logo

वीरगञ्जको बीपी उद्यानको जग्गामा उद्यानबाहेक कुनै पनि सवारी पार्किङ निर्माण नगर्न अन्तरिम आदेश

 इसीमाना सम्वाददाता     २०७८ सावन २९ गते ०७: १९ मा प्रकाशित     803   पटक पढिएको

 वीरगञ्जस्थित घण्टाघरको उतरतर्फ रहेको बीपी उद्यानको जग्गामा निर्माण भएको पार्किङस्थलविरुद्ध परेको मुद्दामा सुनुवाइ गर्दै उच्च अदालत अस्थायी इजलास वीरगञ्जले अन्तरिम आदेश दिएको छ।

 

शुक्रबार सुनुवाइ गर्दै अदालतले बीपी उद्यानको जग्गामा निर्माण भइरहेको पार्किङ स्थलको कार्य अघि नबढाउन तथा ठेक्का दिने समेतको काम कारबाही नगर्न समेत अन्तरिम आदेश जारी गरेको हो  ।

 

अदालतले उक्त जग्गामा बीपी उद्यानबाहेक कुनै पनि सवारी पार्किङ निर्माण गर्ने तथा ठेक्का दिनेसमेत काम कारबाही नगर्नू, नगराउनू भनी विपक्षीहरूको नाउँमा अन्तरिम आदेश जारी गरेको छ।

 

शुक्रबारको पेसीमा, रिट निवेदक धीरज गुप्ताको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय दिनेश त्रिपाठी र देवेन्द्र लाल नेपालीसहितले बहस गरेका थिए।

 

बीपी उद्यानको जग्गामा उद्यानबाहेक अन्य संरचना बनाएको भन्दै वीरगञ्जका धीरज गुप्ताले वीरगञ्ज महानगरपालिका, नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा ठेकेदार कम्पनीलाई विपक्षी बनाई उच्च अदालत अस्थायी इजलास वीरगञ्जमा असार २८ गते रिट निवेदन दर्ता गराएका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

आर्थिक रूपमा कमजोर महिलालाई जिल्ला स्तरीय समितिबाट राहत सहयोग प्रदान

वीरगंज । पर्साको वीरगंजमा  घटेको एक दुःखद घटनापछि आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेकी एकल महिलालाई राहत स्वरूप नगद सहयोग प्रदान गरिएको छ।

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.