logo

‘१० वर्षमा स्वीमिङ पुलको विकास गर्नु सक्नु भएन’ महानगरको ३२ वडाको विकास कसरी गर्नुहुन्छ ?’

सम्झौता पत्रमा अनिवार्य रुपमा दुबै पोखरी सञ्चालन गर्नुपर्ने उल्लेख भएपनि झन्डै ५ वर्षदेखि ठूलो पोखरी सञ्चालनमा आउन सकेको छैन् ।

 इसीमाना सम्वाददता     २०७९ बैशाख २५ गते ०९: ४१ मा प्रकाशित     609   पटक पढिएको

 ‘म राजेशमान जीलाई प्रश्न गर्न चाहन्छु । १० वर्ष स्वीमिङ पुलको ठेक्का लिनु भयो । त्यस्को विकास गर्न सक्नु भएन् । महानगरको ३२ वटा वडाको विकास कसरी गर्नुहुन्छ ?’ यो प्रश्न हो वीरगन्ज ३ प्रगतीनगर निवासी २५ वर्षीय युवक तफा अन्सारीको ।

 

गत वैशाख १६ मा नेपालका चर्चित पत्रकार ऋषि धमालाले वीरगन्जको कुमु प्यालेस होटलमा आयोजना गरेको ‘जनता जान्न चाहन्छ’ कार्यक्रममा अन्सारीले कांग्रेस–जसपा गठबन्धनका मेयर उम्मेदवार राजेशमान सिंहलाई वीरगन्जको स्वीमिङ पुल तथा हेल्थ क्लब परिसरको जीर्ण अवस्था बारे प्रश्न तेस्र्याएपछि अधिकांशले ताली पड्काएका थिए ।

 

मेयरका प्रत्याशी राजेशमान सिंहलाई भने अप्रत्याशीत प्रश्नले निल्नु न ओकल्नु बनाएको थियो । उक्त कुरा उनको अनुहारमा प्रष्ट देखिन्थ्यो ।  तत्कालिन वीरगन्ज उपमहानगरपालिकाले झन्डै ४ करोड रुपैयॉको लागतमा निर्माण गरेको स्वीमिङ पुल तथा हेल्थ क्लब परिसर अहिले सार्वजनिक निजी साझेदारी सम्झौता अन्तर्गत रुपेश ठेक्का पट्टाले सञ्चालन एवं व्यवस्थापनको जिम्मा पाएको छ ।

शुरेश ठेक्का पट्टाका सञ्चालक शुरेश मान सिंह हुन् । शुरेश, राजेश मान सिंहका भतिजा हुन् । उनले विगत ६ वर्षदेखि स्वीमिङ पुल तथा हेल्थ क्लब परिसर सञ्चालनको जिम्मा लिएका छन् ।

 

          आर्थिक वर्ष २०७३/०७४ मा सिंहले पहिलो पटक ५ वर्षका लागि स्वीमिङ पुलको ठेक्का पाएका थिए । दोस्रो पटक उनले २०७८ साउन १७ मा अर्को ५ वर्षका लागि ठेक्का पाइसकेका छन् । 

 

५ दलीय गठबन्धनबाट मेयरका प्रत्याशी राजेशमान सिंहको निजी सचिवालय कै रुपमा स्वीमिङ पुल रहेको छ । रुपेश भन्दा अगाडि जय प्रकाश कोइरीले स्वीमिङ पुलको ठेक्का लिएका थिए । कोइरी पनि राजेशमान निकट भएर नै होला उनको ठेक्का अवधिमा पनि राजेशमानको राजनीतिक गतिविधिको अखडा स्वीमिङ पुल नै थियो ।

 

स्वीमिङ पुल नजिकैको प्रगतिनगर ऐरियामा बसोवास गर्दै आएका तफा अन्सारीले नजिकबाट राजेशमानका राजनीतिक गतिविधि नियाल्दै आएका थिए । तफा केही वर्ष राजेशमानसंग नजिक भएर उनको लागि काम समेत गरेका युवा हुन ।

 

वीरगन्जको विकास र समृद्धिका लागि मेयरमा उम्मेदवार दिएको अभिव्यक्ति राजेशमानले दिएपछि तफाले १० वर्षमा स्वीमिङ पुल त जीर्ण र अव्यवस्थित बनाइदिनु भयो, महानगरपालिकाको ३२ वटा वडा कसरी विकास गर्नुहुन्छ भनेर प्रश्न गरेका थिए । 

        तफाको प्रश्नको जवाफ दिदै राजेशमानले भने, ‘अध्ययन गर्नुस् कस्को नाममा छ । गलत गरेको छ भने कारवाही हुन्छ, कसैको लहलहीमा लाग्नु वीरगन्जका युवाका लागि शोभनीय होइन् ।’ यति कुरा भन्ने बित्तिकै हलमा उपस्थित युवाहरुले तपाई (राजेशमान सिंह) कै आफन्त र निकटका व्यक्तिहरुले ठेक्का लिएर अन्तराष्ट्रिय स्तरको स्वीमिङ पुललाई कुरुप बनाएको भन्दै हुटिङ गर्न थाले ।

 

त्यसपछि राजेशमान सिंह निकट युवाहरुले कुर्सीबाट उठेर राजेशमान जिन्दाबाद भन्दै मञ्च तर्फ बढेका थिए । कार्यक्रम सञ्चालक धमलाले युवाहरुलाई आग्रह गरेपछि केही समयको अन्तरालमा कार्यक्रम फेरि सुचारु भएको थियो ।

 

तफाले साधेको प्रश्नको भिडियो सचेत वीरगन्जेली युवाबीच केही दिन भाइरल नै बन्यो । स्वीमिङ पुलको अवस्था अवलोकनका लागि हाम्रो टिम आइतबार त्यहा पुगेको थियो । त्यहा भित्र रहेका दुईवटा स्वीमिङ पुल मध्ये १२ फुटको ठूलो स्वीमिङ पुल सुख्खा थियो, त्यसमा लामो समयदेखि पानी राखिएको छैन् ।  विगत ५ वर्षदेखि ठूलो स्वीमिङ पुल सञ्चालनमा आएको रहिनछ ।

साढे ५ फिटको सानो स्वीमिङ पुलमा २ दर्जनभन्दा बढी युवाहरु गर्मी छल्न पानीमा नुहाइरहेका थिए । सार्वजनिक निजी साझेदारी अन्तर्गत भएको ठेक्का सम्झौतामा दोस्रो पक्षले परिसर भित्र/बाहिरको दैनिक सरसफाई एवं स्विमिङपुलको पानीको शुद्धता राष्ट्रिय मापदण्ड अनुसारको हुनु पर्नेछ ।

 

प्रत्येक वर्ष मंसिर, पुस र माघ महिना बाहेकका महिनाहरुमा अनिवार्य रुपमा दुबै पोखरीहरु सञ्चालनमा ल्याउनु पर्नेछ । सम्झौता पत्रमा अनिवार्य रुपमा दुबै पोखरी सञ्चालन गर्नुपर्ने उल्लेख भएपनि झन्डै ५ वर्षदेखि ठूलो पोखरी सञ्चालनमा आउन सकेको छैन् ।

 

परिसरलाई सौन्दर्य एवं आकर्षक बनाउन परिसर स्थल भित्र र बाहिर रहेका पर्खालहरु रंगरोगन गर्ने र टुटफुट भएको भौतिक संरचनाहरुको मर्मत संभार गर्ने कार्य वर्षमा कम्तिमा एक पटक दोस्रो पक्ष (शुरेश ठेक्का पट्टा) ले गर्नु पर्नेछ भनि उल्लेख गरिएको छ । तर, परिसर र पर्खाल हेर्दा विगत लामो समयदेखि रंगरोगन नभएको जोकोहीले देख्न सक्छ । प्याराफिट माथि बनाइएको निलो क्लरको सेड टुटफुट भएर झरिसकेको छ ।

 

प्याराफिट समेत धेरै ठाउमा उप्किएको छ । सेड ह्वाङ छ अहिले । स्वीमिङ परिसरस‘गै त्यहा हेल्थ क्लब समेत छ । युवा र बयस्क उमेर समूहका लागि शारीरिक व्यायाम गर्न निम्ति त्यहा विभिन्न उपकरण हरु जडान गरिएको थिए । महिलाहरुले त्यहा जुम्बा लगायतका शारिरिक अभ्यास गर्दै आएका थिए । उपकरणहरु अवलोकन गर्न भित्र जान खोज्दा मूख्य गेटमा ताल्चा लगाइएको थियो । झन्डै ३ वर्षदेखि हेल्थ क्लब परिसर ठप्प रहेको छ ।

 

सम्झौता पत्रमा सुरेश ठेक्का पट्टाका सञ्चालक सुरेशमान सिंह र महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार निरौलाले हस्ताक्षर गरेका छन् । संभारः हमारबीरगज

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

समाज

गैरकानुनी ढंगबाट आर्जन गरेको भन्दै बिशेष अदालतमा गौतम बिरुद्ध मुद्धा दायर

काठमाण्डौ । यातायात व्यवस्था कार्यालय वीरगंजका तत्कालीन प्रमुख विरुद्ध भ्रष्टाचारको मुद्धा दायर भएको छ ।

जिल्ला प्रहरीलाई अनुसन्धान प्रगती पेश गर्न उच्च अदालतको आदेश

वीरगंज । उच्च अदालत जकपुर अस्थाई इजलाश वीरगंजले जिल्ला प्रहरी कार्यालय पर्सालाई नागरिकता किर्ते सम्बनधी एउटा घटनाको अनुसन्धान प्रगती पेश गर्न आदेश गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.