logo

वीउवासंघद्वारा पत्रकार महासंघका पदाधिकारी तथा उद्यमी सम्मानीत

      6/8/2018 गते 00 00 मा प्रकाशित     857   पटक पढिएको

वीरगञ्ज, २५ जेष्ठ ।
पर्सा जिल्लाबाट नेपाल पत्रकार महासंघ प्रदेश नं २ को प्रादेशीक समितिमा निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई एक कार्यक्रकावीच सम्मान गरेको छ ।

 

बीरगंज उधोग वाणिज्य संघले नेपाल पत्रकार महासंघ २ नम्बर प्रदेशका अध्यक्ष दीपेन्द्र चौहान उपाध्यक्ष के.सी.लामिछाने र सदस्य जगत राईलाई सम्मान गरेको हो ।

 

त्यस्तै वीररञ्ज उद्योग वाणिज्य सङ्घको सदस्य प्रतिष्ठान बारा जिल्ला जीतपुर सिमरा उपमहानगरपालिकामा अवस्थित सूर्य नेपाल प्रा.लि.लाई पनि संघले सम्मन गरेको छ ।

 

आ.व. २०७४÷०७५ मा वातावरणीय मापदण्ड पालना गर्ने क्रममा नेपालका उद्योगहरुमा वातावरण संरक्षणमा योगदान पु¥याए वापत प्रथम स्थान हासिल गरी अन्तर्राष्ट्रिय वातावरण दिवसको अवसरमा वन तथा वातावरणमंत्रालयबाट  पुरुष्कृत भएकोमा संघले सम्मान गरेको हो ।

 

उक्त सम्मान कार्यक्रममा सूर्य नेपाल प्रा.लि.का महाप्रबन्धक प्रभाकर विक्रम शाहले सम्मान ग्रहण गरेका थिए । 
कार्यक्रममा नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष दीपेन्द्र चौहानले आफूहरु बीरगंज उधोग वाणिज्य संघ संग सहकार्य गरेर समृद्धि प्राप्तिका निम्ति अगाडि बढन तयार रहेको बताए ।

 

उनले संघले उठान गर्ने बिषयलाई संचारकर्मको क्षेत्रबाट उठाउने प्रतिवद्धता जनाए । वीउवासंघका अध्यक्ष ओमप्रकाश शर्माले पत्रकार महासंघसंग मिलेर काम गर्न पाउने  अवस्थाको सृजनाले आफूहरु उत्साहीत भएको बताए । उनले सुर्य नेपाल प्रा.लि. प्राप्त गरेको पुरष्कार सङ्घका लागि गर्वको कुरा भएको र वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरमा रहेका अन्य उद्योगका लागि उदाहरण बन्न पुगेको बताए  ।

 

सोही अवसरमा उद्योगले विर्सजन गर्ने प्रदुषण पैmलाउने पदार्थको सही व्यवस्थापन उद्योगलेनै गरी वातावरण प्रदुषण नियन्त्रणमा योगदान गर्नु आजको आवश्यकता रहेको सूर्य नेपाल प्रा.लि.का महाप्रबन्धक प्रभाकर विक्रम शाहले वताए  ।

उनले उधोगले प्रदुषण फैलाउने काम नगर्ने स्थापित भएको चर्चा गर्दै उधोगले रोजगारी दिएको तर्फपनि बिचार गर्नु पर्ने बताए । 


कार्यक्रममा वीउवासंघका अन्य पदाधिकारी तथा पूर्व अध्यक्ष एवम सूर्य नेपाल प्रा.लि.का अधिकृतहरु समेतको उपस्थिति रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

स्व.उमा सिंहको स्मृतिमा जनकपुरमा महासंघको आयोजनामा बिभिन्न कार्यक्रम सम्पन्न

जनकपुरधाम । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले शहिद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसको अवसर पारेर आइतबार पत्रकारहरूको स्वास्थ्य अवस्था र पेशागत सुरक्षासम्बन्धी यथार्थ प्रश्नहरूलाई उजागर गर्ने उद्देश्यसहित दुईवटा महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.