logo

शिक्षक अनसन स्थलमा एमाले सभासदहरु ,शिक्षकका माग पुरा गर 

      8/7/2017 गते 00 00 मा प्रकाशित     1319   पटक पढिएको

काठमाण्डौ २३ साउन ।पर्सा क्षेत्र नं ३ का नेकपा एमालेका सभासद राजकुमार गुप्ता र मोरङ क्षेत्र नं १ एमाले सभासद ऋषि पोख्रेल र अनेरास्ववियुका सचिव वसिम आलमले अस्थायी शिक्षकहरुको समस्यालाई राज्यले गम्भिरतापूर्वक लिनु पर्ने बताउनु भएको छ । अस्थायी शिक्षकहरु आफना मागहरु राखेर काठमाण्डौको भद्रकालीमा अनशन बसेका छन । अनसन स्थलमै पुगेर सभासदद्वयले आज उनीहरुको आन्दोलन प्रति ऐक्यवद्धता जनाउदै उनीहरुका मागबारे सम्बेदनशील हुन राज्यलाई आग्रह गर्नु भएको छ ।
    अस्थायी शिक्षक सघर्ष समितिले सामान्य प्रक्रियाबाट आफूहरुलाई स्थायी गर्नु पर्ने माग गर्दै असार ४ गते देखी पहिलो चरणमा आमरण अनशन बसेका थिए । उनीहरुले शिक्षा सेवा आयोगले निकालेको बिभेदकारी बिज्ञापन खारेजीको माग गरेका थिए ।

२० र २५ वर्षदेखि अस्थायीरुपमा पढाउँदै आएका शिक्षकलाई राज्यले  अध्यापन अनुमती पत्र पनि दिएको छ । त्यस्ता शिक्षकलाई अयोग्य भन्न नमिल्ने उनीहरुको तर्क छ । गत असार ९ गते शिक्षा मन्त्रालय, नेपाल शिक्षक महासंघ र अस्थायी शिक्षक संघर्ष समितिबीच चार बुँदे सहमति भएको थियो । 
सभासदयले शिक्षकहरुको माग ठिक रहेको र आफनो पार्टी नेकपा एमाले सम्पूर्ण रुपमा अस्थायी शिक्षकहरुको पक्षमा रहेको बताउनु भएको थियो । 
शिक्षा मन्त्रालय र अस्थायी शिक्षक सङ््घर्ष समितिबीच भएको सहमति पालना नभएको भन्दै अस्थायी शिक्षकले पुनःआमरण अनशन शुरु गरेका हुन । असार नौ मा भएको चार बुँदे सहमतिबमोजिम संवत् २०६१ साउन २२ देखि २०७२ असोज २ गतेसम्मको कुल रिक्त दरबन्दीको ४९ प्रतिशतमा आन्तरिक र ५१ प्रतिशत खुल्ला तर्फ विज्ञापन गर्ने विषयमा आन्तरिकतर्फको विज्ञापनमा पद संख्या समायोजन ९अनुपात मिलान० गरिने उल्लेख थियो । हाल २६ हजार १५१ शिक्षक दरबन्दी रिक्त छ ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.