logo

काँग्रेस काठमाडौँ, महानगरको घोषणापत्र सार्वजनिक ः मेट्रो रेलदेखि निःशुल्क वाइफाइसम्म

      5/8/2017 गते 00 00 मा प्रकाशित     1570   पटक पढिएको

काठमाडौँ, २५ वैशाख । आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहमा जनताको मन जितेर भोट माग्ने उद्देश्यका साथ नेपाली काँग्रस काठमाडौँ महानगरपालिकाले विकासका योजनालाई अगाडि सारेको छ । करिब दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा जनताको मन जितेर मतदाता आफ्नो पक्षमा पार्न काँग्रेसले विकासको योजनालाई अगाडि सारेको हो ।

सबै महानगरवासीको इच्छा ‘शिक्षा, स्वास्थ्य र सुरक्षा’ तथा ‘सफा, समृद्ध, सुन्दर र उज्यालो काठमाडौँ हाम्रो जिम्मेवारी’ भन्ने मूलनाराका साथ काठमाडौँ महानगर काँग्रेसले आफ्नो मुख्य मुद्दा अगाडि सारेको छ । विकासको योजना बनाउँदा पहिलो समयदेखि नै जनसमुदायलाई संलग्न गराई महानगरको कुनै पनि विकासको खाका कोर्ने, पूर्वाधारको निर्माण गर्ने र यसको संरक्षण गर्ने कार्यका साथै सोको अनुगमनसमेत समुदायले नै गर्ने व्यवस्था मिलाउने काँग्रेस महानगरको घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्रको सार्वजनिक गर्दै नेपाली काँग्रेसका नेता एवम् पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंह ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय महत्व बोकेको काठमाडौँलाई विश्वकै नमुना सहर बनाउनका लागि काँग्रेसलाई जिताउनुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दिनैपिच्छे नेपाली काँग्रेसको पक्षमा जनलहर सिर्जना भएको छ यसलाई मर्न दिन हुँदैन ।”


नेता सिंह काँग्रेसले राजनीतिक रूपमा परीक्षण भइसकेको व्यक्तिलाई उम्मेदवार दिएको बताउँदै महानगरको विकासका लागि प्रमुखका उम्मेदवार राजुराज जोशी योग्य उम्मेदवार भएको दाबी गर्नुहुन्छ । काठमाडौँ महानगर काँग्रेसले ‘फ्लाईओभर’ निर्माण, अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण, सडक बत्ती र ट्राफिक बत्तीको उचित व्यवस्था, सडकमा सिसिटिभीको जडान, प्रदूषण नियन्त्रण, सडक विस्तार, खानेपानी पाइप जडान, विद्युतीय सवारी साधनलाई विशेष प्राथमिकतामा राखेको छ ।


काँग्रेस काठमाडौँ महानगरपालिका प्रमुखका उम्मेदवार जोशी पाँच वर्षभित्र महानगरपालिकाभित्र मेट्रो रेल निर्माण गर्नेदेखि महानगरमा निःशुल्क वाइफाइको व्यवस्था मिलाउने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “ म बोल्नेभन्दा काम गरेर देखाउने मान्छे हो, मैले जितेपछि काठमाडौँ महानगरपालिकाको प्रत्येक जनताको समस्याको समाधानका लागि लाग्नेछु ।”


यस्तै आधुनिक सडक पेटीको निर्माण, सुलभ पार्किङस्थलको व्यवस्था, प्रमुख पर्यटकीय र व्यावसायिक क्षेत्रलाई सवारी साधन निषेधित क्षेत्र तोकी निःशुल्क महानगरीय सवारी साधनको व्यवस्था गर्ने, सडक पेटीमा रुख रोप्ने, काठमाडौँका ३२ वटै वडामा नमुनापार्क निर्माण गर्ने जनाएको छ । काँग्रेस काठमाडौँ महानगरपालिका उपप्रमुखकी उम्मेदवार हरिप्रभा खड्गी (श्रेष्ठ) महानगरभित्र रहेका महिला दिदीबहिनीको हक अधिकारका रक्षाका लागि आफ्नो उम्मेदवारी भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मौलिक परम्परा, घरेलु सिल्पकला, हस्तकला जस्ता घरेलु उद्योगको माध्यामबाट महानगरभित्रका महिला र पुरुषको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्छु ।”

 

काँग्रेसले महानगरभित्रको फोहोरमैला व्यवस्थापन, घुम्ती शौचालयको व्यवस्था, विपद् व्यवस्थापनबारे जनचेतनामूलक कार्यक्रम, विपद्को समयमा अस्थायी वासस्थानको निर्माण, विद्युतीय सूचना प्रविधि केन्द्र, अनवरत रूपमा विद्युत् उपलब्ध गराउने कुरालाई घोषणापत्रमा समेटेको छ । विभिन्न पर्यटकीय स्थानमा महानगरीय पर्यटक सूचना केन्द्र स्थापना गर्ने, सडक मार्ग गल्लीको नाम पहिचान हुनेगरी बोर्ड राख्ने, मोबाइल एप्समार्फत मुख्य, मुख्य पर्यटकीय तथा व्यावसायिक स्थलको जानकारी तथा सूचना प्रदान गर्नेलगायतका विकासका मुद्दालाई काठमाडौँ महानगरपालिका काँग्रेसले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

ठोरीका ३१ प्रतिशत विद्यार्थी १२ कक्षामा उत्तीर्ण, पालिका प्रथम बनिन सुवर्णपुरकी छात्रा चौधरी

वीरगंज। १२ कक्षको शुक्रवार प्रकाशित नतिजा अनुसार पर्साको ठोरी गाउँपालिकामा ३.६४ जिपीए अंक प्राप्त गरेर जानुका चौधरीले प्रथम स्थान हासिल गरेकी छिन ।

सेस्मी इन्टरनेशनल स्कुलका विद्यार्थीहरूद्वारा पैदलयात्रीहरुलाई सर्बत वितरण

वीरगञ्ज । वीरगञ्जको प्रगतिनगर स्थित सेस्मी इन्टरनेशनल स्कुलका विद्यार्थीहरुले शुक्रवार सडकमा हिँडिरहेका पैदलयात्रीहरूलाई चिसो सर्बत वितरण गरेका छन ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.