रपा मकवानपुरले आज हेटौँडा उपमहानगरपालिका–५ स्थित भैरवटोलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बीस वर्षपछि नयाँ संरचनाअनुसार हुन लागेको स्थानीय तहको निर्वाचनमा मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन प्रतिपक्षी दल नेकपा ९एमाले०ले पनि लचकताका साथ संविधान संशोधन प्रक्रियामा सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।


उहाँले अहिले मुलुकमा बढ्दै गएको राष्ट्रिय सङ्कटलाई शीर्ष दलहरुले आपसी समझदारीको माध्यमबाट आगामी माघभित्रै प्रदेश र सङ्घको निर्वाचन गर्नुपर्ने बताउनुभयो । अध्यक्ष थापाले आर्थिक समृद्धि र विकास निर्माणमा जनप्रतिनिधिलाई जिम्मेवारबोध गराउन सरकारले प्रशिक्षण दिनुपर्ने बताउनुभयो ।


सो अवसरमा केन्द्रीय सदस्य दीपकबहादुर सिंह, सहायक महामन्त्री राजाराम बर्तौला र राप्रपाका तर्फबाट हेटौँडा उपमहानगरपालिकाका प्रमुख मधु अधिकारीले संविधान कार्यान्वयन गर्ने सिलसिलामा स्थानीय तहको निर्वाचन अनिवार्य बताउनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.