logo

सिक्दै छन वालिकाहरु आक्रमणबाट बच्ने प्रतिरक्षाका उपापयहरु

      9/25/2018 गते 00 00 मा प्रकाशित     963   पटक पढिएको

बीरगंज ९ असोज
    क्षेत्रीय  ट्राफिक प्रहरी कार्यालय पथलैयाको प्रहरी उपरिक्षक किरण बज्रचार्य र बीरगंजको पाठशाला बीरगंज स्टडी सेन्टरको संयुक्त पहलमा वालिकाहरुको आत्मरक्षाकालागि सीप बिकासको अभियान संचालन भएको छ । आत्मरक्षाको सीप र कलाको बिषयमा प्रहरी उपक्षिक बज्राचार्यले प्रशिक्षण दिने अभियानको मंगलवारबाट प्रारम्भ गरिएको छ ।


        सोही अभियान अन्तरगत मंगलवार डि.ए.भि.आर.वि.केडिया मा.वि. परवानिपुरमा कार्यक्रमको शुभारम्भ गरिएको छ । पछिल्लो समय निर्मला पन्त लगायत देशका बिभिन्न स्थानमा भएको बलात्कार र बलात्कारजन्य घटनाका कारण वालिकाहरुमा नाकारत्मक असर परेको चर्चा गर्दै पाठशालाका राजन श्रीवास्तवले आफनो सुरक्षाका निम्ति वालिकाहरुले नै उच्च मनोवल प्रर्दशन गर्नु पर्ने सुझाव दिए । 


     प्रहरी उपरिक्षक एवं  प्रशिक्षक बज्रचार्यले विद्यार्थीहरुलाई एकलो परेको बेला बच्नकालागि कुन तरिका अपनाउने, कसरी कुनै अपरिचितव्य िक्तको सामना गर्ने, बाहिर यात्रा गर्दा व्यागमा राख्न सक्ने साधान सामाग्रीहरुको  सहयोगले पनि हुन सक्ने घट्नाबाट कसरी जोगिने, पोजिशन, एटेक ईत्यादीकोे वारेमा विद्यार्थीहरुलाई प्रशिक्षण दिएकी थिइन । 


प्रशिक्षक बज्रचार्यले आक्रमण अभ्यासका माध्यमले आत्मरक्षाको कलाको बारेमा जानकारी गराएकी थिइन ।उनले , मोबाईलको सहि प्रयोग, स्पिड डायल, तथा अन्य कुनै आक्रमणबाट बच्नकालागि व्यक्तिगत आत्मरक्षा  (कभाि मभाभलअभ) को वारेमा आप्mनो घरपरिवार छिमेक, साथीहरुमा समेत सोको वारेमा छलफल गरि आकस्मिक घट्नालाई रोक्न वा त्यसबाट बच्न वारे जनचेतना फैलाउने कार्य गर्न सबैमा अनुरोध गरिन ।


    पाठशाला–विरगंज स्टडी सेन्टरको  पहलमा भएको कार्यक्रममा पठशालाका सदस्य राजाबाबु रौनियार,संचारकर्मी एवं समाजसेवी राधेश्याम पटेलको सहभागीता रहेको थियो ।  कार्यक्रम संचालन विद्यालयका शिक्षक दिलिप गुप्ताले गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.