logo

काँग्रेस एमालेको टोल/टोलमा चुनावी सभा पानीमा रुझ्दै मतदाता घरदैलोमा

      5/9/2017 गते 00 00 मा प्रकाशित     1358   पटक पढिएको

भक्तपुर, २६ वैशाख । वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचन नजिकिँएसँगै भक्तपुरमा काँग्रेस र एमालेले टोल/टोलमा चुनावी सभामा व्यस्त हुन थालेका छन् । नेपाली काँग्रेस मध्यपुर थिमिले आज बोडेमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सोही दलका केन्द्रीय सदस्य मीन विश्वकर्माले १८ वर्ष पछि हुनलागेको स्थानीय तहको निर्वाचन सफल पार्न सबै लाग्नुपर्ने बताउनुभयो ।


निर्वाचनलाई महोत्सवको रुपमा लिएर शान्ति पूर्णरुपमा निर्वाचन सम्पन्न गर्नुपर्ने उहाँको धारणा थियो । कार्यक्रममा मध्यपुरथिमि नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट प्रमुखको उम्मेदवार बन्नुभएका अष्टकुमार कवेंले नगरको विकासका लागि नेपाली काँग्रेस मात्र सक्षम भएको बताउनुभयो । उहाँले आफू विजयी भए एकवर्षभित्र जनताले अनुभूति गर्नेगरी नगरको विकासमा लागिपर्ने बताउनुभयो ।


काँग्रेससँग प्रतिस्पर्धामा उत्रिएको एमालेले पनि सोही नगरपालिकाको भुलाखेलमा चुनावी सभा गरेको छ । सभामा बोल्दै मध्यपुरथिमि नगरपालिकामा प्रमुखका उम्मेदवार मदनसुन्दर श्रेष्ठले नगरपालिकाको भ्रष्टाचार हटाएर नगरपालिकालाई स्वच्छ रुपमा विकास गर्नु आवश्यक रहेको बताउनुभयो ।


उहाँले मध्यपुरथिमि नगरपालिका, कोरिया मैत्री अस्पताल, कमेरोटार जग्गा एकीकरण आयोजनालाई चुस्त बनाउने र मध्यपुरलाई पर्यटकीय, सांस्कृतिक नगरको रुपमा विकास गर्दै बाह्य तथा आन्तरिक रिङरोड बनाउने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुखका उम्मेदवार केदार खड्काले नगरको विकासका लागि वाम एकताको आवश्यकता महसुस गरी चुनावी मैदानमा आएको बताउनुभयो ।


आजै बिहान परको पानीको पर्वाह नगरी नेकपा एमाले र नेपाली काँग्रेसले घरदैलो अभियान तीव्र पारेका छन् । एमालेले मध्यपुर थिमिको निकोसेरादेखि, कमेरोटार, सिन्टिटार हँुदै मध्यपुरथिमिको विभिन्न क्षेत्रमा घरदैलो गर्दै भोट मागेका छ भने नेपाली काँग्रेसले पनि घदैलो अभियान अघि बढाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सोनवर्षा स्वास्थ्य चौकीमा रक्तदान कार्यक्रम, २५ जनाद्वारा रक्तदान

वीरगञ्ज । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–१ सोनवर्षास्थित स्वास्थ्य चौकीको प्राङ्गणमा शनिबार आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.