logo

एमालेले ६० प्रतिशत स्थानमा जित्ने जिकिर

      5/11/2017 गते 00 00 मा प्रकाशित     1591   पटक पढिएको

काठमाडौँ, २८ वैशाख । नेकपा ९एमाले० स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले ६० प्रतिशतभन्दा बढी स्थानमा विजय हासिल गर्ने जिकिर गर्नुभएको छ ।


एमाले प्रचार तथा प्रकाशन विभागले यहाँ आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पोखरेलले राष्ट्रियता र समृद्धिका लागि आफ्नो पार्टीको स्पष्ट सोच र अडान भएको तथा स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन विगतमा भूमिका खेलेका कारण देशव्यापी लहर आएको विचार व्यक्त गर्नुभयो ।


उहाँले राष्ट्रिय स्वाधीनता र स्वाभिमानका लागि एमाले नेतृत्वको अघिल्लो सरकारले घुँडा नटेकेकाले पनि यसप्रति जनताको समर्थन आएको र यसबाट तर्सिएर सरकारमा रहेका दलबीच चुनावी तालमेल भएको तर्क गर्नुभयो ।

कामपामा पदयात्रा:
एमालेले काठमाडाँै महानगरपालिकाको चुनावी प्रचारप्रसार अभियानको अन्तिम दिन आज विभिन्न वडामा चुनावी पदयात्रा निकालेको छ ।

एमालेले कामपा वडा नं २, ४ र ५ वडामा पदयात्रा निकालेको ३ नं प्रदेशका सदस्य नारायण सिलवालले जानकारी गराउनुभयो । तीनै वडामा निकालिएको पदयात्रामा एमालेबाट प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्य सहभागी हुँदै महानगरलाई व्यवस्थित बनाउन आफ्नो जित आवश्यक रहेकाले जिताउन आग्रह गर्नुभएको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.