logo

काठमाडौँ र ललितपुरबाहेक अन्यमा एमालेको उम्मेदवार तय

      5/1/2017 गते 00 00 मा प्रकाशित     1264   पटक पढिएको

काठमाडौँ, १८ वैशाख । नेकपा (एमाले) ले स्थानीय निर्वाचनका लागि काठमाडौँ र ललितपुर महानगरपालिकाबाहेक अन्य महानगरपालिका र उपमहानगरपालिकाका लागि उम्मेदवार टुङ्गो लगाएको छ ।

सो पार्टीको केन्द्रीय कार्यालय, धूम्रबाराहीमा आज सम्पन्न स्थायी कमिटीको बैठकले पोखरा महाहनगरपालिकाको प्रमुखमा मानबहादुर बिसी र उपप्रमुखमा मञ्जु गुरुङ, भरतपुर महानगरपालिकाको प्रमुखमा देवी ज्ञवाली र उपप्रमुखमा दिव्या आचार्य, हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा हरिबोल महतका नामबारे निर्णय भएको एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले राससलाई बताउनुभयो । हैटौँडाको उपप्रमुखबारे निधो हुन बाँकी छ ।


यस्तै काठमाडौँ र ललितपुरमा उम्मेदवार चयनबारे मङ्गलबार बिहान पार्टीको स्थानीय कमिटीसँग परामर्श गरी स्थायी कमिटीले निर्णय गर्नेछ । काठमाडौँको प्रमुखका लागि प्रदेश कमिटीबाट जीवनराम श्रेष्ठ, विद्यासुन्दर शाक्य र सावित्रा भुसालको नाम सिफारिस भएको छ भने पूर्वप्रमुख केशव स्थापित पनि दाबेदार हुनुहुन्छ । उहाँहरु सबैका विषयमा बैठकमा छलफल भएको बुझिएको छ ।


पहिलो चरणमा यही वैशाख ३१ हुने स्थानीय निर्वाचनका लागि मङ्गलबार उम्मेदवारी मनोनयनको कार्यक्रम छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.