logo

माओवादी केन्द्रका उम्मेदवारको अपहरण

      5/13/2017 गते 00 00 मा प्रकाशित     1459   पटक पढिएको

चितवन, ३१ वैशाख । माओवादी केन्द्रका राप्ती नगरपालिका वडा नं ९ का वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाललाई गएराति अज्ञात समूहले अपहरण गरेको छ । केन्द्रले विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अपहरण गरेको दाबी गरेको छ ।


माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीले अपहरण गरेको पुष्टि भएको बताउनुभयो । ७० वर्षीय रिमाललाई उम्मेदवारी नदिन भन्दाभन्दै उम्मेदवारी दिएको भन्दै सो पार्टीले अपहरण गरेको परिवारलाई उद्धृत गर्दै भट्टराईले बताउनुभयो । यता प्रहरीले भने सो पार्टीले अपहरण गरे/नगरेको पुष्टि भइनसकेको जनाएको छ । प्रहरी उपरीक्षक दिपक थापाले खोजी र अनुसन्धान भइरहेकाले सोही पार्टीले अपहरण गरेको वा नगरेको यकिन हुन नसकेको बताउनुभयो ।


यता गएराति माओवादी केन्द्रका विरुद्धमा पर्चा छरेको भन्दै भरतपुर महानगरपालिकाको नेकपा ९एमाले०का वडा नं ६ का वडाध्यक्षका उम्मेदवार खिलाप्रसाद न्यौपानेसहित ३१ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी उपरीक्षक थापाका अनुसार जनताको २४ यक्ष प्रश्न माओवादी केन्द्रलाई भन्ने पर्चा छर्दै गरेको अवस्थामा उनीहरुलाई भरतपुर महानगरपालिकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । अनुसन्धानपछि उनीहरुलाई निर्वाचनका लागि आज छाडिने बताउनुभयो ।


जिल्लामा शान्तिपूर्ण मतदान भइरहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

वडाध्यक्ष मुखियाको घोषणा अनुसार उत्कृष्ट विद्यार्थीलाई ल्यापटप वितरण

वीरगंज। विगत वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पटेर्वा सगौली गाउँपालिका वडा नं.  ५ ले निचुटाले ल्यापटप पुरस्कार वितरण गरेको छ।

वीरगंजमा पचास प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु, भोलि पनि जारी रहने

वीरगंज । वीरगंज महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ। शाखाका अनुसार हिजोदेखि प्रारम्भ गरिएको वितरण कार्यक्रम भोलि पनि निरन्तर रहनेछ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.