logo

पूर्वमन्त्री  यादव जनताको बीचमा रहेर नेतृत्व विकास गर्ने उद्देश्यसहित ‘चिया चर्चा’मा

 इसीमाना सम्बाददाता     २०८३ असोज ३ गते ०४: ३० मा प्रकाशित     80   पटक पढिएको

वीरगञ्ज । जनताको बीचमा रहेर उनीहरूको समस्या, अपेक्षा र आवाजलाई नजिकबाट बुझ्ने तथा स्थानीयस्तरमा सक्रिय नेतृत्व विकास गर्ने उद्देश्यले वीरगञ्जमा ‘चिया चर्चा’ कार्यक्रम शुरु भएको छ।

 

नेकपा एमालेका नेता तथा नेपाल सरकारका पूर्वमन्त्री प्रदीप यादवले शुरु गरेको नागरिक संगको अनौपचारिक चिया सम्वादले राजनीतिक बृतमा तिब्र गति समेत पैदा गरेको छ ।

 

पूर्व मन्त्रीयादवले शनिवार वीरगञ्ज महानगरपालिका–८ स्थित माईस्थान चोक तथा वडा नम्बर २१ का स्थानीय अगुवा, नेता तथा कार्यकर्तासँग  भेटघाट समसामयिक विषय, स्थानीय आवश्यकता र जनचासोका विषयमा अर्थपूर्ण छलफल गरेको जनाएका छन।

May be an image of one or more people, temple and text

कार्यक्रममा राजकिशोर गुप्ता, वीरगञ्ज–२१ का वडा अध्यक्ष राधाकृष्ण रौनियारलगायत स्थानीय अगुवा तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

 

‘चिया चर्चा’को उद्देश्य औपचारिक कार्यक्रमभन्दा बाहिर रहेर स्थानीय नागरिक तथा कार्यकर्ताबीच प्रत्यक्ष संवादको वातावरण निर्माण गर्नु रहेको बताइएको छ।

 

जनताको बीचमा रहेर काम गर्ने व्यक्ति नै जनताको वास्तविक प्रतिनिधि बन्न सक्ने भएकाले स्थानीयस्तरका समस्या र जनअपेक्षालाई प्रत्यक्ष रूपमा बुझ्ने अभ्यासलाई प्राथमिकता दिइएको सहभागीहरूले बताएका छन्।

 

त्यस्तै, आफ्ना कार्यकर्तालाई संगठित रूपमा परिचालन गर्ने, स्थानीय तहमा सक्रिय भूमिका निर्वाह गर्न उत्प्रेरित गर्ने तथा आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्ने चाहना राख्ने व्यक्तिहरूलाई समेत प्रोत्साहित गर्ने उद्देश्यले यस्ता छलफललाई अघि बढाइएको नेता यादवको भनाई छ।

 

छलफलमा स्थानीय आवश्यकता र सरोकारका विषयमा निरन्तर संवाद, सहकार्य र समन्वय गर्दै अघि बढ्ने विषयमा समेत विचार–विमर्श भएको थियो।

May be an image of one or more people and text

‘चिया चर्चा’ले स्थानीयस्तरमा नेता, कार्यकर्ता र नागरिकबीच प्रत्यक्ष संवाद बढाउने, जनताको गुनासो र सुझावलाई नेतृत्वसम्म पुर्‍याउने तथा स्थानीय विषयमा सामूहिक रूपमा धारणा निर्माण गर्ने वातावरण बनाउन सकारात्मक भूमिका खेल्ने आफूले अपेक्षा लिएको एमाले नेता पूर्वमन्त्री प्रदीप यादवले बताए ।


जनताको बीचमा रहेर जनताको आवाज सुन्ने र त्यसलाई व्यवहारमा जोड्ने संवाद नै प्रभावकारी प्रतिनिधित्वको आधार बन्न सक्ने सहभागीहरूको धारणा थियो। चिया चर्चामा असलम देवान, राजकिशोर गुप्ता सहितका नेता तथा अगुवाहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.