logo

शिक्षक अनसन स्थलमा एमाले सभासदहरु ,शिक्षकका माग पुरा गर 

      8/7/2017 गते 00 00 मा प्रकाशित     1182   पटक पढिएको

काठमाण्डौ २३ साउन ।पर्सा क्षेत्र नं ३ का नेकपा एमालेका सभासद राजकुमार गुप्ता र मोरङ क्षेत्र नं १ एमाले सभासद ऋषि पोख्रेल र अनेरास्ववियुका सचिव वसिम आलमले अस्थायी शिक्षकहरुको समस्यालाई राज्यले गम्भिरतापूर्वक लिनु पर्ने बताउनु भएको छ । अस्थायी शिक्षकहरु आफना मागहरु राखेर काठमाण्डौको भद्रकालीमा अनशन बसेका छन । अनसन स्थलमै पुगेर सभासदद्वयले आज उनीहरुको आन्दोलन प्रति ऐक्यवद्धता जनाउदै उनीहरुका मागबारे सम्बेदनशील हुन राज्यलाई आग्रह गर्नु भएको छ ।
    अस्थायी शिक्षक सघर्ष समितिले सामान्य प्रक्रियाबाट आफूहरुलाई स्थायी गर्नु पर्ने माग गर्दै असार ४ गते देखी पहिलो चरणमा आमरण अनशन बसेका थिए । उनीहरुले शिक्षा सेवा आयोगले निकालेको बिभेदकारी बिज्ञापन खारेजीको माग गरेका थिए ।

२० र २५ वर्षदेखि अस्थायीरुपमा पढाउँदै आएका शिक्षकलाई राज्यले  अध्यापन अनुमती पत्र पनि दिएको छ । त्यस्ता शिक्षकलाई अयोग्य भन्न नमिल्ने उनीहरुको तर्क छ । गत असार ९ गते शिक्षा मन्त्रालय, नेपाल शिक्षक महासंघ र अस्थायी शिक्षक संघर्ष समितिबीच चार बुँदे सहमति भएको थियो । 
सभासदयले शिक्षकहरुको माग ठिक रहेको र आफनो पार्टी नेकपा एमाले सम्पूर्ण रुपमा अस्थायी शिक्षकहरुको पक्षमा रहेको बताउनु भएको थियो । 
शिक्षा मन्त्रालय र अस्थायी शिक्षक सङ््घर्ष समितिबीच भएको सहमति पालना नभएको भन्दै अस्थायी शिक्षकले पुनःआमरण अनशन शुरु गरेका हुन । असार नौ मा भएको चार बुँदे सहमतिबमोजिम संवत् २०६१ साउन २२ देखि २०७२ असोज २ गतेसम्मको कुल रिक्त दरबन्दीको ४९ प्रतिशतमा आन्तरिक र ५१ प्रतिशत खुल्ला तर्फ विज्ञापन गर्ने विषयमा आन्तरिकतर्फको विज्ञापनमा पद संख्या समायोजन ९अनुपात मिलान० गरिने उल्लेख थियो । हाल २६ हजार १५१ शिक्षक दरबन्दी रिक्त छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगंज महानगरको  आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति संयोजकमा शत्रुघ्न नेपाल नियुक्त

वीरगंज । वीरगंज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ को संयोजक पदमा पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन।

बढ्दो चिसो संगै महानगरले शिक्षण संस्था बिदाको अवधी थप्यो, अब २० गते शिक्षण संस्था खुल्ने

वीरगन्ज । चिसो झन् बढ्दै जानुका साथै शीतलहर पनि कम नहुँदा वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा थप तीन दिन जाडो बिदा थपेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.