logo

राजनीति र व्यवसायमा सफल अनिल रुंगटा

      11/5/2017 गते 00 00 मा प्रकाशित     2552   पटक पढिएको


वीरगन्ज - चुनावका सम्बन्धमा अमेरिकी राष्ट्रपति थियोडर रुजबेल्टको एउटा भनाई बढी प्रसिद्ध छ । उनी भन्ने गर्थे – ‘मत भनेको बन्दुकजस्तै हो, यसको उपयोगिता प्रयोग गर्नेको चरित्रमा निर्भर गर्छ ।’ जसरी राइफल एक अनुशासित सैनिकको हातमा प¥यो भने त्यो शान्ति सुरक्षा कायम गर्नमा काम आउँछ, तर, त्यो कुनै डाँकाको हातमा प¥यो भने फेरि त्यसैले शान्ति सुरक्षा भंग गर्छ ।

त्यसरी नै मत सुझबुझ भएका र गुणदोष केलाउन सक्ने मानिसको हातमा पर्न गयो भने त्यसबाट एक असल नेता चुनिन्छ । तर यसको उल्टो मतदाता अन्धभक्त र प्रलोभनमा पर्न गए भने परिणामतः एक अवसरवादी र भ्रष्ट मानिस चुनिन्छ । परिवर्तन शान्तिपूर्ण रुपमा गर्ने र नेतृत्वलाई वैधानिकता दिने एउटै र अनुपम बाटो भनेकै चुनाव हो जो मानव सभ्यताको पछिल्लो समयमा आएर ज्यादा मौलाउन गएको देखिन्छ ।

आसन्न मंसिर २१ गतेको प्रतिनिधी सभा निर्वाचनका लागि पर्सा क्षेत्र नम्बर एकबाट निवर्तमान सांसद तथा युवा उद्योगी अनिल रुंगटाले कांग्रेसबाट उम्मेदवारी दिएका छन् । सालिन, सभ्य र जनताको हरेक दुखसुखमा साथ दिँदै आएका रुंगटा शान्तिपूर्ण परिवर्तनमा विश्वास राख्छन् । संविधान निर्माण ताकापनि पार्टी भित्र र बाहिर पटक पटक मधेसको मांग सम्बोधन गर्न आवाज बुलन्द गर्दै आएका थिए । संविधान संशोधन सहित आर्थिक समृद्धि र विकासको नारा लिएर निर्वाचनमा होमिएका छन् ।

वामगठबन्धन संशोधनप्रति अनुदार रहँदै आएको र मधेसी दल पर्सा देखि सप्तरीसम्मको आठ जिल्लामा मात्र सिमित रहेकाले मधेसीको माग पुरा गर्नका लागि राष्ट्रिय पार्टी कांग्रेसको बहुमत आउन आवश्यक रहेको देखिन्छ । मुलुककै एक सफल उद्योग जगदम्बा इन्टरप्राइजेजका सञ्चालक अनिल रुंगटालाई भौतिक पूर्वाधर र विकासमा कसरी अगाडि बढ्ने भन्ने ज्ञान प्रचुर मात्रामा छ । नेपालको आर्थिक र व्यापारिक नगरीलाई बन्द, हडतालबाट मुक्त गर्दै विकासको पथमा अगाडि बढाउने उनको योजना छ । अनिल रुंगटा राजनीतिक एवं व्यवसायिक व्यक्तित्व हुन् ।



विद्यार्थी कालदेखिनै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका रुंगटा संविधानसभा सदस्य हुँदै रुपान्तारित व्यवस्थापिकाका निवर्तमान सांसद हुन् । नेपाली कांग्रेसमा जिल्लादेखि केन्द्रसम्म निकै राम्रो सम्बन्ध भएको राजनीतिज्ञका रुपमा उनलाई चिनिन्छ । वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ओमप्रकाश रुंगटाका छोरा अनिल बुबाले गरेको हार्डवेयर फलामसम्बन्धी सामग्रीको व्यवसायबाट व्यवसायमा संलग्न रहँदै आएका छन् ।

जगदम्बा इन्टरप्राइजेजका सञ्चालक रुंगटा होटल व्यवसायमा पनि संलग्न छन् । राजनीति र उद्योग–व्यवसाय एकसाथ सफलताका साथ गर्दै आएका रुंगटा जनताका हरेक दुखसुखमा सहयोग पु¥याउने व्यक्तिको रुपमा पनि समाजमा चर्चित छन् । पार्टीमा उनको सक्रियता र स्थानीय स्तरमा चर्चित भएकाले नै मंसिर २१ गते हुने प्रतिनिधी सभा निर्वाचनका लागि कांग्रेसले अनिल रुंगटालाई पर्साको क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा निर्वाचनमा उम्मेदवार बनाएको हो ।

४९ वर्षीय अनिल विद्यार्थीकाल देखिनै कांग्रेसको राजनीतिमा सक्रिय छन् । २०४२ सालदेखि नेपाल विधार्थी संघमा आवद्ध भएका उनी २०४६ को आन्दोलनदेखि सक्रिय पार्टी राजनीतिमा लागेका हुन् । ०७० सालमा समानुपातिक सभासद भएका उनी संविधान निर्माणपछि पहिलो पटक हुन लागेको आमचुनावमा प्रत्यक्षतर्फका उम्मेदवार बनेका छन् ।

जनताकै मतबाट अनुमोदित भएर प्रतिनिधी सभामा निर्वाचत भई यस क्षेत्रको भौतिक पूर्वाधार र विकास निर्माण गर्ने उनको चाहना छ । यसका लागि केन्द्रबाट स्थानीय स्तरमा कसरी योजना ल्याउने अनुभव उनले बटुलेका छन् ।

विभिन्न मन्त्रालय र विभागमा उनको राम्रो पकड छ । संविधान संशोधनका लागि मधेस केन्द्रीत दल भन्दा पनि कांग्रेसकै बहुमत आउन जरुरी छ । मधेस केन्द्रीत दल (फोरम र राजपा) ८ जिल्लामा मात्र सिमित भएकाले संशोधनका लागि यि दलसंग बहुमत पुग्दैन् । एमाले र माओवादी मिलेर बनेको वामगठबन्धनले यसैपनि मधेसको मुद्दा सम्बोधनमा अनिच्छिुक रहेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.