logo

मानव कल्याणका लागि बौद्धदर्शनको महत्व छ - उद्योगमन्त्री

      5/6/2017 गते 00 00 मा प्रकाशित     1370   पटक पढिएको

काठमाडौँ, २३ वैशाख । महिला बौद्ध समूहले २५६१ औँ बुद्वजयन्तीका उपलक्ष्यमा बुद्धको प्रतिमासहित आज शोभा यात्रा गरेको छ । काठमाडौँको टेकुस्थित बुद्धबारीबाट सुरु भएको सो यात्रा जैशीदेवल, गणेशस्थान, वसन्तपुर, यङ्गाल, लगन हुँदै समारोहस्थलमा आएको थियो ।


सो अवसरमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले बुद्धले प्रतिपादन गरेको बौद्ध दर्शन तथा उपदेश समग्र मानवकल्याणका लागि आवश्यक रहेको बताउनुभयो । उहाँले बौद्ध साहित्यमा महिला सशक्तिकरणका लागि समेत शिक्षा उपलब्ध गराइएको स्मरण गर्दै महिला बौद्ध समूहले विभिन्न समयमा सामाजिक गतिविधि सञ्चालन गर्दै आएकोमा त्यसको सराहना गर्नुभयो ।


नेपाली काँग्रेसका युवा नेता शैलेस शाक्यले नेपालमा जन्मेका बुद्धले विश्वलाई शान्ति र अहिंसाको शिक्षा दिएको बताउँदै स्वदेशमा पनि बौद्ध शिक्षाको महत्वलाई बढाउनपर्नेमा जोड दिनुभयो ।


महिला बौद्ध समूहको विकासमा योगदान पु¥याउने संस्थापक अध्यक्ष श्रीमिला सुवाल, समाजसेवी ज्ञानदेवी शाक्यलगायत १५ जनालाई सो कार्यक्रममा सम्मान गरिएको थियो ।


सो संस्थाले विभिन्न समयमा बौद्ध गतिविधि सञ्चालन गरी बुद्धको शिक्षा तथा उपदेशलाई समाजमा फैलाउने गरेको अध्यक्ष सुवालले जानकारी गराउनुभयो । यही वैशाख २७ गते बुद्धजयन्ती परेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.