logo

बहुदरमाई नगरपालिकामा स्वास्थ्य कार्यालयको क्रस–चेक अनुगमन, अधिकांश बालबालिकाले पाए समयमै खोप

 इसीमाना सम्वाददाता     २०८३ जेठ २७ गते ०३: ३६ मा प्रकाशित     495   पटक पढिएको

वीरगंज । स्वास्थ्य कार्यालय पर्साले वालवालिकाले समयमै खोप पाए नपाएको बिषयमा अनुगमन शुरु गरेको  छ ।

 

 वालवालिकालाई बिभिन्न सरुवा रोगबाट  सुरक्षीत राख्नकालागि संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित खोप कार्यक्रमको बारेमा  बहुदरमाई नगरपालिकामा अनुगमन गरिएको हो । 


 स्वास्थ्य कार्यालय पर्साको टोलीले पर्सा जिल्लाका १५ महिनासम्मका सबै बालबालिकाले  समयमै खोप लिए नलिएको बिषयमा अनुगमन गर्ने क्रममा  बहुदरमाई नगरपालिकाका विभिन्न टोल तथा बस्तीमा पुगेर खोपको अवस्थाबारे स्थलगत अनुगमन गरेको हो।


अनुगमनका क्रममा अधिकांश बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार समयमै खोप प्राप्त गरेको पाइएको स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले जानकारी दिए।

 

 उनका अनुसार बहुदरमाई नगरपालिकाले खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरेको देखिएको छ भने अभिभावकहरू पनि बालबालिकाको स्वास्थ्यप्रति सचेत रहेको पाइएको छ।


टोलीले बहुदरमाई नगरपालिकाअन्तर्गत रहेको रामनगरी स्वास्थ्य चौकी तथा अन्य खोप केन्द्रहरूको समेत निरीक्षण गरेको थियो। अनुगमनका क्रममा स्वास्थ्यकर्मीहरूले अभिभावकसँग भेटघाट गरी खोपको महत्व, छुटेका बालबालिकालाई खोप केन्द्रसम्म ल्याउने व्यवस्था तथा आगामी दिनमा पनि नियमित रूपमा खोप लगाउनुपर्ने विषयमा जानकारी दिएका थिए।

 


पर्सा जिल्ला खोप समितिका संयोजक तथा जिल्ला समन्वय समितिका अध्यक्ष अजय कुमार सोनारले नियमित खोप कार्यक्रम बालबालिकाको स्वास्थ्य सुरक्षाको आधारस्तम्भ भएको उल्लेख गर्दै प्रत्येक बालबालिकाले तोकिएको समयमै सम्पूर्ण खोप प्राप्त गर्नुपर्ने बताए।

 

उनले खोप अभियानलाई सफल बनाउन स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीचको सहकार्य अझ सुदृढ बनाइने बताए।

 

अनुगमन टोलीमा जिल्ला समन्वय समितिका अध्यक्ष अजय कुमार सोनार, स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुर, नेपाल पत्रकार महासंघका कार्यसमिति सदस्य राहुल गुप्ता, स्वास्थ्य कार्यालयका कर्मचारी शबनम कार्की, शर्मिला न्यौपाने, खुश्बु यादव लगायतको सहभागिता रहेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु



सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.