logo

काँग्रेस र माओवादी केन्द्रको संयुक्त सभालाई प्रचण्ड र देउवाद्वारा सम्बोधन

      5/11/2017 गते 00 00 मा प्रकाशित     1248   पटक पढिएको

चितवन, २८ वैशाख । प्रधानमन्त्री तथा नेकपा९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनले मधेस, पहाड र हिमाललाई एकताबद्ध गरेर देशलाई निर्वाचनतिर लैजान सफल भएको बताउनुभएको छ ।


नेपाली काँंग्रेस र माओवादी केन्द्र चितवनले आज यहाँ आयोजना गरेको संयुक्त आमसभालाई सम्बोधन गर्दै उहाँले गत वर्ष सरकारको नेतृत्व लिँदा एकातिर पहाड, एकातिर हिमाल र अर्कातर्फ तराई भएकामा यो गठबन्धनले सबैलाई एकताबद्ध बनाएर निर्वाचनतर्फ लैजान सकेको बताउनुभयो ।


सरकारको नेतृत्व लिँदै गर्दा पूर्व र पश्चिमतर्फ डरलाग्दो स्थिति भएको बताउँदै उहाँले भन्नुभयो, “यो गठबन्धनले मधेसलाई पहाडसँग र पहाडलाई मधेससँग मिलाएर सबैलाई लिएर निर्वाचनतर्फ लैजाने वातावरण बनायो ।” मधेसलाई एकातिर र पहाडलाई अर्कातिर पारेर देशलाई विभाजनतर्फ लैजाने प्रवृत्ति विजयी गराउने या मधेस, पहाड, हिमाललाई जोडेर संविधान कार्यान्वयनतिर दृढतापूर्वक लाग्ने विचार र शक्तिलाई जिताउने भन्ने फैसला गर्ने काम जनताको काँधमा आएको उहाँले बताउनुभयो ।


गत सालसम्म १६ घन्टासम्म विद्युत्भार कटौती खेपेकामा यही गठबन्धनले विद्युत्भार कटौतीको अन्त्य गरेको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, “उज्यालोलाई जिताउने कि अँध्यारोलाई जिताउने नेपाली भन्ने पनि जनताको हातमा फैसला छ ।” सम्बोधनमै काँग्रेसका सभापति शेरबहादुर देउवालाई भावी प्रधानमन्त्रीको उपमा दिएर सम्बोधन गर्नुभएका प्रधानमन्त्री दाहालले काँग्रेसले गिरिजाप्रसाद कोइराला र माओवादी केन्द्रले प्रचण्डजस्तो नेता नपाएको भए मुलुक यो अवस्थासम्म आइनपुग्ने बताउनुभयो ।

भरतपुर महानगरपालिकामा गरिएको गठबन्धन संयोगको कुरा नभएर इतिहासको एउटा आवश्यकता भएको बताउँदै उहाँले भरतपुरलाई नेपालकै नमुना नगरपालिका बनाउने मात्रै होइन, दक्षिण एसियाकै नमुना समृद्ध महानगर बनाउन गठबन्धन गरिएको हो भन्नुभयो ।


चौबिस वर्षदेखि नेपालको आर्थिक वृद्धिदर ओह्रालो लागेर गत वर्ष एक प्रतिशतभन्दा तल झरेकामा २५ वर्षपछि अहिले सात प्रतिशत वृद्धिदर भएको जानकारी दिँदै उहाँले भन्नुभयो, “यो विकास र समृद्धिलाई जिताउने वा विभाजनलाई जिताउने आजको सवाल छ ।” आफू प्रधानमन्त्री हुँदै गर्दा विभिन्न आरोप लागे पनि यही गठबन्धनले राष्ट्रलाई एकताबद्ध बनाएर निर्वाचन गर्ने र आर्थिक विकासको गति दिने काम गरेको उहाँले बताउनुभयो । मनोनयन गर्ने दिन बिहान पनि आफूलाई सिंहदरबारमा फोन गरेर निर्वाचन हुन्छ र भनेर सोध्ने गरिएको बताउँदै उहाँले भन्नुभयो, “मैले जे भन्दै आएँ, त्यो पूरा भएर छाड्यो । वैशाख ३१ गते निर्वाचन हुन्छ ।” यो २० वर्षपछिको निर्वाचन नभएर पहिलो निर्वाचन भएको उहाँको भनाइ थियो ।


भरतपुर महानगरमा गठबन्धनको उम्मेदवारलाई जिताउन आग्रह गर्दै उहाँले महानगरको प्रमुख पदका उम्मेदवार रेणु दाहाललाई प्रचण्डपुत्रीका रुपमा मात्रै नहेरेर उनले पार्टीमा पु¥याएको योगदानको मूल्याङ्कनसमेत गर्न अनुरोध गर्नुभयो ।


कार्यक्रममा काँग्रेसका सभापति शेरबहादुर देउवाले बाह्रबुँदे सहमतिदेखि नै माओवादी केन्द्रसँग गठबन्धन हुँदै आएको हो भन्दै नेपालमा स्थायी शान्ति र सङ्घीय गणतन्त्रात्मक लोकतन्त्र स्थापना गर्न दुई दलको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।


गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डको प्रयासबाट देशमा शान्ति सम्झौता भएको बताउँदै उहाँले भन्नुभयो – “ अब हिजोका कुरा गर्ने होइन, भोलिको सुनौलो भविष्य हेर्ने हो ।” प्रान्तीय र सङ्घीय निर्वाचनसम्म दुई पार्टीका बीचमा गठबन्धन हुने छ भन्दै उहाँले संविधान कार्यान्वयनका लागि दुई पार्टी मिल्नाको विकल्प नभएको बताउनुभयो । मधेस र पहाडलाई विभाजन गर्नेहरुसँग सजग रहनुपर्ने बताउँदै उहाँले मधेस, पहाड र हिमाल नमिलेसम्म देश समृद्ध हुँदैन भन्नुभयो ।


मिलेर बसेको समाजलाई झगडा गराउने षड्यन्त्र रच्नेहरुलाई जनताले चिन्नुपर्ने र सबै मेलमिलाप गरेर बस्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “राष्ट्रिय एकता नै अहिलेको आवश्यकता हो, काँग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयनका लागि यो गठबन्धन आवश्यक छ ।”


भरतपुरमा मात्रै गठबन्धन नभएको बताउँदै उहाँले भरतपुरमा एकले अर्कालाई असहयोग गरे पोखरामा असर पर्ने भएकाले पनि नेतृत्व तहबाट भएको गठबन्धनलाई अक्षरशः पालना गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । भड्काउमा नपरेर संयुक्त प्यानललाई मत दिन आग्रह गर्दै उहाँले महानगरहरुमा प्रमुख र उपप्रमुख दुवै महिला बनाएर देखाउन आग्रह गर्नुभयो । महिला राष्ट्रको महत्वपूर्ण शक्ति भएकाले यसले यो महानगरलाई नमुना बनाउन साथ दिने पनि उहाँले बताउनुभयो ।


कार्यक्रममा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य अमिक शेरचनले यो गठबन्धन राजतन्त्र र गणतन्त्रबीचको लडाइँ हो भन्दै प्रतिगमनतर्फ जानेलाई पराजित गर्नका लािग गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभयो । पार्टीभन्दामाथि उठेर असल व्यक्ति र विचारलाई मत दिन पनि उहाँले आग्रह गर्नुभयो ।


रक्षामन्त्री तथा काँग्रेसका नेता बालकृष्ण खाँणले काँग्रेस र माओवादी केन्द्रबीचमा कम्तीमा १० वर्षसम्म सहयात्रा हुन सकेमा मुलुक समृद्ध हुने बताउँदै गठबन्धनलाई साथ दिन आग्रह गर्नुभयो ।

माओवादी केन्द्रबाट प्रमुख पदका उम्मेदवार रेणु दाहाल र काँग्रेसबाट उपप्रमुख पदका उम्मेदवार पार्वती शाहले आफूहरु साझा उम्मेदवार भएकाले गठबन्धनमा मतदान गर्न अनुरोध गर्नुभयो ।


सो अवसरमा काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, उपसभापति कैलाश कोइराला र माओवादी केन्द्र चितवनका इन्चार्ज ईश्वरी भट्टराईले केन्द्रको निर्देशनअनुरुप बनेको गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभएको थियो । सभाअघि महानगरका विभिन्न ठाउँबाट पदयात्रासहित दुई पार्टीका नेता कार्यकर्ता सभास्थल भरतपुर बसपार्कमा जम्मा भएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.