logo

पर्यवेक्षककै पनि आयोगले अनुगमन गर्नेछ - आयुक्त शर्मा

      5/8/2017 गते 00 00 मा प्रकाशित     1376   पटक पढिएको

काठमाडौँ, २५ वैशाख । निर्वाचन आयुक्त इला शर्माले स्थानीय तहको आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गराउन सबैको सहयोगको आह्वान गर्नुभएको छ ।
 

आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले राष्ट्रिय तथा जिल्लास्तरमा खटाउने पर्यवेक्षकका लागि यहाँ आज आयोजित प्रशिक्षणमा उहाँले भन्नुभयो – “मतदाताको घरको छेउको सरकार गठनका लागि हुने यो निर्वाचनमा महिला, दलित, अल्पसङ्ख्यकले निर्भयका साथ मतदान गर्न पाउने अवसर दिलाउन पर्यवेक्षकले ध्यान दिनुहुनेछ ।”

 

सम्पूर्ण निर्वाचन प्रक्रियाको पर्यवेक्षण गर्ने पर्यवेक्षकै गतिविधि पनि आयोगबाट अनुगमन हुने जानकारी दिँदै आयुक्त शर्माले आयोगका काममा असर पर्ने गरी पहाडी र दुर्गम स्थानमा समेत समानरूपमा पर्यवेक्षक परिचालन गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो–“निर्वाचनअघि, मतदानको अवधि र मतदानपछि हुने गतिविधिलाई पनि पर्यवेक्षकले ध्यान पु¥याउनुहुनेछ ।”

 

आयोगले निर्वाचन पर्यवेक्षण गर्न राष्ट्रिय पर्यवेक्षण गर्न ४९ संस्थालाई अनुमति प्रदान गरेको छ । आयोगले ३४ वटै जिल्लामा सहसचिव र सूक्ष्म अनुगमनकर्तालाई पनि सबै जिल्लामा परिचालन गरेको छ । नेपालकै इतिहासमा यो पहिलो समावेशी चरित्र बोकेको निर्वाचन हो ।


आयोगले मतदानका लागि ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक, सुत्केरी महिला, अशक्त मतदाताका लागि विशेष व्यवस्था गरेको जानकारी दिँदै उहाँले भन्नुभयो – “सबै मतदाताले भयरहित वातावरणमा मतदान गर्न पाउनु नैसर्गिक अधिकार हो । स्वतन्त्र, निष्पक्ष निर्वाचनले जनतामा उच्च सम्मान बढाउने हुँदा त्यस कार्यमा राष्ट्रिय पर्यवेक्षकबाट महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा आयोगले लिएको छ ।”

 

आयोगले यसपटकको निर्वाचनमा अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई आमन्त्रण नगरिए पनि नेपालस्थित कूटनीतिक नियोग तथा विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिले काठमाडौँ उपत्यकाभित्र अध्ययन चाहेमा आवश्यक व्यवस्था मिलाएको जनाएको छ । नेपालको इतिहासमै पहिलोपटक स्थानीय सरकारको अधिकार प्रयोग गर्नका लागि यो निर्वाचन हुँदैछ ।

सो अवसरमा पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले निर्वाचनको आधारमा लोकतन्त्रको मापन गरिने हँुदा निर्वाचनलाई स्वतन्त्र, स्वच्छ र भयरहित तुल्याउन सबैले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो ।
 

आयोगका सहसचिव नवराज ढकालले आगामी स्थानीय तहको निर्वाचनको समग्र तयारी र आचारसंहिता, पर्यवेक्षकको भूमिकाबारे प्रकाश पार्नुभयो । आयोजक संस्था नियोकका अध्यक्ष हिमालयशम्शेर राणाले र सदस्य कृष्णमान प्रधानले स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि तटस्थ भएर पर्यवेक्षकको भूमिका निर्वाह गर्न सुझाव दिनुभयो । नियोगले राष्ट्रिय पर्यवेक्षकका रूपमा करिब ८० जनालाई परिचालन गर्ने जनाएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

वडाध्यक्ष मुखियाको घोषणा अनुसार उत्कृष्ट विद्यार्थीलाई ल्यापटप वितरण

वीरगंज। विगत वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पटेर्वा सगौली गाउँपालिका वडा नं.  ५ ले निचुटाले ल्यापटप पुरस्कार वितरण गरेको छ।

वीरगंजमा पचास प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु, भोलि पनि जारी रहने

वीरगंज । वीरगंज महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ। शाखाका अनुसार हिजोदेखि प्रारम्भ गरिएको वितरण कार्यक्रम भोलि पनि निरन्तर रहनेछ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.