logo

५३ करोडभन्दा बढी जरिवाना र २ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी श्रीवास्तव पक्राउ

 इसीमाना सम्बाददाता     २०८३ मंसिर २ गते ०८: ५८ मा प्रकाशित     71   पटक पढिएको

वीरगन्ज। नक्कली मूल्य अभिवृद्धि कर (मू.अ.कर) विजक जारी गरी कारोबार गरेको मुद्दामा ५३ करोडभन्दा बढी जरिवाना र २ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन्।

 

नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय, पर्साको सहयोगमा उनलाई पक्राउ गरेको हो।

 

पक्राउ पर्नेमा साविक रौतहट जिल्ला, जयनगर गा.वि.स. वडा नं. ४ हाल गरुडा नगरपालिका वडा नं. १० बस्ने वर्ष ३३ का गुलसन श्रीवास्तव रहेका छन्। उनी रामचन्द्र श्रीवास्तवका नाति र किशोरीलाल श्रीवास्तवका छोरा हुन्।

 

राजस्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुरका निर्देशकरअनुसन्धान अधिकृत प्रेम प्रसाद आचार्य समेतको प्रतिवेदन जाहेरीले वादी नेपाल सरकार प्रतिवादी संग्रिला ट्रेड एण्ड सप्लायर्स, प्रिन्स इन्टरनेशनल, मयंक इन्टरप्राइजेज, शुभ लक्ष्मी इन्टरनेशनल र न्यू महादेव इन्टरनेशनल कम्पनीहरूबाट झुठा तथा नक्कली मू.अ.कर विजक जारी गरी कारोबार गरेको मुद्दा (०७८-एफजे-००५६० मा सम्मानित उच्च अदालत पाटनले मिति २०८१/०१/२४ गते फैसला गरेको थियो।

 

फैसलामा प्रतिवादी श्रीवास्तवलाई  ५३ करोड ८१ लाख ८३ हजार ८ जरिवाना र २  वर्ष कैद सजाय ठहर भएको थियो।

 

सजाय बेरुजु भई फरार रहेका उनलाई सीआईबीको टोलीले मिति २०८३/०८/०२ गते जिल्ला पर्सा, वीरगन्ज महानगरपालिका वडा नं. १६, नगवाबाट पक्राउ गरेको हो।

 

पक्राउ परेका श्रीवास्तवलाई फैसला कार्यान्वयनका लागि सम्मानित काठमाडौं जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराइएको सीआईबीले जनाएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम (MJF) द्वारा विपन्न परिवारलाई साडी, खाद्यान्न तथा छठ पूजा सामग्री वितरण

वीरगञ्ज । छठ पर्वको पावन अवसरमा लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम (MJF) ले सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै ९० विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारलाई साडी, खाद्यान्न एवं छठ पूजाका आवश्यक सामग्री वितरण गरेको छ।

ठोरी–४ विजयबस्तीमा प्रहरी भवन र स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन

वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका–४ विजयबस्तीमा नेपाल प्रहरीको नवनिर्मित भवन र निर्मल बस्ती स्वास्थ्य चौकीको नयाँ भवन एकै दिन उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.