logo

लड्ने मधेसी, टिकट पाउने श्रीमती

      12/4/2017 गते 00 00 मा प्रकाशित     15203   पटक पढिएको


वीरगन्ज - ‘पहिलो मधेस आन्दोलनमा कांग्रेस छोडेर फोरममा लागे । त्यसपछि निरन्तर मधेसका लागि संघर्ष गरिरहे । पछिल्लो ६ महिनाको नाकाबन्दीमा दिनहुँ वीरगन्ज रक्सौल नाकामा धर्नामा बसे । तर, जब पार्टीबाट टिकट दिने बेला आयो तब श्रीमतीलाई दिइयो ।

आफूलाई मसिहा भन्नेहरु तेल तस्करी गरे । पैसा लिएर ड्राइपोर्टबाट ट्रक काठमाडौँ पुर्‍याए । सहिद परिवारलाई चुनाव लड्नका लागि टिकट नदिनेहरु अहिले सहिदकै फोटो टोल टोलमा घुमाएर भोट मागिरहेका छन् । फोरमसंग कुनै एजेन्डा नै छैन् ।’ यि सबै कुराबाट आजित भएर संघीय समाजवादी फोरम नेपालका संस्थापक सदस्य सलाम शेख सामेबार साँझ फोरम परित्याग गरि कांग्रेसमा प्रवेश गरेका छन् । |

पर्साको क्षेत्र नम्बर १ का प्रतिनिधी सभा उम्मेदवार अनिल कुमार रुंगटाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा शेख सलामले भावुक हुँदै भने, ‘मधेसको सच्चा पार्टी त कांग्रेस नै रहेछ ।’ सलामले यति भन्ने बित्तिकै चारैतर्फ जय नेपालको नारा गुन्जिएको थियो । उनीसंगै राष्ट्रिय जनता पार्टी (राजपा) का सचिव विनोद कुशवाहा, मुस्लिम संघको केन्द्रीय सदस्य एैनुल देवान, किर्तन मण्डलीका अध्यक्ष हृदेणी साह कानुको नेतृत्वमा करिब ३ सय स्थानीय मुर्ली चौकमा आयोजित रात्रिसभामा प्रवेश गरेका थिए ।

 प्रतिनिधी सभाका उम्मेदवार अनिलकुमार रुंगटाले नवप्रवेशीलाई अविर र माला लगाएर स्वागत गरेका थिए । मधेसको बांकी रहेको माग संविधान संशोधन मार्फत कांग्रेसले नै पुरा गर्ने र विकासको बाटोमा मुलुकलाई अगाडि बढाउने रुंगटाले बताए । यसैगरि राधेमाईका युवा भूषण क्षेत्रीको नेतृत्व ५५ जना युवाहरुलाई पनि रुंगटाले पार्टीमा स्वागत गरेका थिए । 

निर्वाचन प्रचार प्रसारको अन्तिम दिन फोरम र राजपाका सयौँ युवा कांग्रेसमा प्रवेश गर्दा कांग्रेस क्षेत्र नम्बर एकको चुनावी अभियानमा सकारात्मक सन्देश प्रवाह भएको छ । राजनीतिक विश्लेषकका अनुसार मतदानको सँघारमा यसरी फोरमका कार्यकर्ता कांग्रेसमा प्रवेश गर्दा कांग्रेसजन उत्साही बनेका छन् ।

उम्मेदवारी मनोनयन दर्तापछि पर्सा क्षेत्र नम्बर एकमा पर्ने १९ वटा वडामा झन्डै ७ हजार नयाँ कार्यकर्ता प्रवेश गरिसकेका छन् । आर्थिक तथा व्यापारिक नगरी वीरगन्जको समृद्धि, विकास र रोजगारका लागि उम्मेदवारी दिएका अनिलकुमार रुंगटाको पक्षमा पछिल्लो समय जनलहर बढ्दो छ । फोरम र राजपाका असन्तुष्ट रहेका नेता तथा कार्यकर्ताहरुले पनि रुंगटालाई भोट हाल्ने बताइएको छ ।

यसपाली एमालेका उम्मेदवारको पक्षमा माहौल नबनेपछि एमालेको अधिकांश मतदाताले समेत रुंगटालाई नै मत हाल्ने एमालेका एक नेता बताउँछन् । वीरगन्जको उज्जवल भविष्यलाई लिएर चिन्तित रह्ने प्रवुद्ध वर्गले समेत समाजमा असल छवि बनाएका रुंगटालाई मतदान गर्ने मनस्थिती बनाएका छन् । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.