logo

संविधान संशोधन गरी अगाडि बढ्ने मोटामोटी सहमति

      5/9/2017 गते 00 00 मा प्रकाशित     1301   पटक पढिएको

काठमाडौँ, २६ वैशाख । सत्ता साझेदार प्रमुख दुई दल, प्रमुख प्रतिपक्षी दल एवम् राष्ट्रिय जनता पार्टी नेपालबीचमा संविधान संशोधन गरी अगाडि बढ्ने मोटामोटी सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द), नेकपा (एमाले) र राजपा नेपालका शीर्ष नेता सहभागी बैठकमा सोका लागि प्रमुख प्रतिपक्षी दल एमालेलाई आफ्नो अडानमा लचिलो बन्न आग्रहसमेत गरिएको छ ।


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाउनुभएको सो बैठकमा व्यवस्थापिका–संसद्को आगामी बैठकमा संविधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गरिने र पारितसमेत गर्न लगभग सहमति भएको बैठकपछि नेताहरुले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।


व्यवस्थापिका–संसद्को अर्को बैठक आगामी जेठ ४ गते बस्दैछ । सो बैठकमा सरकारले संविधान संशोधनको प्रस्ताव पुनः पेस गर्दैछ । बैठकले काँग्रेसका सभापति शेरबहादुर देउवा एवम् प्रधानमन्त्री प्रचण्डलाई संविधान संशोधनका गर्नका लागि सदनमा आवश्यक दुई तिहाइ मत पु¥याउन प्रमुख प्रतिपक्षी दललगायत अन्य दलसित वार्ता गर्न र सहमति जुटाउन जिम्मेवारीसमेत प्रदान गरेको छ ।

“दुई शीर्ष नेताले आजबाटै प्रमुख प्रतिपक्षी दलका नेता एवम् अन्य दलका नेतासित घनीभूत छलफल सुरु गर्नुहुनेछ”, बैठकपछि माओवादी केन्द्रका नेता दीनानाथ शर्माले भन्नुभयो । उहाँका अनुसार दलहरुबीच संविधान संशोधन गरी अगाडि बढ्ने मोटामोटी सहमति भएको छ ।


बैठकमा आसन्न वैशाख ३१ गते र आगामी जेठ ३१ गतेको स्थानीय तहको निर्वाचन सौहार्दपूर्ण ढङ्गल सम्पन्न गर्ने विषयमा पनि ती कुराकानी भएको थियो । बैठकमा नेता देउवा र प्रधानमन्त्री प्रचण्डले विशेषगरी प्रमुख प्रतिपक्षी दललाई संविधान संशोधन गर्नका लागि सहयोग गर्न र मधेस केन्द्रित दललाई निर्वाचनमा जुट्न आह्वान गर्नुभएको नेता शर्माले जानकारी दिनुभयो ।


एमाले संविधान संशोधनको विरोधी होइनः गौतम


बैठकमा सहभागी एमालेका उपाध्यक्ष वामदेव गौतमले सत्तारुढ दल, प्रमुख प्रतिपक्षी दल एवम् राजपाका बीचमा संविधान संशोधनका विषयमा सौहार्दपूर्ण वातावरणमा विचार आदानप्रदान भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पार्टी संविधान संशोधनको विरोधी होइन, सबैलाई सर्वस्वीकार्य हुने गरी संशोधन आउनुपर्छ । यसमा पार्टीले सहयोग गर्छ ।”

सरकारले ल्याएको संशोधन प्रस्तावमा रहेका केही बुँदामा आफ्नो पार्टीको असहमतिसमेत रहेको उपाध्यक्ष गौतमले बताउनुभयो । नेता गौतमका साथमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङको पनि सहभागिता थियो ।


झुक्याउने र फकाउने काम भयोः महतो

राजपाका नेता राजेन्द्र महतोले तराई÷मधेसमा समेत निर्वाचन गराउन सरकारले संविधान संशोधन गर्नुपर्छ, यसबाट मात्र आफ्नो पार्टीलाई निर्वाचनमा भाग लिने बाटो खुला हुन्छ भन्नुभयो । उहाँले भन्नुभयो “सत्तारुढ दलहरुका नेता संविधान संशोधन गर्छु गर्छु भन्नुहुन्छ, खोइ त भएको रु हामीले बैठकमा स्पष्ट भनिदियौँ, अब पनि हामीलाई झुक्याउने र फकाउने काम भयो भने जेठ ३१ को स्थानीय निर्वाचनमा भाग लिँदैनांैँ ।”

नेता महतोले हालसम्म तराई÷मधेस आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा, क्षतिपूर्ति र बन्दी रिहाइ सरकारका तर्फबाट नभएको भनी असन्तुष्टिसमेत व्यक्त गर्नुभयो ।
बैैठकमा प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति देउवा, एमाले उपाध्यक्ष गौतम, उपप्रधानममन्त्री विमलेन्द्र निधि, राजपाका नेता महन्थ ठाकुर, महतो, अनिल झालगायत नेता उपस्थित हुनुहुन्थ्यो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

वडाध्यक्ष मुखियाको घोषणा अनुसार उत्कृष्ट विद्यार्थीलाई ल्यापटप वितरण

वीरगंज। विगत वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पटेर्वा सगौली गाउँपालिका वडा नं.  ५ ले निचुटाले ल्यापटप पुरस्कार वितरण गरेको छ।

वीरगंजमा पचास प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु, भोलि पनि जारी रहने

वीरगंज । वीरगंज महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ। शाखाका अनुसार हिजोदेखि प्रारम्भ गरिएको वितरण कार्यक्रम भोलि पनि निरन्तर रहनेछ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.