logo

वीरगन्जको बहुअरीमा माओवादी केन्द्रको भेला

      4/24/2017 गते 00 00 मा प्रकाशित     1179   पटक पढिएको


वीरगन्ज, ११ बैशाख ।
वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १४ मा आज नेकपा माओवादी केन्द्रको वडा भेला सम्पन्न भएको छ । साविकको वडा नम्बर  १७ बहुअरीमा भएको भेलाले स्थानीय तहको निर्वाचनमा जनपरिचालन गर्न विभिन्न टोलमा जिम्मेवारी दिने निर्णण गरेको छ । वडा नम्बर १४ का संयोजक डा.हसिबु रहमान अन्सारीको अध्यक्षतामा बसेको भेलाले वडा नम्बर १४ मा पर्ने चार वटा टोलमा जनपरिचालन अभियान चलाउने निर्णय गरेको छ । भेलाको निर्णय अनुसार बहुअरी जोलार टोलमा डा.हसिबु रहमान अन्सारी र सम्सेद अख्तर, वीरगन्ज आवासक्षेत्र र नयाँवस्तीमा कमल बहादुर पिठाकोटे मगर, सानो पिपरामा श्रीलाल यादवले जनपरिचालन अभियानको नेतृत्व गर्ने जनाएको छ । भेलामा नेकपा माओवादी केन्द्रका रहबर अन्सारी, आदित्य पौडेल, वाईसिएलका केन्द्रीय सदस्य विमल पौडेल र विश्वराज पटेल लगायत वडाका माओवादी नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।   
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.