logo

 संसद्मा उपभोक्ता विधेयक दर्ता ,ठाउँका ठाउँ तीन लाखरुपैया दण्डीत गर्न सकिने

      8/8/2018 गते 00 00 मा प्रकाशित     957   पटक पढिएको

काठमाण्डौ २३ साउन ।
उधोग तथा बाणिज्य तथा आपूर्ती मंत्रालयले प्रतिनिधि सभामा उपभोक्ता अधिकार सम्बन्धी बिधयक दर्ता गरेको छ । संसदमा दर्ता भएको बिधयकमा बजार अनुगमन गर्ने निरीक्षकले दोषी व्यवसायीलाई तत्कालै ३ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था राखिएको छ ।


संसदमा दर्ता गरिएको उपभोक्ता संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा  अनुगमन नीरिक्षण गर्ने निकायलाई शक्तिशाली बनाउने प्रस्ताव गरिएको छ । 

 निरीक्षकले २० हजारदेखि तीन लाख रुपैयाँसम्म अनुगमनस्थलमै जरिवाना गर्न सक्ने व्यवस्था विधेयकमा छ । 

निरीक्षकले गरेको जरिवाना चित्त नबुझे व्यवसायीले महानिर्देशकसमक्ष पुनरावलोकन गर्न पाउने व्यवस्था राखिएको छ । तर, पुनरावेदन भने खर्चिलो बनाइएको छ । ‘पुनरावलोकनका लागि निवेदन गर्दा निरीक्षण अधिकृतले गरेको जरिवानाको ५० प्रतिशत नगद धरौटी दाखिला गर्नुपर्नेछ ।
शक्तिशाली महानिर्देशक  
विभागको महानिर्देशकलाई सर्वाधिकार दिइएको छ । विधेयकले तत्काल जरिवाना गर्ने अनुगमन निरीक्षकको निर्णय ठीक वा गलतको फैसला महानिर्देशकलाई गर्ने जिम्मा दिइएको छ । व्यवसायीले गरेको पुनरावलोकनको २१ दिनभित्र महानिर्देशकले निर्णय गर्ने र त्यो नै अन्तिम हुने व्यवस्था छ ।

त्यस्तै, ठूलो कसुर गर्ने व्यवसायीलाई महानिर्देशकले तीन महिनादेखि १ वर्षसम्म जेल सजाय र ५० हजारदेखि तीन लाख रुपैयाँसम्म जरिवाना तोक्ने अधिकार दिएको छ । महानिर्देशकको फैसला चित्त नबुझे सम्बन्धीत जिल्ला अदालतमा पुनरावेदन गर्न सक्ने व्यवस्था बिधयकमा छ । 

लेबलमा सबै विवरण नलेखेमा वा झुटो विवरण उल्लेख गरेमा र उपभोक्ताले खरिद गरेको वस्तुमा त्रुटी भेट्टाएर सात दिनभित्र फिर्ता गर्दा बिक्रेताले लिन नमानेमा महानिर्देशकले तीनदेखि ६ महिनासम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै गर्न सक्ने व्यवस्था छ ।

गुणस्तरहीन सामान बेच्ने, वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, एउटा वस्तु किन्दा अर्को वस्तु पनि खरिद गर्नुपर्ने, कोटा प्रणाली तोक्ने व्यवसायीलाई महानिर्देशकले तीन महिनादेखि एक वर्षसम्म कैद वा एक लाखदेखि तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय तोक्न सक्ने व्यवस्था छ ।

अत्यावश्यक वस्तु तथा सरकारले निर्धारण गरेको वस्तुको मूल्यभन्दा बढी रकम उपभोक्ताबाट लिई बिक्री गर्ने र तोकिएको दररेटभन्दा अन्य शीर्षक राखेर वस्तुको मूल्य बढाउने तथा कानुनले तोकेभन्दा बढी प्रतिशत नाफा राख्ने व्यवसायीलाई महानिर्देशकले तीनदेखि ६ महिनासम्म कैद वा पचास हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय तोक्न सक्ने व्यवस्था छ ।

उपभोक्ता अदालत गठन
विधेयकले उपभोक्ता अदालत गठन गर्न सक्ने व्यवस्था गरेको छ । त्यसमा महानिर्देशकले निर्णय गर्नेबाहेकका सबै उपभोक्ता अधिकारका मुद्दा हेर्न सकिने व्यवस्था छ । जिल्ला न्यायाधीशलाई अदालतको अध्यक्ष राख्ने व्यवस्था गरिएको छ । तर, यस्तो अदालत सरकारले चाहेको खण्डमा जुनसुकै वेला बिघटन गर्न सक्ने पनि व्यवस्था छ । विधेयकले कुनै वस्तुको उपभोगबाट स्वास्थ्यमा हानी नोक्सानी भए उपभोक्ताले क्षतिपूर्ति माग गर्न पाउने र प्रक्रियागत ढंगबाट क्षतिपूर्ति पाउने व्यवस्था पनि गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.