logo

ठाकुरराममा परिक्षाको नाममा अनियमितता, कर्मचारी संघ भन्छ खर्च कहाँ भयो देखाउ

      8/9/2018 गते 00 00 मा प्रकाशित     1496   पटक पढिएको

वीरगंज,२४ साउन ।

बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा आर्थिक अनियमितता घटनाहरु एक पछि अर्को गरि सार्वजनीक भइरहेका छन ।

 

 ठाकुराराम बहुमुखी क्याम्पस कर्मचारी संघले बुधवार क्यम्पस प्रमुखलाई बुझाएको ज्ञापन पत्रमा यो कुरा सार्वजनीक भएको हो । कर्मचारीले पेश गरेको ज्ञापन पत्रमा परिक्षाको बेलामा खटाइने निरिक्षकको नाममा क्याम्पस प्रशासनले अनियमितता गरेको उल्लेख छ ।

 

परिक्षमा प्रति २१ जना बिद्यार्थीमा एक जना निरिक्षक खटाउन पर्नेछ तर क्याम्पस प्रशासनले ५०/५५ बिद्यार्थीमा एक जना निरिक्षक खटाएर अन्य दुईको नक्कली भौचर बनाएर रकम अनियमितता गरेको कर्मचारीले आरोप लगाएका छन

 

। कर्मचारीले परिक्षामा खटिएका निरिक्षकको नाममा उठाइएको पैसा कहाँ कसरी खर्च भयो भन्दै सार्वजनीक गर्न माँग गरेका छन । 


कर्मचारी संघका सभापति रामायण राउतले बुझाएको ज्ञापन पत्रमा परिक्षामा खटिएका निरिक्षकहरुको रकम समेत क्याम्पस प्रशासनले नदिएको आरोप लगाइएको छ ।


राजधानी बहिरको “क”श्रेणीको क्याम्पसको रुपमा रहेको ठाकुरराम बहुमुखी क्याम्पसको गरिमा बढाउन शैक्षीक तथा प्राज्ञीक वतावरणमा सुधारकालागि क्याम्पस प्रशासन तत्पर नदेखिएको ज्ञापन पत्रमा उल्लेख छ ।


संघले ०७४ पुष ९ मा संघ र क्याम्पस प्रशासनवीच भएको सम्झौता कार्यान्वयन किन नभएको भन्दै जानकारी दिन समेत माँग गरेको छ । 


संघले  बुझाएको ज्ञापन पत्रमा ९ सुत्रीय माँग  उल्लेख छन ती माँगहरु ७ दिन भित्र पुरा नभए संघ आन्दोलनमा जाने अल्टीमेटम समेत दिएको छ ।


यता क्याम्पस प्रमुख क्याम्पस डा.प्रमोद कुशवाहाले त्रिभूवन बिश्वबिद्यालयले पछिल्लो पटक पठाएको  परिपत्र अनुसार ५५ जना बिद्यार्थी बराबर एकजना निरिक्षक रहने ब्यवस्था गरेको बताए । उनले त्यस्तो बनाएर बन्ने कुरा होइन खर्च भएन भने त्यो त्रिभूवन बिश्वबिद्यालयको खातामै रहन्छ त्यसको लेखा जोखा परिक्षा शाखाले गर्ने बताए । 


परिक्षामा खटिएका कर्मचारीहरुको रकम निकासा भइरहेको उनले बताए । क्याम्पसमा भएको यो घटनाहरुप्रति बिद्यार्थी संगठनले पनि चासो ब्यक्त गरेका छन ।

अनेरास्ववियुका नेता प्रभाकर गुप्ताले क्याम्पसजस्तो प्राज्ञीक निकायमा भ्रष्टाचार हुन थालेपछि निराशा बढेको बताए । बर्तमान क्याम्पस प्रमुख सुशासनको प्रत्याभूती दिन असफल भएको उनको दावी छ । 


यस अघि पनि ठाकुरराम बहुमुखी क्याम्पसमा निर्माणको नाममा ३० लाखलाई टुक्रे योजना बनाएर अमानतमा काम गराइएको प्रति पनि गम्भिर प्रश्न उठेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.