logo

पत्रकार फसाउने षडयन्त्रमा संलग्न रहेको आरोप लागेपछि रौतहटका प्रहरी प्रमुख बिरुद्ध पनि छानविन हुने 

 इसीमाना सम्वाददाता     २०७८ भदौ ८ गते ०३: ०५ मा प्रकाशित     1073   पटक पढिएको

नेपाल प्रहरीका रौतहट प्रमुख एसएपी सिद्धिविक्रम शाह बिरुद्ध पनि अनुसन्धान हुने भएको छ ।

 

 योजनावद्ध रुपमा रौतहटका पत्रकारलाई लागु औषधको कारोवारीको रुपमा देखाएर फसाउन खोजेको घटनासंग प्रहरी उपरिक्षको नाम जोडिए पछि उनी बिरुद्ध पनि अनुसन्धान हुने भएको हो ।  

 

जिल्ला प्रहरी प्रमुख एसएपी सिद्धिविक्रम शाहले पत्रकार सञ्जय सहनीसँग गरेको टेलिफोन संवाद बाहिरिएसँगै प्रहरी प्रधान कार्यालय, नक्सालले शाहबिरुद्ध छानबिन गर्ने भएको हो ।

 

केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले प्रश्न उठेका विषयमा छानबिन हुने बताएका छन । 
सोमबार पत्रकार सम्मेलन गरेर रौतहट प्रहरीले पत्रकार महाशाखा जिल्ला शाखा रौतटहका सह–सचिव सञ्जय सहनीको योजनामा दुई प्रहरी मिलेर पत्रकार मोहम्मद मोजिबुल्लाहलाई फसाएको दाबी गरेको थियो ।

 

प्रकरणमा संलग्न प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज साहलाई निलम्बन गरिएको जनाएको थियो ।

प्रहरीले मुख्य योजनाकार भनेको सहनीलाई एसपी शाहले फोन गरेर ‘हिजो काम भएछ नी त है’ भनेका छन् । त्यसअघि उनले ‘एक्लै हो’ भनेर प्रश्न पनि गरेका छन् । यसले पूर्वयोजना अनुसार शाहको पनि घटनामा संलग्नता रहेको हुनसक्ने पत्रकारहरुले आशंका गरेका छन् ।

 नेपाल पत्रकार महासंघ, रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले एसपी शाह आफैं घटनामा फस्ने भएपछि सबै दोष सहनीमाथि थुपरेको हुनसक्ने आशंका गरे । 


पत्रकार सम्मेलनमा पनि महासंघका केन्द्रीय सदस्य शिव पूरीले प्रहरीले सहनीलाई दोषी देखाएर आफू पन्छिन खोजेको बताएका थिए । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.