logo

वीरगन्ज महानगर नेपालको पहिलो पूर्ण खोप युक्त महानागर घोषणा ,म्रंत्री शर्माद्वारा महानगरको कार्यको प्रशंसा

 इसीमाना सम्वाददाता     २०८० असार ३१ गते ०७: ५२ मा प्रकाशित     812   पटक पढिएको

वीरगन्जमहानगरपालिकालाई पूर्ण खोपयुक्तपालिका घोषणा गरिएको छ । नगरसभा गृहमा बिहीबार आयोजित घोषणा सभामा प्रदेश नम्बर २ का खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्माले वीरगन्ज महानगरपालिकालाई पूर्ण खोप घोषणा गर्नु भएको हो  ।

 

घोषणा समारोहमा बोल्दै मन्त्री शर्माले बालबालिकाको पहिलो अधिकार स्वास्थ्य नै रहेकोले कोही पनि बालबालिका खोपबाट बञ्चित हुन नहुने बताउनु भयो ।

 

अहिले संसारभर फैलिएको कोरोना महामारीले स्वास्थ्य क्षेत्रमानिकै जटिलता ल्याएकोे बताउदै तेश्रो भेरियण्टको जोखिममा बालबालिकाहरु अझ बढी रहने विज्ञहरुको चेतावनीबाट सतर्क रहनुपर्ने बताउनु भयो  ।

 

कोरोना संक्रमण महामारीले खोप कार्यक्रम प्रभावित भएपनि वीरगन्ज महानगरपालिकाले भने पूर्ण खोप घोषणा गरेकोमा बधाई दिनुभयो ।कोरोना संक्रमण नियन्त्रण र व्यावस्थापनमा महानगरपालिकाले खेलेको भूमिका अत्यन्त उत्कृष्ट रहेको चर्चा गर्नुभयो ।

 

महानगर प्रमुख विजयकुमार सरावगीले महानगरपालिकालाई पूर्ण खोप घोषणा गरेर मात्रै नहुने बताउदै यसलाई निरन्तरता दिनकालागि स्थानीय वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरुको सक्रियता आवश्यक रहेको बताउनु भयो ।

वडा अध्यक्षहरुले आफ्ना वडाहरुमा रहेको वडा स्तरीय खोप समितिलाई सक्रिय बनाएर वडाभित्रका बालबालिकाहरुलाई खोपको सुनिश्चितताकालागि सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो ।

 

वीरगन्ज महागनरपालिकामा जन्मिएदेखि १५ महिना सम्मका बालबालिकालाइ लगाईने १२ प्रकारका सबै खोप लगाइ सकेपछि पूर्णखोप घोषणा भएको हो ।

 

पूर्णखोप घोषणाका लागि वीरगन्ज महानगरपालिकाको कार्यालयले केही समय पहिले महानगरका ३२ वटै वडामा १६ देखि २३ महिना सम्म उमेर समुहका बालबालिकाहरुको बारेमा२९हजार १ सय ९३ घरधुरीमा सर्भेक्षण गरेको थियो ।

 

सर्भेक्षणका क्रममा १६ देखि २३ महिना सम्म उमेर समूहका बालबालिका २ हजार ६ सय ६१ जना भेटिएका र तीमध्ये जन्मिएदेखि १५ महिना भित्रमा सबै १२ प्रकारका खोप लगाउने बालबालिकाको संख्या २ हजार ६६ जना मात्र देखिएको महानगरका स्वास्थ्य तथा सामाजिक महाशाखाप्रमुख अरुण महतोले बताउनु भयो ।

 

उहाँले ५ सय ८७ जना बालबालिकाले भने आवश्यक १२ प्रकारकामध्ये आंशिक मात्र खोप लगाएको भेटिएको थियो ८ जनाबालबालिकाले भने कुनै पनिप्रकारको खोप नलगाएको फेला परेको बताउनु भयो  ।

 

सर्भेक्षणबाट प्राप्त प्रतिवेदन अनुसार महानगरका ३२ वटै वडामा स्वास्थ्यकर्मी र स्वयं सेविकाहरुलाई खटाएर खोप लगाउन छुटेका ५ सय ९५ जना बालबालिकालाइ आवश्यक १२ प्रकारको खोप लगाइएको महानगरपालिकाका खोप अधिकृत रितेश जयसवालले बताउनुभया ।

 

३२ वटै वडाहरुलाईक्रमश पूर्ण खोप वडा घोषणा गरेपछि महानगरपालिकालाई पूर्ण खोप घोषणा गरिएको हो । नगर स्तरीय खोप समन्वय समितिका अध्यक्षएवं महानगर प्रमुख सरावगीको अध्यक्षतामा भएको कार्यक्रम मामहानगर उपप्रमुख शान्तिकार्की, प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार निरौला,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, वीरगन्ज महानगरपालिकाका प्रेस सल्लाहाकार गोविन्द देवकोटा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता,  महानगरपालिकाका ३२ वटै वडाका अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वास्थ्य क्षेत्रमा खटिएका सबै स्वास्थ्यकर्मी र स्वयंसेवकहरुलाई प्रशंसा पत्र र दोसल्लाओढाएर सम्मान गरिएको थियो । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.