logo

बीरगंज कारागारमा सेटिङमा ‘वासिङ रुम’ भाइ चौकीदार मालामाल

      6/1/2018 गते 00 00 मा प्रकाशित     2062   पटक पढिएको

बीरगंज १८ जेठ ।

अँग्रेजीको ‘वासिङ’ भन्ने शब्दलाई अथ्र्याउदा यसको अर्थ धेरै किसिमको लाग्छ ।  यो सामान्य शब्द भएकोले यसको धेरै ब्याख्या पनि जरुरी छैन । नेपालीमा यो शब्दको अर्थ ‘सफा गर्ने ’ भन्ने बुझिन्छ ।

सामान्य जीवन बिताउनेहरुकोलागि यो शब्दले सफाई कार्य संग मात्र अर्थ राख्छ । यो एकदम महत्वपूर्ण शब्द नभएपनि केही मानिसको जीवनमा यसले धेरै ठूलो अर्थ राख्ने अवस्था सृजना भएको  रहेछ । यो सुन्दा अच्चम लाग्नसक्छ । तर यो वास्तविक घटना हो,बीरगन्ज कारागारको ।

कैदी बन्दीहरु कुन कोठामा बस्ने । उनीहरुले कोठामा बस्न पाउने की नपाउने भन्ने बिषयमा पहिला कैदी बन्दीलाई “वासिङ रुम” मा लगेपछि मात्र तय हुन्छ । बीरगन्ज कारागारमा नयाँ जाने कैदीबन्दीहरुकोलागि वासिङ रुमको व्यवस्था छ । जसमा कैदीबन्दीलाई सफा गरिन्छ । अर्थात यातना दिइन्छ ।

बीरगन्ज कारागारबाट छुटेका सुरेन्द्र सिंहका अनुसार कारागारमा आउने नयाँ कैदीबन्दीहरुलाई पहिला त्यो वासिङ रुममा लगेर धेरै कुटपिट गरिन्छ । उनी भन्छन्–‘यदि त्यो कैदी पैसावाला छ, भने त झन बढी कुटपिट गरिन्छ ।’ताकि बढी पैसा आओस । र,पछि पैसा लिइसकेपछि मात्र त्यो वासिङ रुमबाट निकालेर अर्को ठाउँ दिइन्छ ।

 

उनका अनुसार यो नयाँ कैदीबन्दीहरुको लागि कालघर नै हो । कारागारमा रहेको गोलघर भन्दा पनि बढी चरम यातना दिने ठाउँ हो ।

 

जुन घर भाइ चौकीदार विदेशी साहको निगरानीमा हुन्छ । सिंह भन्छन्–त्यो वासिङ रुममा कि त नयाँ कैदीबन्दी जान्छन् कि साह नै । त्यसमा अन्य कोइ जान पाउँदैन् । चौकीदार त नामको मात्र छन्,उनीभन्छन्, यो सब त विदेशी साहले नै चलाउँदै आइरहेका छन  । तर उनी मुख्य चौकीदारको भूमिकामा आउन चाँहदैन् ।

त्यस्तै भर्खरै जेलबाट छुटेका मैनोदिन मियाको पनि भनाइ छ । उनका अनुसार त्यसमा जेलरदेखि लिएर सिडियोसम्मको सेटिङ हुन्छ । त्यो पनि भाइ चौकीदार साहकै मार्फत । ‘किनकी यो रुमको बारेमा जेलरलाई थाहा हुन्छ,उनलेभने,‘तर कसैबाट अहिलेसम्म चौकीदारलाई कारबाही भएको छैन् ।’ उनीभन्छन्– ‘यही मौनताबाट नै पुष्टि हुन्छ कि यसमा क–कसको संलग्नता छ ।

 

’जेलबाट छुटेका सिंहका अनुसार यो ५ नम्बर कोठा हो । जुन कारागारमा रहेको ब्लकहरुमध्ये पाँच नम्बर ब्लकमा पर्दछ । उनका अनुसार यदि यो कोठामा छानबिन गर्ने हो भने चौकीदार साहको अझै धेरै गोप्य कुराहरु भेटिन्छ । सिहं भन्छन्–‘कतिसम्मको सेटिङ छ कि विदेशी साहको तीनतीन चोटी सरुवा भैसकेको छ । तरपनि कतै जादैँनन । यही रहन्छन ।’

कैदीबन्दीहरुका अनुसार चौकीदारको जेलभित्र कमाउने यतिमात्र नभइ अन्य व्यवसाय पनि छन् । भाइ चौकीदारको कमाईको स्रोत सबैभन्दा बढी रहेको उनीहको भनाइ छ । भाइ चौकीदार विदेशी साहको नै खाना खाने होटल,चिया पसाल,मासु पसलसहितको धेरै पसलहरु रहेका छन् ।

 

जसमा “एकको अस्सी” तिरिन्छ । लागूऔषध मुद्दामा परेका मियाँका अनुसार यदि बाहिर कुनै समान पाँच रुपैयांमा पाइन्छ भने जेलभित्र त्यो एकसय रुपैयांमा पाइन्छ ।  मियाँ भन्छन्–‘मोलाइ गरियो कि कुटाइ खाइन्छ ।’सामान्यत फोन गर्दा प्रति मिनेट बढीमा डेढ रुपैयां लाग्ला तर जेलबाट फोन गर्दा प्रति मिनेट ५ रुपैयां तिर्नुपर्ने अवस्था रहेको उनी बताउँछन् ।

 

तैपनि बिहान ६बजेदेखि बेलुकासम्म फोन चालुरहन्छ । बीरगन्ज कारागारमा १ हजार भन्दा बढी कैदीबन्दीहरु रहेका छन् ।

कारागारभित्र रहेका नम नलेख्ने शर्तमा अर्का एकजना कैदीका अनुसार यो जेलमा त खाली पैसावालालाई राखिन्छ । ताकि जेलभित्र रहेको चौकीदारको व्यवसाय फस्टाउन पाओस ।

 

‘गरीब आयो कि ठाउँ छैन भनेर अन्यत्र पठाइन्छ,उनलेभने,‘ताकि धनीहरुको लागि ठाउँ खाली रहन्छ ।’उनी भन्छन्–‘ धनीहरु बढी समान किनेर खान्छन्,जुन गरीबहरु सकदैनन् ।’त्यसैले उनीहरुलाई जेलरको मिलोमतोमा अन्य जेलमा पठाइन्छ,उनले भने ।  

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.