logo

काँग्रेस एमालेको टोल/टोलमा चुनावी सभा पानीमा रुझ्दै मतदाता घरदैलोमा

      5/9/2017 गते 00 00 मा प्रकाशित     1512   पटक पढिएको

भक्तपुर, २६ वैशाख । वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचन नजिकिँएसँगै भक्तपुरमा काँग्रेस र एमालेले टोल/टोलमा चुनावी सभामा व्यस्त हुन थालेका छन् । नेपाली काँग्रेस मध्यपुर थिमिले आज बोडेमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सोही दलका केन्द्रीय सदस्य मीन विश्वकर्माले १८ वर्ष पछि हुनलागेको स्थानीय तहको निर्वाचन सफल पार्न सबै लाग्नुपर्ने बताउनुभयो ।


निर्वाचनलाई महोत्सवको रुपमा लिएर शान्ति पूर्णरुपमा निर्वाचन सम्पन्न गर्नुपर्ने उहाँको धारणा थियो । कार्यक्रममा मध्यपुरथिमि नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट प्रमुखको उम्मेदवार बन्नुभएका अष्टकुमार कवेंले नगरको विकासका लागि नेपाली काँग्रेस मात्र सक्षम भएको बताउनुभयो । उहाँले आफू विजयी भए एकवर्षभित्र जनताले अनुभूति गर्नेगरी नगरको विकासमा लागिपर्ने बताउनुभयो ।


काँग्रेससँग प्रतिस्पर्धामा उत्रिएको एमालेले पनि सोही नगरपालिकाको भुलाखेलमा चुनावी सभा गरेको छ । सभामा बोल्दै मध्यपुरथिमि नगरपालिकामा प्रमुखका उम्मेदवार मदनसुन्दर श्रेष्ठले नगरपालिकाको भ्रष्टाचार हटाएर नगरपालिकालाई स्वच्छ रुपमा विकास गर्नु आवश्यक रहेको बताउनुभयो ।


उहाँले मध्यपुरथिमि नगरपालिका, कोरिया मैत्री अस्पताल, कमेरोटार जग्गा एकीकरण आयोजनालाई चुस्त बनाउने र मध्यपुरलाई पर्यटकीय, सांस्कृतिक नगरको रुपमा विकास गर्दै बाह्य तथा आन्तरिक रिङरोड बनाउने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुखका उम्मेदवार केदार खड्काले नगरको विकासका लागि वाम एकताको आवश्यकता महसुस गरी चुनावी मैदानमा आएको बताउनुभयो ।


आजै बिहान परको पानीको पर्वाह नगरी नेकपा एमाले र नेपाली काँग्रेसले घरदैलो अभियान तीव्र पारेका छन् । एमालेले मध्यपुर थिमिको निकोसेरादेखि, कमेरोटार, सिन्टिटार हँुदै मध्यपुरथिमिको विभिन्न क्षेत्रमा घरदैलो गर्दै भोट मागेका छ भने नेपाली काँग्रेसले पनि घदैलो अभियान अघि बढाएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.