logo

मासु माछा तथा मासुजन्य  पर्दाथको ब्यवसाय गर्नेहरुलाई दर्ता र नविकरणकालागि महानगरको अपिल

 इसीमाना सम्वाददाता     २०८३ जेठ १२ गते ०३: ३३ मा प्रकाशित     627   पटक पढिएको

वीरगंज ।  वीरगंज महानगरपालिकाले  मासु माछा तथा मासुजन्य  पर्दाथको उत्पादन भण्डारण ढुवानी तथा बिक्री बितरण गर्ने ब्यवसायीलाई ब्यवसाय दर्ता र दर्ता भएकोलाई नविकरण गर्न अपिल गरेको छ । 

 


पर्साको प्रमुख जिल्ला अधिकारी भोला दहालको अध्यक्षतामा बसेको पशुसेवा शाखाहरु र सरोकारवाला निकायको बैठकले यस्तो निर्णय गरेको हो ।

 

  मासु माछा तथा मासुजन्य  पर्दाथको उत्पादन भण्डारण ढुवानी तथा बिक्री बितरणलाई गुणात्मक तथा उपभाोक्ता मैत्री बनाउनकालागि  दर्ता नविकरण र अनुगमन तथा नियमनलाई प्रभावकारी बनाउने निर्णय भएको हो ।

 


वीरगंज महानगर भित्रका ब्यवसायीलाई ब्यवसाय दर्ता  तथा नविकरण अनिवार्य रुपमा  लागू गरिने महानगर एक सूचना प्काशन गरि जनाएको छ ।

 

महानगरले असार १२ गते भित्रमा  अनिवार्य रुपमा ब्यवसाय दर्ता गराउन , दर्ता भएकाको नविकरण  गर्न अनुरोध गरेको छ । अन्यथा प्रचलीत कानून बमोजीम कारवाही  गरिने चेतावनी दिएको छ । 

 


महानगरका पशु चिकित्कस डा.सुदीप कुमार कर्णले जारी गरेको सूचनामा ब्यवसाय संचालन गर्दा  उचित भण्डारण ब्यवस्थित बधस्थलको प्रयोग तथा उपभोक्ता स्वास्थ्य सुरक्षा समबन्धी मापदण्डहरुको अनिवार्य पालना गर्न ब्यवसायीहरुलाई अनुरोध गरिएको छ । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु



सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.