logo

अबैध रुपमा गिट्टी बालुवा उत्खनन गर्दै बानिया कन्सट्रक्सन  

      6/8/2018 गते 00 00 मा प्रकाशित     1921   पटक पढिएको

वीरगञ्ज, २५ जेष्ठ ।
पर्साको ठोरी गाँउपालिका वडा नम्बर ३ स्थित ओडार खोलामा गैर कानूनी रुपमा गिटटी र बालुवाको उत्खनन् भइरहेको छ ।

 

पर्सामा निर्माणधिन हुलाकी सडकको ठेक्का लिएको बानिया निर्माण सेवा कम्पनीले ओडार खोलबाट गैर कानुनी रुपमा गिटटी र बालुवाको उत्खनन् गरिरहेको हो ।

 

हुलाकी सडक अन्तर्गत पर्साको जीराभवानी गााउपालिाकाको सेढवा देखि ठोरी गाउपालिाकाको चौतारा सम्मको ३० किलो मिटर सडक कालो पत्रे गर्ने ठेक्का लिएको बानिया निर्माण सेवा कम्पनीले जिल्ला समन्वय समितिबाट अनुमति नै नलिइ ओडार खोलामा दुइ वटा स्काभेटर प्रयोग गरेर बालुवा र गिटटी उत्खनन् गरि टिपरमा लोड गरेर ब्रम्हनगरमा लगेर भण्डारण गर्दै आएको छ ।

 

गत शनिवार देखि बानिया निर्माण सेवा कम्पनीले ओडार खोलाबाट दिनहु करिब दुइ सय टिपर गिटटी  बालुवा उत्खनन् गर्दै आएको स्थानीयले बताएका छन् ।जिल्ला समन्वय समितिले ठेक्का नै नलगाएको ओडार खोलाबाट हुलाकी सडक निर्माणको ठेक्का लिएको ठेकेदारले स्काभेटरले उत्खनन् गरि दिनहु करिब दुइ सय टिपर गिटटी बालुवा ओसार्दै आएको भएपनि स्थानीय प्रशासन र ओडारमै रहेको प्रहरी चौकीले समेत कुनै चासो नदेखाएको स्थानीयवासीले बताएका छन् ।

 

तर पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले भने ओडार खोलाबाट गैर कानूनी रुपमा गिटटी बालुवाको उत्खनन् र ओसार पसार भइरहेको विषयमा आफुलाइ अहिले सम्म कुनै जानकारी नभएको बताए  । उनले  यस बारेमा सत्य तथ्य बुझनका लागि आफुले पर्साका जिल्ला समन्वय समितिका अध्यक्ष नेक महम्मद अन्सारी र जिल्ला समन्वय अधिकारी निश्चलराज पाण्डेलाइ आग्रह गरेको बताए ।

 


नदीजन्य पर्दाथको दोहनमा मेशीनको प्रयोग बर्जित गरिएको छ । तर आइइइ गर्दा तोकिएको परिमाण भन्दा बढी अनधिकृत रुपमा गिट्टी बालुवाको उत्खखन हुदा समेत सुशासनको प्रत्याभूतीकालागि भन्दै राज्यबाट सेवा र सुविधा खाने प्रशासकहरु भने चुप चाप भएका छन । राज्यले दिएको सुविधा भन्दा ठेकेदारले दिएको सुविधा आकर्षक भएर यस्तो भएको भन्ने बुझाई स्थानीय नागरिकमा रहेको छ । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.