logo

वडा समितिमा चोरी भएको होईन गराईएको हो—स्थानीय,राजश्व चुहावट गरेको भन्दै वडा अध्यक्ष विरुद्ध अख्तियारमा उजुरी

      8/13/2018 गते 00 00 मा प्रकाशित     3397   पटक पढिएको

ईसीमाना सम्वाददाता
वीरगन्ज २८ साउन ।

बीरगंज महानगरपालिका वडा न. १६ का वडाध्यक्ष श्याबाबु चौरसिया बिरुद्ध गत शुक्रवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा कार्यालयमा उजुरी परेको छ । उनले अख्तियारको दुरुपयोग गरि राज्यलाई घाटा लगाएको भन्दै उजुरी परेको हो । 


वडाध्यक्ष चौरसियाले एउटै कित्ताको जमिनको घरबाटो दुई पटक प्रमाणीत गरेका छन । घरबाटो प्रमाणीत गर्दा जग्गाको मूल्याकंन कम हुने गरि गरेकोले अख्तियारको दुरुपयोग गरेको भन्दै उनीमाथि उजुरी परेको हो ।  

घटना बिवरण अनुसार बीरगंज महानगरपालिका वडा नं १६ को ईनर्वा निवासी जहरती मिया धुनियाले कित्ता नम्बर ३२८ मा रहेको २ कट्ठा ३ धुर ८ कनवा जग्गाको घरबाटो प्रमाणित गरी पाउ भनी २०७४ चैत १३ गते वडा समितिको कार्यालयमा निवेदन दिएका थिए ।

 

निवेदकले आफनो निवेदनमा आफैले २८ फिटको पिचबाटो भएको उल्लेख गरेका छन । वडा समितिले त्यती बेला बीरगंज महानगरपालिका कार्यालयबाट प्राविधिक झिकाइ घरबाटो प्रमाणीत गरि सिफारिश दिएको थियो । सिफारिशमा जग्गा खाली रहेको तर पूर्वपट्टी २८ फिटको पिच बाटोसंग जोडिएको प्रमाणीत सिफारिश थियो ।

 


पीच बाटो संग जोडिएको जमिनको  सरकारी मुल्याकंन ६० लाख रुपैया प्रतिकट्टा रहेको छ । यही दरमा जग्गा नामसारी हुदा जग्गा रजिट्रेसन दस्तुर धेरै लाग्ने भएपछि वडाध्यक्ष चौरसियाले अर्को सिफारिश दिएका हुन । 

वडाध्यक्ष चौरसियाल आफैले पहिला दिएको सिफारिसलाई उल्टाउदै सार्वजनिक पदको दुरुपयोग गरेरे पुन सोही जग्गामा १५ फिटको ग्रेभल बाटो रहेको भनि २०७४ चैत १६ गते घरबाटो  प्रमाणीत गरिएको अर्को सिफारिश दिए  ।

 

महानगरपालिकाको प्राविधिकको सिफारिश नभई वडाध्यक्षले घरबाटो प्रमाणीत गरिदिने कानूनी अधिकार वडाध्यक्षलाई दिएको छैन ।

 

तर पछिल्लो सिफारिश पछि प्रतिकट्टा ६० लाख मुल्याकंन रहेको जग्गा १४ लाख प्रतिकट्टा मुल्याकंनमा झ¥यो । आर्थिक नजराना  आफूले लिएर राज्यलाई आउने राजस्व चुहावट गरेको भन्दै उनी बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।  

 

१ करोड ३० लाख ५० हजार सरकारी मुल्याकंन रहेको जग्गा वडाध्यक्षको दोश्रो सिफारिशका कारण अहिले ३० लाख ४५ हजारमा झ¥यो र त्यसैको अधारमा जहरती मिया धुनियाले मालपोत कार्यालय पर्सामा २०७४ चैत १९ गते रजिष्टर नम्बर ४६७६(क) मा स्थानीय व्यान्ती देवीको नाममा जग्गा राजीनामा लेखत लेखाई पास गरिदिएका छन  । 

 

वडा अध्यक्ष चौरसियाले सरकारी राजस्व मारेर आफूलाई फाइदा पुग्ने गरि हुदै नभएको अधिकार छ भनी दोहरो सिफारिस गरी पदको दुरुपयोग गरी भ्रष्टचार गरेको भन्दै अख्तियारमा गत शुक्रबार लिखित उजुरी परेको छ । 

वडाकार्यालयमा चोरी 

वीरगन्ज महानगरपालिका वडा नम्बर १६ को वडा समितिको कार्यालयमा गत शुक्रबार चोरी भएको छ । चोरको समूहले वडा समितिको कार्यालयबाट ३—४ वटा सि.एफ.एल एलईडी बल मात्र चोरी गरेर लगेका छन ।

 

यो चोरीको घटना सुन्दा अचम्मै लागेको स्थानीयले बताएका छन । चोरीकालागि चोरले किन वडा समिति कार्यालय नै छाने भन्ने प्रश्न यतिवेला नगवाबासीमा उब्जेको छ । 

 

अझ अनौठो त्यतीबेला लाग्यो जतिवेला  चोरले कार्यालयबाट बैठकको निर्णय लेख्ने पुस्तिका  र केहि महत्वपूर्ण कागजातमा चोरेको हल्ला चल्यो ।  वडाका वडा अध्यक्ष श्यामबाबु चौरसियाले  कार्यालयबाट  एउटा निर्णय पुस्तिका र केही थान बल्व चोरी भएको बताए  । 


    तर वडा समितिका सचिव हरेराम चौधरीले कार्यालय भित्र रहेको सि.एफ.एल एलईडी बल मात्र चोरी भएको बताएका छन  । उनले कार्यालयका  सम्पूर्ण कागजातहरु आफू संगै सुरक्षीत भएको बताए  ।

 

उनले  शनिबार विहानै भिम चौरसियाले चोरीको घटना बारे आफूलाई फोन गरेर जानकारी गराए पछि आफू घटना स्थल पुग्दा वडा अध्यक्ष चौरसिया लगायतका व्यक्तिहरु घटना स्थलमै रहेको बताए ।

 

वडा समितिमा भएको चोरीको घटना सुन्दा स्थानीय अगुवा अशोक पटेललाई भने आश्र्चय लागेका छ । उनले भने “समितिमा कागज चोर्न चोरहरु जादैनन्  घटना रहस्मय छ यसको छानविन हुनै पर्छ” । स्थानीयले वडा समितिमा चोरी नभई चोरी गराईएको हुन सक्ने आशंका व्यक्त गरेका छन ।

 

जुन उदेश्यले चोरी भएको हो त्यो सफल हुन सकेको छैन स्थानीय रामाधार चौरसियाले भने “वडा समितिका सचिव चौधरीले सम्पूर्ण महत्वपूर्ण कागजात आफूनिर राखेका कारण योजनाकारहरु असफल भए”  । 

 

वडाध्यक्ष चौरसिया बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा उजुरी परेको छ । अख्तियारले उजुरीका सम्बन्धमा छानविनको प्रकृया अगाडि पनि बढाएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

ठोरीका ३१ प्रतिशत विद्यार्थी १२ कक्षामा उत्तीर्ण, पालिका प्रथम बनिन सुवर्णपुरकी छात्रा चौधरी

वीरगंज। १२ कक्षको शुक्रवार प्रकाशित नतिजा अनुसार पर्साको ठोरी गाउँपालिकामा ३.६४ जिपीए अंक प्राप्त गरेर जानुका चौधरीले प्रथम स्थान हासिल गरेकी छिन ।

सेस्मी इन्टरनेशनल स्कुलका विद्यार्थीहरूद्वारा पैदलयात्रीहरुलाई सर्बत वितरण

वीरगञ्ज । वीरगञ्जको प्रगतिनगर स्थित सेस्मी इन्टरनेशनल स्कुलका विद्यार्थीहरुले शुक्रवार सडकमा हिँडिरहेका पैदलयात्रीहरूलाई चिसो सर्बत वितरण गरेका छन ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.