logo

काँग्रेस र ‘माओवादी केन्द्र’को संयुक्त उम्मेदवार घोषणा

      5/6/2017 गते 00 00 मा प्रकाशित     1292   पटक पढिएको

चितवन, २३ वैशाख । नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र० चितवनले आज यहाँ संयुक्तरुपमा पत्रकार सम्मेलन गरी केन्द्रिय नेतृत्वबीच भएको सहमति र निर्देशनलाई कार्यान्वयन गर्ने बताएको छ । भरतपुर महानगरपालिकामा दुबै दलले संयुक्तरुपमा उठाइएका प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई सहयोग गर्ने प्रतिवद्धतासमेत गरेका छन् ।


पत्रकार सम्मेलनमा जारी गरिएको संयुक्त वक्तव्यमा भरतपुर महानगरको प्रमुख पदकी उम्मेदवार नेकपा ९माओवादी केन्द्र०की रेणु दाहाललाई नेपाली काँग्रेसले समर्थन गर्ने र उपप्रमुख पदमा नेपाली काँग्रेसकी पार्वती शाहलाई नेकपा ९माओवादी केन्द्र०ले सहयोग गर्ने जनाइएको छ ।


प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई निर्वाचित गर्न दुबै पार्टीका महानगरस्तरीय पार्टी र भातृ सङ्गठनलाई व्यापक रुपमा परिचालन गर्ने वक्तव्यमा जनाइएको छ । दुबै उम्मेदवारको संयुक्त प्रचारप्रसार गर्ने, संयुक्त रुपमा कार्यक्रम गर्ने, वडा र अन्य नगरपालिका एव्म गाउँपालिकामा समन्वय गरी काम अघि बढाउने पनि सो वक्तव्यमा उल्लेख छ ।


सो अवसरमा नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले संयुक्त उम्मेदवारलाई निर्वाचित गराउने बताउँदै वडा तहमा पनि काँग्रेस र माओवादीबीच समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।


वडामा मिलेर निर्वाचनमा जाने वा नजाने विषयमा टुङ्गो लागि नसकेको भन्दै उहाँले पूर्व राजा ज्ञानेन्द्र, एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष कमल थापाबीचको साठगाठ तोड्न काँग्रेस र माओवादीबीच सहकार्य भएको बताउनुभयो ।


पत्रकार सम्मेलनमा माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले जिल्लामा काँग्रेस र माओवादी केन्द्रबाहेक अन्य कुनै पनि दलसँग निर्वाचनको तालमेल नगर्ने बताउँदै वडा नं– २६ मा नेकपा एमालेसँग गरिएको तालमेल भङ्ग भएको बताउनुभयो ।


सो वडामा सबै पदमा काँग्रेसलाई सघाउने पनि उहाँले बताउनुभयो । माओवादी केन्द्रसँग तालमेल गरेर जित्ने ठाउँ काँग्रेसले छाडेको भन्दै रुष्ट कार्यकर्ता क्रमश सम्मालिँदै आएको नेपाली काँग्रेस चितवनले जनाएको छ ।


भरतपुर महानगरमा नेपाली काँग्रेस पहिलो शक्तिका रुपमा स्थापित छ । महानगर बनेको चितवन क्षेत्र–४ बाट नेपाली काँग्रेसका पूर्व सभापति स्व सुशील कोइराला दोब्बर मत ल्याएर निर्वाचित हुनुभएको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.