logo

मोर्चाद्वारा जिल्ला निर्वाचन कार्यालय घेराउ

      4/16/2017 गते 00 00 मा प्रकाशित     1396   पटक पढिएको

बीरगंज ३ बैशाख
संयुक्त लोकतानिन्त्रक मधेशी मोर्चाले पूर्वघोषीत कार्यक्रम अनुसार जिल्ला निर्वाचन कार्यालय पार्समा घेराउ गरेको छ । सरकारले सम्बिधान सभामा पहिला पेश गरेको सशोधन प्रस्ताव फिर्ता लिएर मिाकंन बाहेकको दोश्रो संशोधन प्रस्ताव दर्ता गरेपछि मोर्चाले आन्दोलनको घोषणा गरेको हो । 
    जिल्ला निर्वाचन कार्यालय पर्सामा मोर्चाले बिहान १० बजेदेखी १२ बजे सम्म घेराउ गरेका हुन । उनीहरुले पहिला संशोधन अनि निर्वाचन मधेशी एकता जिन्दावाद जस्ता नारावाजी गरेका थिए । 
घेराउ कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य करिमा बेगम तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य शशी कपुर मिया, पर्साका अध्यक्ष प्रदीप यादव सदभावनाका अध्यक्ष इमदाद गदी रष्ट्रीय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष प्रेम बाबु पटेल  युवा नेता फिरोज मन्सुर ओमप्रकाश सर्राफ ईश्वर यादव  महिला नेतृ रेखा घिमिरे रेखा साह लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 
    यसै गरि मोर्चाले बारा जिल्लाको कलैयामा रहेको जिल्ला निर्वाचन कार्यालयमा पनि आज घेराउ गरेको छ । तमलोपाका महासचिव जितेन्द्र सोनल लगायतका नेताहरुको नेतृत्वमा घेराउ गरिएको हो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.