logo

कांग्रेस एमाले र राप्रपा संघीयता बिरोधी ः नेता यादव

      5/4/2017 गते 00 00 मा प्रकाशित     1291   पटक पढिएको

बीरगज २१ बैशाख 
नेपाल संघिय समाजवादि पार्टीका केन्द्रीय उपाध्यक्ष राजकुमार यादवले अहिले एमाले , कांग्रेस र राप्रपाले संघियता सहज ढंगले स्विकार गर्न नसकेको आरोप लगाएका छन । पर्सा जिल्लाको क्षेत्र न घ को बरवा टोलमा आयोजीत भेलालाई सम्बोधन गर्दै उनले  संघियताले देश टुक्रयाउछ भन्ने अज्ञात डरले उनीहरु ग्रसित रहेको तर्क राखेका थिए । एमाले , कांग्रेस र राप्रपा पंक्तीको झुकाव अहिले प्रदेश भन्दा बढी स्थानिय तहमा बढी केन्द्रीत रहेको भन्दै उनले वर्गहिन समाजको स्थापनामा  सत्ताधारी गठबन्धन अवरोधक बनेको बताए ।  । संबोधन कै क्रममा उनले भने यि राजनितीक दलहरू पुर्ण रूपमा मधेशी जनताको अधिकार र पहिचान संग न जोडिने साबित हुदै गएको प्रष्ट छ । उनले  अहिले यि पार्टीहरू सत्ताको राजनैतिक र विकासको दुरूपयोग र हस्तक्षेप गरि जनताको स्वास्थ्य , योजनाको दुरूपयोग र चन्दा कमिसनको खेलमा लागेर आर्थिक तथा नितीगत भ्रष्टाचारमा लागेर चुनाव खर्च उठाउनेकाममा लागेको बताए । उनले , कार्यकर्ता पाल्ने र गाँउ गाँउमा झगडा लगाउने काम गरेको उनले आरोप लगाए । उनले सामन्तवादी अर्थ र समाजिक राजनैतिक ब्यबस्थामा हुर्के बढेका नेपालका राजनितीक दल जति सुकै प्रजातान्त्रवादी बने पनि लोकतंत्रवादी र प्रगतिशिल दावी गरे पनि यी राजनितीक दलहरूको शासकिए मनोबिज्ञान बाट मधेशका जनताले मुक्ति न पाउने उनको तर्क थियो । सुर्य राम को अध्यक्षता सम्पन कार्यक्रममा दिप नारायण रौनियारले कार्यक्रमलाई संबोधन गर्दै उनले भने जनतालाई दमन गर्ने कोहीलाई न छोडने र इटको जवाफ पत्थरले दिने बताए फैयाज अहमद , महेन्द्र यादव , बालेश्वर चौधरी , अजय यादव , अयोध्या राम ले पनि आ आफ्ना बिचार राखेका थिए । कार्यक्रममा बिभिन्न पार्टी परित्याग नेपाल संघीय समाजवादी पार्टीमा सयौ को संख्यामा प्रवेश गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.