logo

अबैध रुपमा गिट्टी बालुवा उत्खनन गर्दै बानिया कन्सट्रक्सन  

      6/8/2018 गते 00 00 मा प्रकाशित     1762   पटक पढिएको

वीरगञ्ज, २५ जेष्ठ ।
पर्साको ठोरी गाँउपालिका वडा नम्बर ३ स्थित ओडार खोलामा गैर कानूनी रुपमा गिटटी र बालुवाको उत्खनन् भइरहेको छ ।

 

पर्सामा निर्माणधिन हुलाकी सडकको ठेक्का लिएको बानिया निर्माण सेवा कम्पनीले ओडार खोलबाट गैर कानुनी रुपमा गिटटी र बालुवाको उत्खनन् गरिरहेको हो ।

 

हुलाकी सडक अन्तर्गत पर्साको जीराभवानी गााउपालिाकाको सेढवा देखि ठोरी गाउपालिाकाको चौतारा सम्मको ३० किलो मिटर सडक कालो पत्रे गर्ने ठेक्का लिएको बानिया निर्माण सेवा कम्पनीले जिल्ला समन्वय समितिबाट अनुमति नै नलिइ ओडार खोलामा दुइ वटा स्काभेटर प्रयोग गरेर बालुवा र गिटटी उत्खनन् गरि टिपरमा लोड गरेर ब्रम्हनगरमा लगेर भण्डारण गर्दै आएको छ ।

 

गत शनिवार देखि बानिया निर्माण सेवा कम्पनीले ओडार खोलाबाट दिनहु करिब दुइ सय टिपर गिटटी  बालुवा उत्खनन् गर्दै आएको स्थानीयले बताएका छन् ।जिल्ला समन्वय समितिले ठेक्का नै नलगाएको ओडार खोलाबाट हुलाकी सडक निर्माणको ठेक्का लिएको ठेकेदारले स्काभेटरले उत्खनन् गरि दिनहु करिब दुइ सय टिपर गिटटी बालुवा ओसार्दै आएको भएपनि स्थानीय प्रशासन र ओडारमै रहेको प्रहरी चौकीले समेत कुनै चासो नदेखाएको स्थानीयवासीले बताएका छन् ।

 

तर पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले भने ओडार खोलाबाट गैर कानूनी रुपमा गिटटी बालुवाको उत्खनन् र ओसार पसार भइरहेको विषयमा आफुलाइ अहिले सम्म कुनै जानकारी नभएको बताए  । उनले  यस बारेमा सत्य तथ्य बुझनका लागि आफुले पर्साका जिल्ला समन्वय समितिका अध्यक्ष नेक महम्मद अन्सारी र जिल्ला समन्वय अधिकारी निश्चलराज पाण्डेलाइ आग्रह गरेको बताए ।

 


नदीजन्य पर्दाथको दोहनमा मेशीनको प्रयोग बर्जित गरिएको छ । तर आइइइ गर्दा तोकिएको परिमाण भन्दा बढी अनधिकृत रुपमा गिट्टी बालुवाको उत्खखन हुदा समेत सुशासनको प्रत्याभूतीकालागि भन्दै राज्यबाट सेवा र सुविधा खाने प्रशासकहरु भने चुप चाप भएका छन । राज्यले दिएको सुविधा भन्दा ठेकेदारले दिएको सुविधा आकर्षक भएर यस्तो भएको भन्ने बुझाई स्थानीय नागरिकमा रहेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

स्व.उमा सिंहको स्मृतिमा जनकपुरमा महासंघको आयोजनामा बिभिन्न कार्यक्रम सम्पन्न

जनकपुरधाम । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले शहिद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसको अवसर पारेर आइतबार पत्रकारहरूको स्वास्थ्य अवस्था र पेशागत सुरक्षासम्बन्धी यथार्थ प्रश्नहरूलाई उजागर गर्ने उद्देश्यसहित दुईवटा महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.