logo

आचारसंहितामा कडाइपछि प्रचारशैली कम भडकिलो

      5/8/2017 गते 00 00 मा प्रकाशित     1384   पटक पढिएको

काठमाडौँ, २५ वैशाख । निर्वाचन आचारसंहितामा गरिएको कडाइका कारण विगतका निर्वाचनमा भन्दा यस पटक प्रचार प्रसारमा तडकभडक कम देखिएको छ । करिब दुई दशकपछि आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले आचारसंहितामार्फत निर्वाचन सम्बन्धी प्रचार–प्रसारको लागि पोस्टर टाँस्न र आमसभा गर्न कडाइ गरेपछि तडकभडक कम देखिएको हो ।


निर्वाचन आचारसंहितामा धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिकस्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचनालगायत कुनै पनि सार्वजनिक स्थानमा पर्चा टाँस्न, टाँस्न लगाउन, लेख्न वा लेख्न लगाउन नहुने भनेपछि चुनाव सम्बन्धी प्रचार–प्रसार सामाजिक सञ्चालदेखि घरदैलो अभियानमा सीमित भएको छ ।


यस पटकको निर्वाचनमा निर्वाचन आचारसंहितालाई अत्यन्त कडाइ गरिएको हुँदा समग्रमा उम्मेदवार र पार्टीले पनि कार्यान्वयन गरेको पाइएको आयोगका सहसचिव एवम् प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।


नेपाली काँग्रेस, नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द० लगायत मुख्य राजनीतिक दल र तिनका उम्मेदवारले ठूल–ठूला कोण सभा वा भित्ते लेखन गर्नेभन्दा पनि फेसबुक, ट्विटर, भाइवर, युटुव, एसएमएसलगायतका नयाँ प्रविधिलाई निर्वाचन प्रचार प्रसारको माध्यमका रूपमा प्रयोग गर्दैआएका छन् । राजनीतिक पार्टीले आ–आफ्नो फेसबुक पेज बनाएर प्रचार प्रसार थालेका छन् ।


निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारले घरदैलो कार्यक्रमलाई तीव्र पारेका छन् । काठमाडौँ महानगरपालिका नगरप्रमुखका उम्मेदवार सर्वोत्तम डङ्गोल, विद्या सुन्दर शाक्य, राजुराज जोशी, किशोर थापा र रञ्जु दर्शनालगायतले आफूहरूले आचारसंहिताभित्रै रहेर चुनावी प्रचार गरिरहेको दाबी गर्नुभयो ।


आयोगले आचारसंहिताविपरीत ललितपुरमा मोटरसाइकल ¥याली निकालेको भन्दै सङ्घीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी नेपाललगायत विभिन्न राजनीतिक दललाई स्पष्टीकरण पेस गर्न आदेश समेत दिएको छ ।


यस पटकको निर्वाचनमा राजनीतिक पार्टी र उम्मेदवारले गीत मार्फत समेत भोट माग्दै प्रचार प्रसार गरिरहेका छन् । अधिकांश पार्टीले निर्वाचन सम्बन्धी गीत युटुवमा राखेका छन् । यस पटकको निर्वाचनमा नेकपा ९एमाले० को चुनावी प्रचार सम्बन्धी चर्चित लोकगायक बद्री पङ्गेनीद्वारा स्वरबद्ध ‘सही पनि एमाले, मै पनि एमाले’ गीत चर्चामा छ ।


त्यसैगरी नेपाली काँग्रेसको निर्वाचन प्रचारबारे सार्वजनिक भएको ‘भोट हालौँ रूखमा’ गीत निकै चर्चित बनेको छ । सो गीतमा सुनिल थापा र राधिका हमालले स्वर रहेको छ । यस्तै नेकपा ९माआवादी केन्द्र०को ‘म पनि माओवादी’ नामक गीत चर्चामा छ । सो गीतमा गायक÷गायिक नवीन खड्का र टीका पुनले स्वर दिनुभएको छ ।


यही वैशाख ३१ गते प्रदेश नं– ३, ४ र ६ मा हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि जम्मा ४९ हजार ७१ जना उम्मेदवार निर्वाचन लडने तयारीमा छन् । तीनवटा प्रदेशअन्तर्गत ३४ जिल्लाका २८३ स्थानीय तहमा हुने निर्वाचनका लागि वैशाख १९ गते उम्मेदवारी मनोनयन दर्ता भएको थियो । नगर प्रमुख÷गाउँपालिका अध्यक्ष पदमा एक हजार ९२५ जना र नगर उपप्रमुख÷गाउँपालिका उपाध्यक्ष पदमा एक हजार ४२९ जनाको उम्मेदवारी परेको छ ।


त्यस्तै वडाध्यक्षमा १० हजार ८४१, वडा सदस्य ९खुला० मा १८ हजार ३७१, महिला सदस्यमा नौ हजार ३३ र दलित महिला सदस्यमा सात हजार ४७२ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

वडाध्यक्ष मुखियाको घोषणा अनुसार उत्कृष्ट विद्यार्थीलाई ल्यापटप वितरण

वीरगंज। विगत वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पटेर्वा सगौली गाउँपालिका वडा नं.  ५ ले निचुटाले ल्यापटप पुरस्कार वितरण गरेको छ।

वीरगंजमा पचास प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु, भोलि पनि जारी रहने

वीरगंज । वीरगंज महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ। शाखाका अनुसार हिजोदेखि प्रारम्भ गरिएको वितरण कार्यक्रम भोलि पनि निरन्तर रहनेछ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.