logo

एमालेको डुमरवाना र शुकलैयामा जनभेला सम्पन्न

      5/21/2017 गते 00 00 मा प्रकाशित     1802   पटक पढिएको

सिमरा, ७ जेठ
नेकपा (एमाले) को स्थानीय निर्वाचन अभियान अन्तरगत आइतवार जीतपुरसिमरा उपमहानगर वडा नं. १५ को डुमरवाना चौधरीटोल र शुकलैयामा जनभेला सम्पन्न भएको छ । 
डुमरवाना चौधरीटोलमा आयोजित जनभेलालाई सम्वोधन गर्दै एमालेका केन्द्रीय कृषि तथा भूमिसुधार विभागका सदस्य पलट चौधरीले कृषिमा वैज्ञानिकीकरणमार्फत किसानहरुको जीवनस्तरमा परिवर्तन ल्याउने र समग्र विकासमा सुधार ल्याउन सकिने बताए  । एमालेले किसान र मजदुरहरुको पार्टीको रुपमा काम गरिरहेको बताउदै चौधरीले गांऊको विकासका लागि एमालेले जित्न जरुरी रहेको बताए  । 
कार्यक्रममा बोल्दै एमाले जिल्ला सचिवालय सदस्य एवम् सहकारी अभियन्ता डा. कृष्ण पौडेलले पहिलो चरणको स्थानीय निर्वाचनले एमालेलाई सबैभन्दा ठुलो शक्तिको रुपमा स्थापित गरेको बताउदै दोस्रो चरणको निर्वाचनमा थप सफलता हासिल गर्ने बताए  । एमालेलाई हराउनका लागि सत्ताको चरम दुरुपयोग भएको र ठांउठांउमा हिंसा र बल प्रयोगको घटनाको कारण कांग्रेस र माओवादीले केही सिट जितेको डा. पौडेलले बताए  । राष्ट्रियता, व्यवस्थित जनजिविका र समृद्धिका सन्दर्भमा खेलेको भूमिकाको कारण जनताले एमालेप्रति भरोसा गरेको बताउदै डा. पौडेलले आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने बताए  । 
एमालेका जेष्ठसदस्य महेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न भेलामा एमाले जिल्ला निर्वाचन परिचालन कमिटी सदस्य रुपलाल चौधरी, वडा कमिटी अध्यक्ष एवम् वडा नं. १५ का वडाअध्यक्ष उम्मेदवार राजकुमार अर्याल, वडाका उम्मेदवारहरु नारायणदत्त अधिकारी, थलराज न्यौपाने, बालकुमारी चौधरी, नगर कमिटी सदस्यहरु महादेव चौधरी र प्रल्हाद साहलगायतले मन्तब्य ब्यक्त गरेका थिए । 
भेलाले भगु चौधरीको अध्यक्षतामा २१ सदस्यीय एमाले चुनाव प्रचार समितिसमेत गठन गरेको छ । 
त्यस्तै आजै १५ नं. वडाको शुकलैयामा पनि एमालेको जनभेला सम्पन्न भएको छ । जेष्ठ नागरिक रामबहादुर नेपालीको अध्यक्षतामा सम्पन्न भेलामा प्रदेश कमिटी सदस्य भरत खडका, जिल्ला सचिवालय सदस्य, सहकारी तथा सामाजिक अयिभन्ता डा. कृष्ण पौडेल, जिल्ला सदस्य एवम् वडा सदस्य उम्मेदवार लक्ष्मी नेपाली, वडाअध्यक्ष उम्मेदवार राजकुमार अर्याल, वडा सदस्य उम्मेदवारहरु नारायणदत्त अधिकारी, थलराज न्यौपाने र बालकुमारी चौधरी, नगर कमिटी सदस्य प्रल्हाद साह, वडा कमिटी उपाध्यक्ष केदार सापकोटालगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सीमा ठकुरी र स्वागत नारायण पोखरेलले गर्नुभएको थियो । भेलाले दीपेन्द्र ढकालको नेतृत्वमा २१ सदस्यीय शुकलैया निर्वाचन परिचालन कमिटी गठन गरेको थियो । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.