पक्राउ पर्नेमा धोबनी गाउँपालिका–५ का चन्दन कुमार, राजकपुर बैठा र रामु पासवान रहेका छन्।
उनीहरूमाथि स्थानीय श्रीनिवास साह तुरहाको घरमा चोरी गर्ने क्रममा लखरजिया देवीको हत्या गरेको आरोप छ।
प्रहरीका अनुसार गत असोज ५ गते राति तीनै जना घरको ताल्चा फुटाएर चोरी गरिरहेका थिए।
प्रहरीले पक्राउ परेका तीनै जनाको साथबाट चोरी भएको नगद तथा गरगहना समेत बरामद गरेको जनाएको छ।
तपाईको प्रतिक्रिया