logo

समयमा काम सम्पन्न नगर्ने बिक्रम पाण्डेको कम्पनीले तिर्‍यो ९४ लाख जरीवाना

      5/31/2018 गते 00 00 मा प्रकाशित     850   पटक पढिएको

बुटवल १८ जेठ ।   
नेपालको नाम चलेको निर्माण कम्पनी कालिका कन्सट्रक्सनले ९४ लाख जरिवाना तिरेको छ । समयमै काम सम्पन्न नगर्ने पूर्व मंत्री बिक्रम पाण्डेको कम्पनीले सम्झौता अनुसार समयमा काम सम्पन्न नगरेकोले जरिवाना तिर्न परेको हो । 

निर्माणधिन बुटवल बेलहिया सडक बिस्तार आयोजना अन्तर्गत भैरहवाको सडक निर्माण र डण्डा पुल निर्माणको जिम्मेवारी लिएको कालिका तामाङ प्यासेफिक जेभीले उक्त जरीवाना तिरेको हो।

आयोजनाका अनुसार गत मंसिर महिनामा सम्पन्न हुनुपर्ने काम समयमा नसकेपछि उक्त कम्पनीले ९४ लाख ७९ हजार १ सय ४८ रूपैया राजश्वमा दाखिला गरिसकेको छ।

उक्त कम्पनीले असार मसान्तसम्म काम सके पनि उसको जरीवाना ३ करोड पचास लाख हाराहारी पुग्ने देखिएको छ।

ब्यापारीक मार्ग बिस्तार आयोजना बेलहिया(बुटवलका प्रमुख जिवेन्द्र मिश्रले उतोकिएको समयमा काम सम्पन्न नगरेकोले जरीवाना गरिएको बताए।

कम्पनीलाई सम्झौताको सर्त र कावु बाहिरको परिस्थिति उत्पन्न भए प्राप्त गर्ने सुविधाको थप समय दिँदा पनि काम सम्पन्न नगरेकोले जरिवाना गरिएको  प्रमुख मिश्रले बताए।

सम्झौतामा बन्द हड्ताल, भूकम्प जस्ता कावु बाहिरको परिस्थिति श्रृजना भएमा निर्माण ब्यवसायीले उक्त अवधीमा काम हुन नसकेको भन्दै थप समय पाउने ब्यवस्था छ। सो बापत उक्त कम्पनीले ५० दिन समयको लाभ लिएको देखिन्छ।

आयोजनाले उक्त कम्पनीले निर्माण कार्य गरे बापत पाउनुपर्ने रकमबाट कट्टा गरी जरिवाना रकम राजश्वमा दाखिला गरिसकेको छ।

राप्रपा नेता बिक्रम पाण्डे, प्रताप तामाङ र ठाकुर कँडेलको साझेदारीमा रहेको उक्त कम्पनीले भैरहवाको अञ्चलपुरदेखि बर्मेलीटोलसम्म २ हजार २ सय मिटर र डण्डा खोलाको पुलसहित दायाँ बायाँ सडक निर्माण गर्नेगरी ४५ करोडमा ठेक्का पाएको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

स्व.उमा सिंहको स्मृतिमा जनकपुरमा महासंघको आयोजनामा बिभिन्न कार्यक्रम सम्पन्न

जनकपुरधाम । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले शहिद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसको अवसर पारेर आइतबार पत्रकारहरूको स्वास्थ्य अवस्था र पेशागत सुरक्षासम्बन्धी यथार्थ प्रश्नहरूलाई उजागर गर्ने उद्देश्यसहित दुईवटा महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.