logo

आचारसंहितामा कडाइपछि प्रचारशैली कम भडकिलो

      5/8/2017 गते 00 00 मा प्रकाशित     1715   पटक पढिएको

काठमाडौँ, २५ वैशाख । निर्वाचन आचारसंहितामा गरिएको कडाइका कारण विगतका निर्वाचनमा भन्दा यस पटक प्रचार प्रसारमा तडकभडक कम देखिएको छ । करिब दुई दशकपछि आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले आचारसंहितामार्फत निर्वाचन सम्बन्धी प्रचार–प्रसारको लागि पोस्टर टाँस्न र आमसभा गर्न कडाइ गरेपछि तडकभडक कम देखिएको हो ।


निर्वाचन आचारसंहितामा धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिकस्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचनालगायत कुनै पनि सार्वजनिक स्थानमा पर्चा टाँस्न, टाँस्न लगाउन, लेख्न वा लेख्न लगाउन नहुने भनेपछि चुनाव सम्बन्धी प्रचार–प्रसार सामाजिक सञ्चालदेखि घरदैलो अभियानमा सीमित भएको छ ।


यस पटकको निर्वाचनमा निर्वाचन आचारसंहितालाई अत्यन्त कडाइ गरिएको हुँदा समग्रमा उम्मेदवार र पार्टीले पनि कार्यान्वयन गरेको पाइएको आयोगका सहसचिव एवम् प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।


नेपाली काँग्रेस, नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द० लगायत मुख्य राजनीतिक दल र तिनका उम्मेदवारले ठूल–ठूला कोण सभा वा भित्ते लेखन गर्नेभन्दा पनि फेसबुक, ट्विटर, भाइवर, युटुव, एसएमएसलगायतका नयाँ प्रविधिलाई निर्वाचन प्रचार प्रसारको माध्यमका रूपमा प्रयोग गर्दैआएका छन् । राजनीतिक पार्टीले आ–आफ्नो फेसबुक पेज बनाएर प्रचार प्रसार थालेका छन् ।


निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारले घरदैलो कार्यक्रमलाई तीव्र पारेका छन् । काठमाडौँ महानगरपालिका नगरप्रमुखका उम्मेदवार सर्वोत्तम डङ्गोल, विद्या सुन्दर शाक्य, राजुराज जोशी, किशोर थापा र रञ्जु दर्शनालगायतले आफूहरूले आचारसंहिताभित्रै रहेर चुनावी प्रचार गरिरहेको दाबी गर्नुभयो ।


आयोगले आचारसंहिताविपरीत ललितपुरमा मोटरसाइकल ¥याली निकालेको भन्दै सङ्घीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी नेपाललगायत विभिन्न राजनीतिक दललाई स्पष्टीकरण पेस गर्न आदेश समेत दिएको छ ।


यस पटकको निर्वाचनमा राजनीतिक पार्टी र उम्मेदवारले गीत मार्फत समेत भोट माग्दै प्रचार प्रसार गरिरहेका छन् । अधिकांश पार्टीले निर्वाचन सम्बन्धी गीत युटुवमा राखेका छन् । यस पटकको निर्वाचनमा नेकपा ९एमाले० को चुनावी प्रचार सम्बन्धी चर्चित लोकगायक बद्री पङ्गेनीद्वारा स्वरबद्ध ‘सही पनि एमाले, मै पनि एमाले’ गीत चर्चामा छ ।


त्यसैगरी नेपाली काँग्रेसको निर्वाचन प्रचारबारे सार्वजनिक भएको ‘भोट हालौँ रूखमा’ गीत निकै चर्चित बनेको छ । सो गीतमा सुनिल थापा र राधिका हमालले स्वर रहेको छ । यस्तै नेकपा ९माआवादी केन्द्र०को ‘म पनि माओवादी’ नामक गीत चर्चामा छ । सो गीतमा गायक÷गायिक नवीन खड्का र टीका पुनले स्वर दिनुभएको छ ।


यही वैशाख ३१ गते प्रदेश नं– ३, ४ र ६ मा हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि जम्मा ४९ हजार ७१ जना उम्मेदवार निर्वाचन लडने तयारीमा छन् । तीनवटा प्रदेशअन्तर्गत ३४ जिल्लाका २८३ स्थानीय तहमा हुने निर्वाचनका लागि वैशाख १९ गते उम्मेदवारी मनोनयन दर्ता भएको थियो । नगर प्रमुख÷गाउँपालिका अध्यक्ष पदमा एक हजार ९२५ जना र नगर उपप्रमुख÷गाउँपालिका उपाध्यक्ष पदमा एक हजार ४२९ जनाको उम्मेदवारी परेको छ ।


त्यस्तै वडाध्यक्षमा १० हजार ८४१, वडा सदस्य ९खुला० मा १८ हजार ३७१, महिला सदस्यमा नौ हजार ३३ र दलित महिला सदस्यमा सात हजार ४७२ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.