logo

पर्साका अधिकांश गाउँ डुवानमा, मोर बाढीको चपेटामा उद्धार टोली खटियो

      8/12/2017 गते 00 00 मा प्रकाशित     1275   पटक पढिएको

बीरगंज २९ साउन । पर्सा जिल्लाको साविक निचुटा गाविसको वडा नं ८  हालको पटेर्वा सुगौली वडा नं १ को मोर डोल बाढीको चपेटामा परेको छ । जंगल क्षेत्रबाट निस्कने भाथा बाट निस्केर बग्ने भलुवाही खोलामा आएको बाडी गाउँमा पसेको हो । गाउँको चारैतीरबाट बाडीको पानीको बहाव छ । १ सय घर परिवार विन समुदायको बस्ती रहेको सो गाउँमा पशु चौपाया त बाडीले बगाएको स्थानीय जोगिन्द्र यादवले बताए  । गाउँ भरिमा रहेको बेरी भकारी बगाई सकेको छ । बस्ती, नदीको नजिक रहेकोले पनि बाढीको चपेटामा परेको हो । गाउँ भरिमा सतन मुखिया बिनको एउटा पक्की घर छ र स्थानीय जनता त्यही घरको क्षतमा आश्रय लिएर बसेका इलाका प्रहरी कार्यालय पटेर्वाका प्रहरी निरिक्षक महेश बस्नेतले बताए  । मोवाई सडक सबै सम्पर्क बिच्छेदको अवस्थामा रहेको छ । मोर टोलमा उद्धारका निम्ति प्रहरी परिचालन भएको छ तर नागरिकको उद्धार गर्ने काम निकै किठनाई रहेको उनले  बताए  । त्यस्तै पर्साको पर्सागढी गाउँपालिकाको वागवानाको बडेर्वामा पनि बाढीको पानी गाउँमा पसेको छ । घर आँगनमा भएका भकारीहरु बगाएको छ । दुई तले घर भएकाहरु दोश्रो तल्लामा बसेका छन भने अन्यलाई उद्धार गरि बागवाना बजारमा रहेको माध्यामिक बिद्यालयमा राखिएको छ ।यता पर्साको लिपीनी बिर्तामा १० लाख बराकरको दाना बाढीले बगाएको छ । हिमाल डिष्टलरीबाट खरिद  गरि राखिएको दना बगाएको नागमणी उपाध्यायले बताए । पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले उद्धार टोली खटाई सकेको बताए  । उनले पर्साको ६ स्थानमा नेपाली सेना शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई संयुक्त रुपमा उद्धार सामाग्री सहित परिचालन गरिएको जानकारी दिनु भयो । पर्साको पटेर्वा सुगौली, मोर कोनिया अलौ र महानगर भित्रका केही स्थान गरि ६ स्थानमा उद्धार टोली खटाइएको जानकारी दिए  । उनले  राहत र उद्धारको ब्यवस्था गर्नकालागि दैवी प्रकोप उद्धार समितिको बैठक बस्ने र उद्धार सामाग्री र राहतको ब्यवस्था गर्ने तयारी भइरहेको  बताए  । बीरगंज महानगर क्षेत्र डुवानमा परेको छ । सडक पेटीहरु डुवानमा छन भने केही स्थानमा घरमा समेत पानी पसेको बताइएको छ । पर्साको श्रीसिया नदीमा आएको बाढी सडकबाट बग्न थालेको छ । त्यस्तै तिलावे नदीमा आएको बाढी पनि नदीको किनारा भन्दा माथि बाट बग्न थालेको छ । अविर वर्षाका कारण खेतहरु डुवानमा परेका छन ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगंज महानगरको  आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति संयोजकमा शत्रुघ्न नेपाल नियुक्त

वीरगंज । वीरगंज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ को संयोजक पदमा पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन।

बढ्दो चिसो संगै महानगरले शिक्षण संस्था बिदाको अवधी थप्यो, अब २० गते शिक्षण संस्था खुल्ने

वीरगन्ज । चिसो झन् बढ्दै जानुका साथै शीतलहर पनि कम नहुँदा वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा थप तीन दिन जाडो बिदा थपेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.