logo

प्रहरी महानिरिक्षकद्वारा गायक सुनिल पंण्डित सम्मानीत

      6/8/2018 गते 00 00 मा प्रकाशित     1118   पटक पढिएको

वीरगञ्ज, २५ जेष्ठ ।
नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले शुक्रवार एक समारोहकावीच भोजपुरी भाषाका चर्चित गायक सुनिल पंण्डितलाई सम्मान गरेका छन । संघीय प्रहरी इकाई कार्यालय बीरगंजमा आयोजीत कार्यक्रममा महानिरिक्षक खनालले सम्मान पत्र र दोसल्ला ओढाएर गायक पंण्डितलाई सम्मान गरेका थिए । 


गायक पंण्डितले गीत संगीतको माध्यमबाट मधेशी समाजमा रहेको वाल विवाह दाइजो प्रथा न्यूनीकरणकोलागि योगदान गरेका थिए । प्रहरी प्रमुख खनाल नेपाल प्रहरीको नारायणी अञ्चल प्रमुखका रुपमा बीरगंजमा रहदा वाल विवाह र दाइजो प्रथाका बिरुद्ध अभियान संचालन गरेका थिए ।

 

बारा ,पर्सा र रौतहटमा अभियान अन्र्तगत ठुला ठुला जनसभाहरु भएका थिए । ति जनसभाहरुमा गायक पंण्डितले निशुल्क रुपमा आफनो प्रस्तुतीहरु मार्फत चेतना जागरण गर्ने गीत प्रस्तुत गर्ने गरेका थिए । सामाजीक जीवनमा बेथितिको अन्त्यकालागि गरिएको अभियानमा लागेका पंण्डितलाई त्यतीबेला केही गर्न नपाएपनि अहिले सम्मान गर्न पाउदा धेरै सन्तोष लागेको छ भन्छन प्रहरी प्रमुख खनाल । 

 


पंण्डितलाई सम्मान गर्दै खनालले त्यतीबेलाको अवस्था र अभियानका बारेमा खुबै चर्चा गरे । प्रहरीसंग कुनै बजेट थिएन तर अभियानमा सबैले साथ दिनु भयो खनालले भने राम्रो काम गर्दा मिल्ने संस्कृति पर्साको राम्रो लाग्यो । 
कार्यक्रममा सुनिल पंण्डितले प्रहरी प्रमुख खनालले आफूलाई अगाडि बढ्न र सागीतीक जीवनलाई पूर्नजन्म दिने काम गरेको बताए । उनले भने मेरो लागि सर्वेन्द्र खनाल भगवान हुन । उहाँकै प्रेरणाले मेरो सागीतीक जीवनले  सफलता पाएको पण्डितले बताए  । 

 


संगठनको प्रमुख भएपछि पहिलो पटक मध्य तराई आएका खनालले बारा पर्सा र रौतहटका प्रहरी अधिकृत र  अन्य प्रहरी कर्मचारीलाई संगठनको निर्दिष्ट लक्ष्यका बारेमा  निर्देशन दिएका थिए । 

 


कार्यक्रममा प्रदेश २ का प्रहरी प्रमुख दिनेश अमात्य , नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहान उपाध्यक्ष के.सी.लामिछाने पर्साका अध्यक्ष श्याम बन्जारा संघीय प्रहरी इकाई कार्यालयका प्रमुख, पर्साका प्रहरी उपरिक्षक रेवती ढकाल,बाराका प्रहरी उपरिक्षक मिरा चौधरी र रौतहटका प्रहरी उपरिक्षक रविन्द्र के.सी.लगायतको सहभागिता रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.