logo

दुई ठुला होटेलको भान्सा अनुगमन, खाद्य स्वच्छताप्रति गम्भीर लापरवाही गरिएको आरोप

 इसीमाना सम्वाददाता     २०८३ जेठ १३ गते ०४: २० मा प्रकाशित     755   पटक पढिएको

 वीरगञ्ज । सोल्टी ग्रुप अफ होटलले सञ्चालन गरेको होटल क्लार्क तथा होटल भिस्वाको भान्सामा खाद्य स्वच्छता मापदण्डको न्यूनतम पालना नभएको अनुगनको क्रममा पाइएको छ । 

 

वीरगञ्जका ठूला तथा महँगा होटलहरूको भान्सामा समेत खाद्य स्वच्छता मापदण्ड पालना नभएको पाइएपछि होटेलहरु  आलोचना हुन थालेको छ । 

 

 उपभोक्ताबाट चर्को शुल्क असुल्ने होटलहरूको भान्सामै सरसफाइ, खाद्य भण्डारण तथा स्वस्थकर भोजन व्यवस्थापनमा गम्भीर कमजोरी भेटिएपछि उपभोक्ताको स्वास्थ्य सुरक्षामाथि प्रश्न उठेको छ।


मंगलवार गरिएको संयुक्त अनुगमनका क्रममा  होटलहरूमा प्रयोग हुने खाद्य सामग्रीको भण्डारण अव्यवस्थित, पकाउने स्थान अस्वच्छ, कर्मचारीको व्यक्तिगत सरसफाइ कमजोर तथा भान्साको समग्र वातावरण स्वास्थ्य मापदण्ड विपरीत रहेको भेटिएको थियो।

 

महँगो शुल्क तिरेर खाना खाने उपभोक्तालाई स्वच्छ र गुणस्तरीय सेवा दिनुपर्ने दायित्वबाट होटल व्यवसायी पन्छिन खोजेको आरोपसमेत लगाइएको छ।

 

अब खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जले ती होटललाई कस्तो खाद्य स्वच्छता स्तरको लोगो (स्टिकर) प्रदान गर्छ भन्ने विषय चासोका रूपमा हेरिएको छ। 


स्थानीय उपभोक्ताहरूले नियमनकारी निकायमाथि निष्पक्ष र कडा कारवाही गर्न दबाब बढाउनुपर्ने बताएका छन्। 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.