logo

राजपा नेतृत्वको गठबन्धनबाट सङ्घर्षको घोषणा

      5/26/2017 गते 00 00 मा प्रकाशित     1492   पटक पढिएको

काठमाडौँ, १२ जेठ । सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) नेतृत्वको सङ्घीय गठबन्धनले सङ्घर्षका कार्यक्रमको घोषणा गरेको छ ।

बिजुलीबजारस्थित राजपाको कार्यालयमा आज बसेको गठबन्धनको बैठकले आगामी जेठ ३१ गते घोषित दोस्रो चरणको स्थानीय तह निर्वाचनलाई प्रभावित पार्ने गरी सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

मधेश आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा र परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार तथा मुद्दा खारेजी नभएको भन्दै गठबन्धनले लामो सङ्घर्ष र सयौँ पटकका वार्ताबाट पनि समस्याको समाधान नभएको ठहर गरेको छ । सङ्घीय गठबन्धनले उठाएका २६ बुँदे, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका ११ बुँदे तथा सरकारले मधेसी मोर्चा/गठबन्धनसँग गरेको तीन बुँदे समझदारी अझै पनि कार्यान्वयन नभएको जनाएको छ ।

गठबन्धनले संसदमा रहेका छ पार्टीको एकीकृत पार्टी राष्ट्रिय जनता पार्टी नेपाल लगायत निर्वाचन आयोगमा दर्ता भएका अन्य राजनीतिक दललाई समेत दर्ता प्रक्रियामा सहभागी नगराएको र निर्वाचन चिन्ह प्रदान नगरेकामा आपत्ति प्रकट गरेको छ ।

सरकारले थप गरेको स्थानीय तहको २२ वटा सङ्ख्या अपुग एवम् सीमाङ्कन अपूरो रहेको जनाउँदै गठबन्धनका संयोजक महन्थ ठाकुरले एक विज्ञप्तिमार्फत उल्लिखित विषयलाई सम्बोधन गरी निर्वाचनको वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.