logo

वीरगञ्जमा तिलगंगा रेफ्रेक्टिभ सर्जरी स्क्रिनिङ कार्यक्रम सम्पन्न

 इसीमाना सम्बाददाता     २०८२ कार्तिक १६ गते ०१: ५८ मा प्रकाशित     485   पटक पढिएको

वीरगञ्ज । वीरगञ्ज सामुदायिक आँखा केन्द्रको सहयोगमा  तिलगंगा  आँखा प्रतिष्ठान काठमाण्डौले “बिना चश्माले पनि दृष्टि सम्भव” भन्ने नाराका साथ शनिबार एक विशेष रेफ्रेक्टिभ सर्जरी स्क्रिनिङ कार्यक्रम सम्पन्न गरेको छ।तिलगंगा आँखा प्रतिष्ठान द्वारा  शुरु गरिएको यो कार्यक्रम वीरगंजमा प्रत्येक  महिना हुनेछ  । 

 

यो कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान का रेफ्रेक्टिभ, कर्निया तथा क्याटर्याक्ट सर्जन डा. सागर रुइत र डा. पुरुषोत्तम ढुंगाना को नेतृत्वमा सम्पन्न गरिएको थियो।

 

कार्यक्रम अन्तर्गत ७२ जना बिरामीहरुको आँखा परीक्षण गरिएको थियो । तीमध्ये ६ जनामा दृष्टिदोष (अपवर्तन त्रुटि) पाइएको र प्रारम्भिक परीक्षणको नतिजा अनुसार उनीहरुमा रेफ्रेक्टिभ सर्जरीका लागि सकारात्मक सिफारिस प्राप्त भएको जानकारी दिइएको छ।

 

आगामी उपचारका लागि ती ६ जना बिरामीलाई थप मूल्याङ्कनका लागि काठमाडौंस्थित तिलगंगा आँखा प्रतिष्ठानमा सर्जरीका लागि सिफारिस गरिएको  मेडिकल कोअर्डिनेटर महेश सिंह धामीले  जानकारी दिएका छन्।

 

यो कार्यक्रमले स्थानीय समुदायमा आधुनिक आँखा उपचार सेवाको पहुँच विस्तार गर्नेछ — साथै दृष्टि सुधारका नयाँ अवसरहरू प्रदान गर्ने अपेक्षा गरिएको छ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्सा प्रहरीमा वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर, चोरी निकासी  लागूऔषध ओसारपसार रोक्न निर्देशन

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०८३-०८४ का लागि मातहतका प्रहरी कार्यालय प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर गरेको छ।

सुरक्षित दशैँका लागि पर्सा प्रहरीको अपिल, जुवातास र पटाकाबाट टाढा रहन आग्रह

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले नेपालीहरूको महान् पर्व बडादशैँलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा मनाउन सर्वसाधारणसँग अपिल गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.