logo

निर्वाचनको सम्पूर्ण कार्यक्रम स्थानीय तहमा पुगिसकेको छ - प्रमुख निर्वाचन आयुक्त

      5/1/2017 गते 00 00 मा प्रकाशित     1301   पटक पढिएको


काठमाडौँ, १८ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मङ्गलबार हुने उम्मेदवारी मनोनयनसहितका सम्पूर्ण कार्यक्रम स्थानीय तहमा पुगिसकेको बताउनुभएको छ ।


स्थानीय तह निर्वाचनको सन्दर्भमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकसँग आज आयोग परिसरमा भएको अन्तक्र्रियामा उहाँले भन्नुभयो – “ऐतिहासिक महत्व बोकेको स्थानीय तहको निर्वाचनका सम्पूर्ण कार्यक्रम लिएर आयोग नगरपालिका र गाउँपालिकामा पुगिसकेको छ ।”


“स्थानीय सरकारको अवधारणामा हुन लागेको निर्वाचनले स्थानीय तहमै कानुन निर्माण गर्नेसम्मको अधिकार स्थापित गर्ने भएकाले स्थानीय तह निर्वाचन अत्यन्त महत्वपूर्ण र ऐतिहासिक रहनेछ” - प्रमुख निर्वाचन आयुक्त यादवले भन्नुभयो ।


निर्वाचन आयोगले विगत तीन वर्षदेखि लैङ्गिक र समावेशी नीतिका आधारमा निर्वाचन कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै उहाँले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहने अल्पसङ्ख्यक, दलित र महिलाको मनोनयन दर्तामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिनुभयो ।


यौनिक तथा अल्पसङ्ख्यक समुदायको तर्फबाट सहभागी पिङ्की गुरुङले मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनमा अग्रमोर्चामा रहेर निर्णायक भूमिका निर्वाह गरेको भए पनि आफूहरूले पु¥याएको योगदानलाई ओझेलमा पार्ने काम भएको टिप्पणी गर्नुभयो ।


स्थानीय तहको निर्वाचनमा मुलुकका ४० जिल्लाका १४३ जना तेस्रो लिङ्गीले मतदानको अधिकार प्राप्त गरेको आयोगले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.