logo

 संसद्मा उपभोक्ता विधेयक दर्ता ,ठाउँका ठाउँ तीन लाखरुपैया दण्डीत गर्न सकिने

      8/8/2018 गते 00 00 मा प्रकाशित     1089   पटक पढिएको

काठमाण्डौ २३ साउन ।
उधोग तथा बाणिज्य तथा आपूर्ती मंत्रालयले प्रतिनिधि सभामा उपभोक्ता अधिकार सम्बन्धी बिधयक दर्ता गरेको छ । संसदमा दर्ता भएको बिधयकमा बजार अनुगमन गर्ने निरीक्षकले दोषी व्यवसायीलाई तत्कालै ३ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था राखिएको छ ।


संसदमा दर्ता गरिएको उपभोक्ता संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा  अनुगमन नीरिक्षण गर्ने निकायलाई शक्तिशाली बनाउने प्रस्ताव गरिएको छ । 

 निरीक्षकले २० हजारदेखि तीन लाख रुपैयाँसम्म अनुगमनस्थलमै जरिवाना गर्न सक्ने व्यवस्था विधेयकमा छ । 

निरीक्षकले गरेको जरिवाना चित्त नबुझे व्यवसायीले महानिर्देशकसमक्ष पुनरावलोकन गर्न पाउने व्यवस्था राखिएको छ । तर, पुनरावेदन भने खर्चिलो बनाइएको छ । ‘पुनरावलोकनका लागि निवेदन गर्दा निरीक्षण अधिकृतले गरेको जरिवानाको ५० प्रतिशत नगद धरौटी दाखिला गर्नुपर्नेछ ।
शक्तिशाली महानिर्देशक  
विभागको महानिर्देशकलाई सर्वाधिकार दिइएको छ । विधेयकले तत्काल जरिवाना गर्ने अनुगमन निरीक्षकको निर्णय ठीक वा गलतको फैसला महानिर्देशकलाई गर्ने जिम्मा दिइएको छ । व्यवसायीले गरेको पुनरावलोकनको २१ दिनभित्र महानिर्देशकले निर्णय गर्ने र त्यो नै अन्तिम हुने व्यवस्था छ ।

त्यस्तै, ठूलो कसुर गर्ने व्यवसायीलाई महानिर्देशकले तीन महिनादेखि १ वर्षसम्म जेल सजाय र ५० हजारदेखि तीन लाख रुपैयाँसम्म जरिवाना तोक्ने अधिकार दिएको छ । महानिर्देशकको फैसला चित्त नबुझे सम्बन्धीत जिल्ला अदालतमा पुनरावेदन गर्न सक्ने व्यवस्था बिधयकमा छ । 

लेबलमा सबै विवरण नलेखेमा वा झुटो विवरण उल्लेख गरेमा र उपभोक्ताले खरिद गरेको वस्तुमा त्रुटी भेट्टाएर सात दिनभित्र फिर्ता गर्दा बिक्रेताले लिन नमानेमा महानिर्देशकले तीनदेखि ६ महिनासम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै गर्न सक्ने व्यवस्था छ ।

गुणस्तरहीन सामान बेच्ने, वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, एउटा वस्तु किन्दा अर्को वस्तु पनि खरिद गर्नुपर्ने, कोटा प्रणाली तोक्ने व्यवसायीलाई महानिर्देशकले तीन महिनादेखि एक वर्षसम्म कैद वा एक लाखदेखि तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय तोक्न सक्ने व्यवस्था छ ।

अत्यावश्यक वस्तु तथा सरकारले निर्धारण गरेको वस्तुको मूल्यभन्दा बढी रकम उपभोक्ताबाट लिई बिक्री गर्ने र तोकिएको दररेटभन्दा अन्य शीर्षक राखेर वस्तुको मूल्य बढाउने तथा कानुनले तोकेभन्दा बढी प्रतिशत नाफा राख्ने व्यवसायीलाई महानिर्देशकले तीनदेखि ६ महिनासम्म कैद वा पचास हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय तोक्न सक्ने व्यवस्था छ ।

उपभोक्ता अदालत गठन
विधेयकले उपभोक्ता अदालत गठन गर्न सक्ने व्यवस्था गरेको छ । त्यसमा महानिर्देशकले निर्णय गर्नेबाहेकका सबै उपभोक्ता अधिकारका मुद्दा हेर्न सकिने व्यवस्था छ । जिल्ला न्यायाधीशलाई अदालतको अध्यक्ष राख्ने व्यवस्था गरिएको छ । तर, यस्तो अदालत सरकारले चाहेको खण्डमा जुनसुकै वेला बिघटन गर्न सक्ने पनि व्यवस्था छ । विधेयकले कुनै वस्तुको उपभोगबाट स्वास्थ्यमा हानी नोक्सानी भए उपभोक्ताले क्षतिपूर्ति माग गर्न पाउने र प्रक्रियागत ढंगबाट क्षतिपूर्ति पाउने व्यवस्था पनि गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.