logo

ठाकुरराम बहुमुखी क्याम्पसमा बिश्वबिद्यालयको अनुगमन पस्यो

      9/25/2018 गते 00 00 मा प्रकाशित     1550   पटक पढिएको

बीरगंज ९ असोज ।
त्रिभूवन बिश्व बिद्यालयको आगिंक क्याम्पसको रुपमा रहेको बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा बिश्वबिद्यालयले छानविन आयोग पठाएको छ । आयोगले क्याम्पसका बिविध पक्षका बारेमा छानविन मंगलवारबाट छानविन शुरु गरेको छ । 


बिश्वबिद्यालयले पठाएको तीन सदस्यीय छानविन टोलीले छानविन गरिरहेको क्याम्पस प्रशासनले जनाएको छ । क्याम्पसका बिषयमा केही संमाचार माध्याममा आएको समाचारका आधारमा अन्य केही उजुरीहरु सक्छन त्यसका आधारमा छानविन भइरहेको सहायक क्याम्पस प्रमुख रोशन लामिछानेले बताए ।


स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभूवन बिश्व बिद्यालयलाई बीरगंजको ठाकुुराम बहुमुखी क्याम्पसमा अनियमितता भएको बारेमा छानविन गरि कारवाहरी गर्न पत्राचार गरेको छ । त्यही पत्राचारको आधारमा छानविन हुने लागेको स्रोतको भनाई छ । क्याम्पसमा भएको बिकास निर्माणका काममा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । 


त्यस्तै क्याम्पस हाता भित्र रहेको सिसौका रुखको कटान,पुरानो दराजलाई नयाँ पेन्ट लगाएर नयाँ दराजको बिल बनाएर भूक्तानी दिएको ,समाजशास्त्रको बिभागीय अध्यक्षलाई हटार राजनीतिशास्त्रको ब्यक्तिाई बिभागाध्यक्ष बनाएको  । समाजशास्त्रको थेसीसको प्रक्रिया अनियमित रुपमा सचालन गरेको लगायतका बिषयमा छानविन गर्न टोली बीरगंज आएको बताइएको छ । 


यसैवीच नेपाल समाजशास्त्र संघले सोमवार एक बिज्ञप्ति जारी गरेर ठाकुरराम बहुमुखी क्याम्पसमा समाजशास्त्रको बिभागाध्यक्षमा गैर बिषयको ब्यक्तिको नियुक्तिलाई “गैर प्राज्ञिक” काम भन्दै तत्काल सच्याउन माग गरेको छ । 


प्रा.डा.गणेशमान गुरुङले जारी गरेको बिज्ञप्तिमा समाजशास्त्रको ब्यक्तिलाई नै बिभागीय प्रमुखको जिम्मेवारी दिएर समाजशास्त्र बिषयको गरिमा प्राज्ञिक तथा शैक्षीक मर्यादा कामय राख्न समेत मांग गरिएको छ । 
बिभागीय अध्यक्षको सम्बधन्मा त्रिभूवन बिश्वबिद्यालयको शिक्षाध्यक्षको कार्यालयले  भदौ १९ गते नै एक पत्र लेखेर बिभागको अध्यक्षको नियुक्ति गैर बिषयको छ भने सच्याउन निर्देशन दिएको थियो ।

 

 कार्यलयले बिषयगत शिक्षकलाई नै बिभागाध्यष नियुक्त गरि  यथाशिघ्र  जानकारी गराउन भनेकोमा क्याम्पसले त्यो पत्र कार्यान्वयन गरेको छैन । यि र यस्ता बिषयमा छानविन गर्न आएको छानविन टोलीले कस्तो छानविन गर्छ त्यो भने हेर्न बाँकी नै छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.