logo

वीरगञ्जमा नेपाल संवत् ११४७ को स्वागत, न्हूदँया भिन्तुना र म्हः पूजा उत्साहपूर्वक मनाइयो

 इसीमाना सम्वाददाता     २०८३ कार्तिक २४ गते ०४: ११ मा प्रकाशित     41   पटक पढिएको

वीरगञ्ज । नेपाल संवत् ११४७ को नयाँ वर्षको अवसरमा वीरगञ्जमा न्हूदँया भिन्तुना तथा म्हः पूजा हर्षोल्लास र उत्साहका साथ मनाइएको छ।

 

 नेवाः देय् दबू पर्साको आयोजनामा मंगलबार विभिन्न सांस्कृतिक गतिविधिसहित नयाँ वर्षको स्वागत गरिएको हो।

May be an image of one or more people, violin and text

वीरगञ्जस्थित राष्ट्रिय विभूति शंखधर साख्वा पार्कबाट सुरु भएको शुभकामना र्‍यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो। र्‍यालीमा नेवार समुदायका अगुवा, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो।

 

‘भाषा, संस्कृति र पुर्खाको गौरव, नेपाल संवत् राष्ट्रिय गौरव’ भन्ने नारासहित आयोजित कार्यक्रममा राष्ट्रिय विभूति शंखधर साख्वाको योगदानको स्मरण गर्दै उहाँको प्रतिमामा माल्यार्पण तथा दीप प्रज्वलनसमेत गरिएको थियो।

 

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, पूर्वमन्त्री प्रदीप यादव, वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष जगत साह कानु, नेपाल पत्रकार महासंघ पर्साका पूर्वउपाध्यक्ष युवराज खड्कालगायत विभिन्न राजनीतिक दलका नेता, सामाजिक अगुवा तथा युवा समाजसेवी सुधीर पटेलको सहभागिता रहेको थियो।

May be an image of one or more people, flute and text

कार्यक्रममा सहभागी वक्ताहरूले नेपाल संवत् कुनै एक समुदायको मात्र नभई सम्पूर्ण नेपालीको मौलिक पहिचान र ऐतिहासिक गौरव भएको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धनमा सबैको साझा दायित्व रहेको बताएका थिए।

 

उनीहरूले मौलिक भाषा, कला, संस्कृति, भेषभूषा तथा परम्पराको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका थिए। नेपाल संवत् र म्हः पूजाले आत्मसम्मान, आपसी सद्भाव, सामाजिक एकता र सांस्कृतिक पहिचानलाई थप बलियो बनाउने विश्वाससमेत व्यक्त गरिएको थियो।

 

नेवाः देय् दबू पर्साका अध्यक्ष सुन्दर लाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, बुद्धिजीवी, समाजसेवी, महिला, युवा तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

 

नेपाल संवत् ११४७ को अवसरमा देशभर विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना भइरहेका छन्।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम (MJF) द्वारा विपन्न परिवारलाई साडी, खाद्यान्न तथा छठ पूजा सामग्री वितरण

वीरगञ्ज । छठ पर्वको पावन अवसरमा लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम (MJF) ले सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै ९० विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारलाई साडी, खाद्यान्न एवं छठ पूजाका आवश्यक सामग्री वितरण गरेको छ।

ठोरी–४ विजयबस्तीमा प्रहरी भवन र स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन

वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका–४ विजयबस्तीमा नेपाल प्रहरीको नवनिर्मित भवन र निर्मल बस्ती स्वास्थ्य चौकीको नयाँ भवन एकै दिन उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.