logo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक  घिसिङ बिरुद्ध छानवीन शुरु

 इसीमाना सम्वाददाता     २०७८ भदौ ८ गते ०१: ५५ मा प्रकाशित     969   पटक पढिएको

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बिरुद्ध परेको उजुरीमा छानविन शुरु गरेको छ ।

 

घिसिङको अघिल्लो कार्यकालमा भ्रष्ट्राचार गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। नुवाकोट जिल्लामा निर्माण भईरहेको २५ मेगावाट ग्रिड क्षमताको सोलार आयोजनामा भ्रष्ट्राचार भएको भन्दै  २०७४ साल पुस ६ गते अख्तियारमा उजुरी परेको थियो । 

 

आयोगले गत साउन ११ मा प्राधिकरणलाई पत्राचार गरेर उक्त आयोजना ठेक्का प्रक्रियाको सम्पूर्ण कागजात माग गरेको छ ।

 

उक्त आयोजना निर्माणको लागि सबैभन्दा कम रकम कबुल गर्ने ठेकेदारलाई ठेक्का दिने प्राधिकरणको निर्णय बदर गरि ६८ करोड बढी रकम कबुल गर्नेलाई ठेक्का दिईएको भन्दै उजुरी परेको थियो ।

कुलमान पुन कार्यकारी निर्देशकको भूमिकामा फर्किएपछि ४ वर्षपछि आयोगले यस विषयमा फेरी छानविन गर्न लागेको हो ।

 

अख्तियार प्रमुखहरू दीप बस्न्यात र नवीन घिमिरेले उक्त विषय अघि बढाउन चाहे पनि दबाबको कारण नसकेको र अहिले प्रेमकुमार राई अख्तियार प्रमुख नियुक्त भएपछि यसमा छानविन हुन लागेको स्रोतको दाबी छ । राईलाई निवर्तमान प्रधानमन्त्री केपी ओलीले अख्तियार प्रमुख नियुक्त गरेका थिए ।

सम्झौता भएको एक वर्ष मै आयोजना सम्पन्न हुने बताईए पनि आयोजना अझै सम्पन्न भएको छैन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.