logo

काँग्रेस काठमाडौँ, महानगरको घोषणापत्र सार्वजनिक ः मेट्रो रेलदेखि निःशुल्क वाइफाइसम्म

      5/8/2017 गते 00 00 मा प्रकाशित     1389   पटक पढिएको

काठमाडौँ, २५ वैशाख । आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहमा जनताको मन जितेर भोट माग्ने उद्देश्यका साथ नेपाली काँग्रस काठमाडौँ महानगरपालिकाले विकासका योजनालाई अगाडि सारेको छ । करिब दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा जनताको मन जितेर मतदाता आफ्नो पक्षमा पार्न काँग्रेसले विकासको योजनालाई अगाडि सारेको हो ।

सबै महानगरवासीको इच्छा ‘शिक्षा, स्वास्थ्य र सुरक्षा’ तथा ‘सफा, समृद्ध, सुन्दर र उज्यालो काठमाडौँ हाम्रो जिम्मेवारी’ भन्ने मूलनाराका साथ काठमाडौँ महानगर काँग्रेसले आफ्नो मुख्य मुद्दा अगाडि सारेको छ । विकासको योजना बनाउँदा पहिलो समयदेखि नै जनसमुदायलाई संलग्न गराई महानगरको कुनै पनि विकासको खाका कोर्ने, पूर्वाधारको निर्माण गर्ने र यसको संरक्षण गर्ने कार्यका साथै सोको अनुगमनसमेत समुदायले नै गर्ने व्यवस्था मिलाउने काँग्रेस महानगरको घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्रको सार्वजनिक गर्दै नेपाली काँग्रेसका नेता एवम् पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंह ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय महत्व बोकेको काठमाडौँलाई विश्वकै नमुना सहर बनाउनका लागि काँग्रेसलाई जिताउनुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दिनैपिच्छे नेपाली काँग्रेसको पक्षमा जनलहर सिर्जना भएको छ यसलाई मर्न दिन हुँदैन ।”


नेता सिंह काँग्रेसले राजनीतिक रूपमा परीक्षण भइसकेको व्यक्तिलाई उम्मेदवार दिएको बताउँदै महानगरको विकासका लागि प्रमुखका उम्मेदवार राजुराज जोशी योग्य उम्मेदवार भएको दाबी गर्नुहुन्छ । काठमाडौँ महानगर काँग्रेसले ‘फ्लाईओभर’ निर्माण, अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण, सडक बत्ती र ट्राफिक बत्तीको उचित व्यवस्था, सडकमा सिसिटिभीको जडान, प्रदूषण नियन्त्रण, सडक विस्तार, खानेपानी पाइप जडान, विद्युतीय सवारी साधनलाई विशेष प्राथमिकतामा राखेको छ ।


काँग्रेस काठमाडौँ महानगरपालिका प्रमुखका उम्मेदवार जोशी पाँच वर्षभित्र महानगरपालिकाभित्र मेट्रो रेल निर्माण गर्नेदेखि महानगरमा निःशुल्क वाइफाइको व्यवस्था मिलाउने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “ म बोल्नेभन्दा काम गरेर देखाउने मान्छे हो, मैले जितेपछि काठमाडौँ महानगरपालिकाको प्रत्येक जनताको समस्याको समाधानका लागि लाग्नेछु ।”


यस्तै आधुनिक सडक पेटीको निर्माण, सुलभ पार्किङस्थलको व्यवस्था, प्रमुख पर्यटकीय र व्यावसायिक क्षेत्रलाई सवारी साधन निषेधित क्षेत्र तोकी निःशुल्क महानगरीय सवारी साधनको व्यवस्था गर्ने, सडक पेटीमा रुख रोप्ने, काठमाडौँका ३२ वटै वडामा नमुनापार्क निर्माण गर्ने जनाएको छ । काँग्रेस काठमाडौँ महानगरपालिका उपप्रमुखकी उम्मेदवार हरिप्रभा खड्गी (श्रेष्ठ) महानगरभित्र रहेका महिला दिदीबहिनीको हक अधिकारका रक्षाका लागि आफ्नो उम्मेदवारी भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मौलिक परम्परा, घरेलु सिल्पकला, हस्तकला जस्ता घरेलु उद्योगको माध्यामबाट महानगरभित्रका महिला र पुरुषको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्छु ।”

 

काँग्रेसले महानगरभित्रको फोहोरमैला व्यवस्थापन, घुम्ती शौचालयको व्यवस्था, विपद् व्यवस्थापनबारे जनचेतनामूलक कार्यक्रम, विपद्को समयमा अस्थायी वासस्थानको निर्माण, विद्युतीय सूचना प्रविधि केन्द्र, अनवरत रूपमा विद्युत् उपलब्ध गराउने कुरालाई घोषणापत्रमा समेटेको छ । विभिन्न पर्यटकीय स्थानमा महानगरीय पर्यटक सूचना केन्द्र स्थापना गर्ने, सडक मार्ग गल्लीको नाम पहिचान हुनेगरी बोर्ड राख्ने, मोबाइल एप्समार्फत मुख्य, मुख्य पर्यटकीय तथा व्यावसायिक स्थलको जानकारी तथा सूचना प्रदान गर्नेलगायतका विकासका मुद्दालाई काठमाडौँ महानगरपालिका काँग्रेसले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.